Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बेलका नगरपालिकामा अदालतको यस्तो आदेश

\"\"उदयपुर । उदयपुरको बेलका नगरपालिकामा भएको मतगणना सम्बन्धि विवादमा उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बेलका नगरपालिकाको वडा नम्बर ४ मा भएको खसेका भन्दा बढि मतपत्र भेटिएको बारे दायर रिटमा उच्च अदालत विराटनगर र अस्थायी अदालत ओखलढुंगाले विपक्षीलाई कुनै काम नगर्न नगराउनको लागि अन्तररिम आदेश जारी गरेको हो । वडा नम्बर ४ मा एक हजार ७ सय ४८ मत खसेकोमा मतगणना गर्दा एक हजार ७ सय ५१ मत फेला परेपछि विवाद सृजना भएको थियो । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार मनोज तामाङले दायर गरेको रिटको प्रारम्भिक सुनुवाई गर्दै वडा नं. ४ का विजयी उम्मेदवारहरुलाई कुनै पनि काम गर्न नगराउन अन्तरिम आदेश जारी भएको उच्च अदालतले जनाएको छ । उच्च अदालतका मुख्य न्यायधिस टेकराज नेपालको एकल इजलासले मंगलबार अन्तरिम आदेश जारी गरेको र साउन १८ गते विपक्षीहरुलाई छलफलको लागी बोलाएको जनाइएको छ । अदालतबाट अर्काे आदेश नभएसम्मको लागि विपक्षी वडा नम्बर ४ का विजयी उम्मेदवार दिपक दंगाल लगाएत ४ जना सदस्यहरुलाई कुनै कामकाज नगर्न विपक्षीको नाममा आदेश गरेको निवेदक मनोज तामाङले जानकारी दिएका छन् । निवेदक तामाङले निर्वाचन वदर गरि पुनः मतदान गरि पाउँ भनि दिनु भएको मुद्दामा निर्वाचन आयोग कान्तिपथ, मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाट, निर्वाचन अधिकृतको कार्यालय बेलका नगरपालिका, निर्वाचन अधिकृत हरि प्रसाद पोखरेल, मतदान अधिकृत जनता मावि गुरुङचौरी, र श्याम नारायण पण्डित मतदान अधिकृत जनता मावि गुरुङचौरीलाई विपक्षी बनाईएको छ । त्यसैगरी मेयरका विजयी उम्मेदवार दुर्गा कुमार थापा, उपमेयरका उम्मेदवार रिता कुमारी चौधरी, विजयी वडा अध्यक्ष दिपक दंगाल, सदस्य कृष्ण बहादुर पुर्वाछाने, टंक अधिकारी, महिला मिना आचार्य र दलित महिला सदस्य गोमा विश्वकर्मा समेत १३ जनालाई विपक्षी बनाईएको छ । रिट निवेदनको पक्षमा अधिवक्ता मोहन इङनाम, सतिस मैनाली, रामबहादुर थापा मगर र हर्क बहादुर राईले बहस गरेका थिए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies