Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

८५ तहमा माओवादी केन्द्र दोस्रो

\"\"काठमाडौं । माओवादी केन्द्रले निर्वाचन भएका ६ सय १७ तहमध्ये ८४ तहमा प्रमुख जितेको छ । ६७ जिल्लाका ८५ तहमा भने माओवादी दोस्रो स्थानमा आएको छ । पहिलो चरणको निर्वाचनमा ४५ र दोस्रो चरणमा ४० तह गरी ८५ तहमा दोस्रो स्थानमा आएको छ । दोस्रो भएको अधिकांश तहमा झिनो मतान्तरले पराजित भएको प्रवक्ता पम्फा भुसालले बताइन् । अाजको नयाँ पत्रिकामा खबर छ– पार्टी फुट,फितलो सांगठनिक संरचना, कार्यकर्ताको सही परिचालन गर्न नसक्नु, पार्टीभित्र भएको अन्तर्घात र स्थानीय तहमा अनुभव नहुँदा तेस्रो स्थानमा खुम्चनुपरेको निष्कर्ष माओवादीको छ । हार्नुका कारण कांग्रेस–एमालेले निर्वाचनमा पैसाको खोलो बगाउँदा पार्टी हारेको नेता गोपाल किराती बताउँछन् । कर्मचारीसमेत कांग्रेस–एमालेको पक्षमा लागेको उनको दाबी छ । पार्टीले उठाएका मुद्धा जनस्तरमा लान नसक्दा धेरै ठाउँमा पराजित हुनुपरेको बताउँछन् अर्का नेता मणि थापा । माओवादी फेरिए पनि नेताको चरित्र नफेरिँदा जनताले विश्वास नगरेको उनको बुझाइ छ । १ तह जितेका २२ जिल्ला माओवादीले २२ जिल्लामा एक–एक तह मात्र जितेको छ । ललितपुर, अर्घाखाँची, उदयपुर, ओखलढुंगा, खोटाङ, गुल्मी, चितवन, डढेल्धुरा, डोटी, तनहुँ, दाङ, दार्चुला, धादिङ, नवलपरासी, पाँचथर, प्युठान, बाग्लुङ, बैतडी, भोजपुर, मोरङ, रूपन्देही र लमजुङमा एक–एक तह जितेको हो । २२ जिल्लामा शून्य पहिलो र दोस्रो स्थानीय तहमा माओवादी २२ जिल्लामा शून्य भएको छ । प्रदेश नम्बर १ का १४ जिल्लामध्ये ७ जिल्लामा शून्य भएको छ । जसमा झापा, सुनसरी, इलाम, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम र धनकुटा छन् । प्रदेश नम्बर ३ का १३ जिल्लामध्ये चार जिल्लामा शून्य भएको छ । जसमा काठमाडौं, भक्तपुर, रसुवा, दोलखा रहेका छन् । प्रदेश नम्बर ४ का ११ जिल्लामध्ये ५ जिल्लामा शून्य भएको छ । जसमा कास्की, स्याङ्जा, म्याग्दी, मनाङ र मुस्ताङ छन् । प्रदेश नम्बर ५ का १२ जिल्लामध्ये पाल्पा र कपिलवस्तुमा शुन्य भएको छ । प्रदेश नम्बर ६ का १० जिल्लामध्ये मुगु र सुर्खेत तथा प्रदेश नम्बर ७ का ९ जिल्लामध्ये बझाङ र बाजुरा शून्य भएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies