Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नेसनल ट्रेडिङ कर्पोरेसनमा चार करोडको सामान बिग्रियो,संस्थान धराशायी बन्दै

\"\"काठमाडौँ । नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री–वितरणका लागि आयात गरेको वाइन, चुरोट, बियर, चकलेट, लिकर आदि सामान काम नलाग्ने अवस्थामा पुगेका छन् । लामो समयसम्म ती सामान बिक्री–वितरण गर्न विभिन्न समस्या आएपछि कर्पोरेसनका गोदाममा ती सामान सढेका हुन् । यसबाट सस्थालाई रु चार करोड १७ लाख घाटा भएको छ । कर्पोरेसनका प्रवक्ता गीता निरौलाले कर्पोरेसनले कर मिनाहा गरी आयात गरेका ती सामान बिक्री–वितरण गर्न सरकारले थप कर लगाएपछि सामान गोदाममा थन्किएको बताए। २०६५ सालमा रु ३२ करोड मूल्य बराबर सामान कर मिनाह गरी आयात गरेकोमा गोदाममा अझै सात करोड ७० लाख मूल्य बराबरको सामान बिक्री नभई थन्किएको उहाँले जानकारी दिए । ती सामानमध्ये रु चार करोड १७ लाख मूल्य बराबरको सामान काम नलाग्ने र तीन करोड ५२ लाख ७७ हजार काम लाग्ने अवस्थामा छन् । ह्विस्की, ब्रान्डी, कन्याक लगायतका पेयपदार्थ काम लाग्ने अवस्थामा भए पनि वाइन, चुरोट, बियर, चकलेट, लिकर लगायतका सामान भने काम नलाग्ने अवस्थामा पुगेका छन् । संस्थान धराशायी बन्दै सस्तो र सुलभ मूल्यमा जनतालाई सामान बिक्री–वितरण गर्दै आएको नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेड पछिल्लो समय धराशायी बन्दै गएको छ । स्वदेशी मुद्रा स्वदेशमै होस् भन्ने उद्देश्यका साथ सञ्चालनमा आएको कर्पोरेसनको आर्थिक अवस्था जीर्ण हुँदै जाँदा बन्द हुने अवस्थामा पुगेको हो । विसं २०१८ मा जनतालाई सस्तो र सुलभ मूल्यमा सामान उपलब्ध गराउन तत्कालीन राजा महेन्द्रले सो संस्था स्थापना गरेका थिए । विसं २०४६ मा प्रजातन्त्र पुनः स्थापनापछि निजी क्षेत्रसँग प्रतिस्पर्धामा उत्रिएको नेसनल ट्रेडिङ २०६५ सालपछि कर मिनाह गरेर ल्याएको सामान बिक्रीका लागि कर तिर्नुपर्ने प्रावधान लागू भएपछि बन्द हुने अवस्थामा पुगेको हो । कर्पोरेसनका महाप्रबन्धक लवराज जोशी कर मिनाह गरेर आयात गरिएका सामानलाई कर लगाएर बेच्दा महँगो पर्ने र बिक्री–वितरण गर्न नसकिने हुँदा कर छुट दिएर उक्त सामान बिक्री गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, “राज्यले कर छुट दिए यसलाई लिलाम बिक्रीमा राख्न सकिन्छ, अन्यथा बिक्री गर्न गाह्रो छ ।” कर मिनाहको सामान एयरपोर्ट, राजदूतावास, कूटनीतिक नियोगमार्फत बेच्ने सामग्री कर छुट नदिँदा बिक्री–वितरणमा समस्या परेको हो । कर्पोरेसनका आधिकारिक ट्रेड युनियनका अध्यक्ष राजु रानाभाट कर्मचारीलाई व्यवस्थापन गरे पनि कर्पोरेसनको कार्यालय सञ्चालनका लागि पहिल्यै काम गरेका कर्मचारीलाई करारमा राख्नुपर्ने बताउँछन्। कर्पोरेसनले राज्यबाट कर मिनाहाका लागि आग्रह गरिरहेको बेला आन्तरिक राजश्व विभागका उपमहानिर्देशक चन्द्रकला पौडेल आफूहरुलाई कर्पोेरेसनले कर मिनाहका लागि कुनै आग्रह नगरेको बताउँछिन् । उनी भन्छिन, “कर छुटबारे हामीलाई कुनै पत्र आएको छैन ।” कर्मचारी व्यवस्थापन जग्गा बेचेर लामो समयदेखि काम गर्दै आएका कर्मचारी व्यवस्थापनका लागि कर्पोरेसनले टेकुमा रहेको जग्गा बिक्री गरेको छ । कर्पोरेसनले २६४ कर्मचारी व्यवस्थापनका लागि टेकुमा रहेको ४९ रोपनी १० आना जग्गा रु तीन अर्ब २५ करोड मूल्यमा नेपाल आयल निगमलाई बिक्री गरेको हो । २०७४ साल जेठ ४ गतेको मन्त्रिपरिषद्को बैठकले जग्गा बेच्न स्वीकृत दिएसँगै कर्पोरेसनले आयल निगमलाई जग्गा बिक्री गरेको हो । कर्पोरेसनका महाप्रबन्धक जोशी उक्त जग्गा बिक्रीबाट पनि सबै कर्मचारीको व्यवस्थापन गर्न अझै गाह्रो हुने बताउाछन् । सरकारले कर्पोरेसनलाई नयाँ तरिकाले सञ्चालन गर्न खोजे रामशाहपथबाट काम गर्ने गरी टेकुको जग्गा बिक्री गर्न लागेको हो । कर्पोरेसनको नाममा विराटनगर, हेटौँडा, पोखरा, दाङ, धरान, नेपालगञ्ज लगायतका सहरमा जग्गा तथा कार्यालय रहेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies