Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पुटिनसँगको पछिल्लो भेट १५ मिनेटमात्र थियो : ट्रम्प

\"\"वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जर्मनीमा भएको पछिल्लो वा दोस्रो पटककको भेटवार्ता १५ मिनेट मात्र भएको बताएका छन् । यसै महिनाको पहिलो हप्ता जर्मनीको ह्याम्बर्गमा आयोजना भएको जि२० को बैठकमा सहभागिताका लागि त्यहाँ गएका बेला उनले यसअघि नभनिएको अथवा गोप्य बैठक पुटिनसँग गर्नुभएको समाचार आएको थियो । सुरुमा उनले पुटिनसँग अलग्गै नभेटेको भनी अस्वीकार गरे । तर पछि अमेरिकी पत्रिकाले सो बैठकको समाचार सार्वजनिक गरेका थिए । राष्ट्रपति ट्रम्प र उनका रुसी समकक्षी पुटिनबीच जर्मनीमा भएको जी–२० बैठकमा एक्लाएक्लै भेटवार्ता भएको भनी आएका समाचारको ह्वाइटहाउसले पनि मङ्गलबार स्वीकार गरेको थियो । तर उसले सो भेटमा राजनीतिक भेटवार्ता भने नभएको स्पष्ट गरेको छ । ह्वाइट हाउसको यो स्वीकारोक्ति आएपछि भने राष्ट्रपति ट्रम्पले पनि मुख खोलेको बताइएको छ । उनले आफूले सो भेटवार्ता बेलुकाको खाना खाने बेलामा सँगैको टेबलमा रहेकाले ख्यालठट्टाकै रुपमा सामान्य कुराकानी भएको जानकारी दिएका हुन् । राष्ट्रपति ट्रम्पले आफ्नो र पुटिनको खाना खाने टेबल लगभग सँगसँगै रहेको र त्यस क्रममा कुनै गम्भीर विषयमा नभएर हल्कामात्र कुराकानी भएको जानकारी उनले सो पत्रिकालाई दिएका छन् । अमेरिकी पत्रिका न्युयोर्क टाइम्सको बुधबारको अंकमा उनले दिनुभएको अन्तरवार्तामा सो जानकारी गराएका हुन् । उनले उक्त अन्तरवार्ता १५ मिनेट मात्र भएको र त्यो पनि कुनै राजनीतिक वा गम्भीर विषयमा नभएर हल्काफुल्का कुराकानी मात्र भएको बताएका छन् । तर पछि भएको दोश्रो बैठकको समाचारलाई भने अहिलेसम्म पनि गोप्य राखिएको थियो । उक्त भेटवार्ताको समाचार सोमबारका अमेरिकी पत्रिकाले सार्वजनिक गरेका छन् । यसअघि भने उनीहरूबीच सुरुमा भएको घोषित वा औपचारिक बैठकको घण्टौंपछि एकजना रुसी दोभाषे मात्र राखेर करिब एक घन्टासम्म उनीहरुले एक्लाएक्लै वार्ता गरेको समाचार आएको थियो । रुस र ट्रम्पको चुनाव अभियानसँग जोडिएर यसअघि पनि निर्वाचनका समयमा रुसले उनलाई सघाएको समाचार आएको थियो । त्यसपछिको यो अर्काे खुलासाले अमेरिकी राजनीतिलाई फेरि एकपटक तताइदिएको छ । मङ्गलबार मात्र पनि ह्वाइटहाउसले उनीहरुबीचको सो वार्तालाप सञ्चारमा आएजस्तो व्यापक र लामो समयको नभएर बेलुकाको खानाको सयममा छोटो वार्ता भएको बताएको थियो । तर अमेरिकी पत्रिकाले भने भेटमा अरु कोही नभई दोभासेमात्र राखिएको र एक घन्टासम्म कुराकानी भएको बताएका छन् । दोभाषे पनि रुसी नागरिक रहेको सो समाचारमा उल्लेख गरिएको छ । उक्त अन्तरवार्तामा राष्ट्रपति ट्रम्पले भनेका छन् ‘त्यो कुनै राजनीतिक वार्तालाप थिएन र बेलुकाको खानाको समयमा भएको अनौपचारिक कुराकानी मात्र थियो ।’ मलाई लाग्छ त्यतिबेला हामीले रुसले त्यहाँका अनाथ बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न प्रतिबन्ध लगाएको विषयमा हामीले कुरा गरेका थियौँ– राष्ट्रपति ट्रम्पले भने ।’ उता अमेरिकी गुप्तचर निकायले भने गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले ट्रम्पलाई सघाएको आरोप लगाउँदै आएको छ । तर राष्ट्रपति ट्रम्पले उक्त आरोपलाई अस्वीकार गर्दै आएका छन् । गत हप्तामात्र पनि राष्ट्रपति ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीको खुलासा भएको थियो । राष्ट्रपति ट्रम्पले सो कुराकानी भएको कुरा स्वीकार गर्दै आफ्नो छोराले इमान्दार र पारदर्शी काम गरेको प्रतिक्रिया दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies