Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

भाइरल बिरामीको चाप ह्वात्तै बढ्यो, अस्पतालको चौर बिरामीले भरिभराउ

\"\"उदयपुर । एक हप्तादेखि यता आएर जिल्ला अस्पताल, उदयपुर बोक्सेमा भाइरलबाट प्रभावित बिरामीको संख्याको चाप व्यापक रुपमा बढ्दै गएको छ । जिल्ला अस्पताल उदयपुरका अनुसार अहिले दैनिक ६० जनाभन्दा बढीको संख्यामा भाइरलबाट प्रभावित बिरामीको अस्पतालमा उपचार तथा भर्ना गराउन आउने गरेपछि बिरामीको चाप ह्वात्तै बढेको छ । पचास श्ययाको अस्पताल रहेको जिल्ला अस्पताल उदयपुरमा अहिले बिरामीको चाप ह्वात्तै बढेपछि बेडमा बिरामी राख्ने ठाउँ नभएर अन्यत्र र भुइँमा समेत राखेर उपचार गर्न बाध्य हुन परेको कुरा जिल्ला अस्पताल मेडिकल शाखाका प्रमुख डा विशाल देवले बताएका छन् । दैनिक बिरामीको संख्या बढ्दै जान थालेको र बेड खाली नभएपछि अहिले बिरामीलाई व्यवस्थापन गर्न नै हम्मे पर्ने गरेको समेत डा देवले बताए । इमरजेन्सी आकस्मिक फाँटदेखि जनरल बेड सबै भाइरलका बिरामीले भरिभराउ भएपछि अन्य उपचारका लागि आएका बिरामीलाई समेत बेड व्यवस्थापन गर्न समस्या रहेको समेत अस्पताल प्रशासनले समेत बताएको छ । अहिले जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, चौदण्डी नगरपालिकासहित सुनकोशी र रौतामाई तथा उदयपुरगढी गाउँपालिका क्षेत्रमा समेत व्यापक भाइरल ज्वरो फैलिन थालेपछि जिल्ला अस्पताल उदयपुरमा बिरामीको चाप ह्वात्तै बढेको कुरा अस्पताल प्रशासनले बताएको छ । भाइरलका कारण अधिकांश बिरामी शुरुमा रुघाखोकी लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने र एक्कासि ज्वरो आउने गरेपछि धमाधम जिल्ला अस्पतालमा उपचारका लागि आउन पर्ने बाध्यता भएको उदयपुरगढी गाउँपालिका–५ का एक बिरामीका आफन्त कुमार गिरीले बताएका छन् । वर्षा मौसम हुनु, प्रदूषित पानी पिउनु, मौसम परिवर्तन र वर्षाको कारण बाढीले फोहरवस्तु बगाउने र दुर्गन्ध फैलने गरेको कारण पनि अहिले भाइरलको प्रकोप फैलिन थालेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ । भाइरलको प्रकोप बढ्दै गएपछि अहिले जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा अस्पतालभित्र, भुइँमा, बेडमा र बाहिर चौरभरिसमेत भाइरलबाट प्रभावित बिरामीले नै भरिभराउ गर्न थालेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies