Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

विक्रम दर्जीले पाए व्हीलचेयर

\"\"बिर्तामोड । शारीरिक रुपमा अशक्त भएका बिक्रम दर्जीले गत असार १४ गतेको स्थानीय तहको निर्वाचनमा विक्रम भोट हाल्न गए । उनले भोट हालेको तस्वीर दमकका पत्रकार अर्जुन राजबंशीले जब कान्तिपुरका पठाए, तब उनको फोटो भाइरल बन्यो । त्यही विक्रमले भोट हाल्दै गरेको तस्वीर काठमाडौंका पत्रकार अपांगता सरोकार.कमका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीले सामाजिक सञ्जालमा शेयर गरे । त्यो समाचाार सामाजिक सञ्जालमा पढेपछि पोखराकी सामाजिक कार्यकर्ता सरिता गुरुङले पढेपछि उनले आफ्नो पहलमा हङकङ बस्ने रामकाजी र प्रभतामार्फत ह्वीलचेयरका लागि पहल गरिन । सामाजिक कार्यकर्ता सरिताकै पहलमा व्हीलचेयर झापासम्म पठाइयो । ह्वीलचियर विक्रमको घरसम्म लगेर हात लगाइदिने जिम्मेवारी मिल्यो झापाका अग्रज पत्रकार तीर्थ सिग्देललाई । पत्रकार सिग्देललाई विक्रमलाई भेट्नै केही दिन लाग्यो । शिवसताक्षीमा घर भए पनि पछिल्लो समय उनी कमल गाउँपालिकाको केराधाप भन्ने स्थानमा बसोबास गर्दा रहेछन् । मंगलबार कमल गाउँपालिकाकी प्रमुख मेनका काफ्ले र पत्रकार सिग्देलले विक्रमलाई उक्त ह्वीलचेयर संयुक्त रुपमा हस्तान्तरण गरे । ‘झट्ट हेर्दा यो सामान्य सहयोगजस्तो देखिए पनि कसैको जीवनमा ठूलो महत्व राख्दो रहेछ,’ ह्वीलचेयर हस्तान्तरणपछि पत्रकार सिग्देलले भने, ‘अब विक्रमलाई यतउती जानलाई कसैको भर पर्नु पर्दैन ।’ पोलियो रोगका कारण आजसम्म खुट्टा टेकेर हिँड्न नसकेका झापा शिवसताक्षीका विक्रम दर्जीले मंगलबार ह्वीलचियरको सहारा पाए । जीवनमै नसोचेको कुरा एक्कासी प्राप्त गर्दा विक्रम दंग छन् । विक्रमले जन्मेदेखि खुट्टा टेकेका छैनन् । उनका दुवै खुट्टा लुला छन् । हातमा चप्पल लगाएर घस्रिएर हिँड्ने उनलाई यो ह्वीलचियर जीवनकै अमूल्य उपहार बन्यो । पोखराकै सामाजिक कार्यमा संलग्नसरिता गुरुङको पहलमा पोखरा घर भइ हाल हङकङमा बस्दै आएका रामकाजी गुरुङ र प्रभता गुरुङले विक्रमलाई ह्वीलचियर पठाइदिए पछि बिक्रमको दैनिकी नै फेरिने भयो । घरको बरण्डामा विक्रमले लुगा सिलाइरहेका ठाउँमा पत्रकार सिग्देल, गाउँपालिका प्रमुख काफ्ले तथा छरछिमेकीहरु ह्वीलचियर लिएर पुग्दा विक्रम भावुक बने । ‘मैले सोचेकै थिइनँ ह्वीलचेयर पाउँछु भनेर,’ उनले भने, ‘आज म एकदम खुशी छु, योभन्दा खुशी अरु के कुरामा हुन सक्छु र !’ विक्रमलाई ह्वीलचेयर हस्तान्तरण गर्न प्रमुख अतिथि बनेर पुगेकी कमल गाउँपालिकाकी प्रमुख मेनका काफ्लेले सरकारले गर्नुपर्ने काम हङकङका नेपालीले गरेको भन्दै खुशी व्यक्त गरिन् । ‘हङकङमा दानवीर नेपाली पनि बसेका रहेछन, जसले विक्रम दर्जीलाई ह्वीलचियर पठाइदिए,’ उनले भनिन, ‘संसारका जुनसुकै कुनामा पुगे पनि, कुनै नाता सम्बन्ध नपरे पनि एक नेपालीले अर्को नेपालीलाई सहयोग गरेको पाउँदा मलाई अत्यन्तै खुशी लाग्यो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies