Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भक्तपुरमा खानेपानीको हाहाकार, एकगाग्री पानीका लागि बिहान ३ बजे नै उठ्नुपर्ने

\"\"भक्तपुर । भक्तपुर नगरपालिका–७, गोलमढीकी कृष्णलक्ष्मी कवांलाई बिहान उठ्ने बित्तिकै पानीको चिन्ताले सताउने गरेको छ । मध्य वर्षातमा पनि धारामा भनेजस्तो पानी नआएपछि कवाँको बिहानीको समय पानीको जोहो गर्नमा नै बित्ने गरेको छ । उनी भन्छिन्, “धारामा पानी आउने ठेगान छैन । एकछिन ढिला भयो भने इनारमा पनि पानी हुँदैन ।” इनारको पानीको लागि बिहान ३ बजे नै उठ्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । “बिहान ३ बजेतिर उठेर पानी लिन गए अलि छिट्टै गाग्री भरिन्छ, नत्र इनारमा पनि पानी तान्दा एउटा गाग्रो भर्न एक घण्टा लाग्ने गर्छ । पानी तान्दा बढी आए एक माना जति मात्र आउँछ ।” उनले भनिन् । त्यसैगरी, भक्तपुर नगरपालिका–६ की रामकेशरी खाइतुले वर्षामा पनि धारामा पानी नआएका कारण निकै समस्या आएको बताइन् । उनले एक गाग्री पानी लिन कहिले तचपाल त कहिले बेखालसम्म जानुपर्ने समस्याले निकै सकस भएको बताइन् । “धारामा पानी आउने ठेगान छैन । आए पनि आधा घण्टा जति मात्र पानी आउँछ ।” उनले भनिन्, “भएका सार्वजनिक धारामा पनि पानी आउन छोड्यो । घरमा धारा हुनेका लागि पानी आउने बेला थाप्न पाए पनि धारा नहुनेका लागि निकै ठूलो समस्या बेहोर्नु परेको छ ।” वर्षातको मौसममा पनि भक्तपुर नगरपालिकामा पानीको हाहाकार घट्न सकेको छैन । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (काउखाली) ले मागअनुसारको आपूर्ति गर्न नसकेपछि भक्तपुर नगरभित्र पानीको हाहाकार भएको हो । काउखालीले पर्याप्त पानी आपूर्ति गर्न नसक्दा उपभोक्ता सार्वजनिक इनार र ट्यांकरबाट पानी किनेर खान बाध्य छन् । भक्तपुर नगरभित्र करिब एक लाख जनसंख्या बसोबास गर्छन् । भक्तपुर नगरभित्र दैनिक एक करोड लिटरको हाराहारीमा पानीको माग रहेको छ । तर काउखालीले मागको आधा मात्र आपूर्ति गरिरहेको काउखाली भक्तपुर शाखाका प्रमुख सुरेन्द्र हिमालयले बताए । उनका अनुसार काउखालीले सुक्खामा दैनिक ३० लाख देखि ३५ लाख लिटर पानी वितरण गरिरहेकोे छ भने वर्षामा दैनिक ४० लाख देखि ४५ लाख लिटर पानी वितरण गर्दै आएको छ । काउखालीले भक्तपुर नगरभित्र दुईवटा स्रोतबाट पानी वितरण गर्दै आइरहेको छ । मध्यपुर थिमिको बोडेस्थित पानी प्रशोधन केन्द्रबाट उत्पादित पानी भक्तपुर नगरको पश्चिम दूधपाटी, इटाछें, डोक्छें, वंशगोपाल, मंगलाछें, नासमना हुँदै टौमढीसम्मको क्षेत्रमा वितरण गर्दै आइरहेको छ । सो क्षेत्रमा काउखालीले पाँच दिन बिराएर पानी वितरण गर्दै आइरहेको प्रमुख हिमालयले बताए । त्यसैगरी, सूर्यविनायक नगरपालिकाको सृजनानगरदेखि काँलाचासम्म र चाँगुनारायण नगरपालिकाको सल्लाघारीदेखि दुवाकोटसम्म बोडेको पानी वितरण गरिरहेको प्रमुख हिमालयले बताए । भक्तपुर नगरभित्र बोडे प्रशोधन केन्द्रबाट सुक्खायाममा दैनिक १२ लाख लिटर र वर्षायाममा दैनिक १७ लाख लिटर पानी आपूर्ति भइरहेको उनले जानकारी दिए । नगरको पूर्वी भाग २, ५, ७, ८, ९ र १० नं वडाका कमलविनायक, च्याम्हासिंह, दत्तात्रय, इनाचो, गोल्मढी, सुकुलढोकालगायतका क्षेत्रमा नगरकोटस्थित महादेव खोला मुहानको पानी वितरण भइरहेको छ । काउखालीका अनुसार महादेव खोला मुहानबाट सुक्खायाममा दैनिक १७ लाख लिटर र वर्षायाममा ३५ लाख लिटर पानी उत्पादन हुने गर्दछ । वर्षामा पनि मागअनुसारको पानी आपूर्ति गर्न नसकिएको स्वीकार्दै हिमालयले मुहान क्षेत्रमा पर्याप्त वर्षा नहुँदा पानीको उत्पादन बढ्न नसकेको जानकारी दिए । वर्षौं पुरानो पाइपलाइनका कारण पनि कतिपय स्थानमा पानी वितरणमा समस्या आएको उल्लेख गर्दै उनले पाइपलाइन परिवर्तनका लागि प्रयास भइरहेको जानकारी दिए । मेलम्चीको पानी वितरणका लागि काठमाडौँमा पाइपलाइन परिवर्तन र विस्तारका कार्य अगाडि बढेपनि भक्तपुरमा सो कार्य अगाडि नबढ्दा थप समस्या आएको बताए । कतिपय ठाउँमा पुराना पाइपका कारण पनि पानी वितरण भए पनि पुग्न नसकेको उनले बताए । वर्षायाममा पानी पर्दा धमिलो भएका कारण पनि कहिलेकाहीँ वितरणमा गडबडी भइरहेको छ । मुहान पोखरी हुँदै बाँसबारीमा प्रशोधन भएर आउने पानीलाई रोपाइँको सिजनमा ढुसीफाँट क्षेत्रमा धान रोप्न कुलो बनाएर लाने भएकाले पनि नगरको पूर्वी भागमा पानी सहजरुपमा वितरण हुन नसकेको उनले बताए । नगरवासीलाई सहजरुपमा पानी वितरण गर्न हाल सल्लाघारीमा बोरिङ भइरहेको जानकारी दिँदै प्रमुख हिमालयले सो बोरिङ सम्पन्न गर्न छ महिना समय लाग्ने जानकारी दिए । यसअघि भक्तपुर नपा–१, भार्वाचोमा बोरिङ कार्य सम्पन्न भइसकेको र सो बोरिङको पानी वितरण भएपछि दूधपाटीदेखि टौमढीसम्मका उपभोक्तालाई सहजरुपमा पानी वितरण हुने उनले बताए । नगरमा पानीको समस्या चुलिएपछि भक्तपुर नगरपालिकाले ट्याङ्करमार्फत पानी वितरण गरिरहेको छ । नगरका पानीको आपूर्ति कम हुने क्षेत्रमा दैनिक ट्याङ्करबाट पानी वितरण गरिरहेको जानकारी दिँदै नगर प्रमुख सुनिल प्रजापतिले दीर्घकालीन समाधानका लागि काउखालीसँगको समन्वयमा नगरका सम्भव भएका ठाउँमा डिपबोरिङ गरी उपभोक्तालाई पानीको समस्याबाट मुक्त गर्न नगरपालिका लागिपरेको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies