Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

रेलको डब्बा किन्न ३ अर्ब माग

\"\"काठमाडौं । सरकारले महोत्तरीको बिजलपुरादेखि जनकपुर हुँदै भारतको जयनगर (बिहार) सम्म रेल्वे सेवा सञ्चालनका लागि ब्रोडगेज रेलको इन्जिन (लोकोम्याटिभ) र डब्बा खरिदको प्रारम्भिक प्रक्रिया सुरु गरेको छ । यसका लागि रेल्वे विभागले सरकारसंग तीन अर्ब रुपैयाँ माग गरेको छ । अाजको कान्तिपुरमा खबर छ– रेलवे विभागका सिनियर डिभिजन इन्जिनियर प्रकाश उपाध्यायका अनुसार पहिलो चरणमा यात्रुवहाक र मालवहाक रेलका दुई/दुई वटा इन्जिन र १८ वटा डब्बा खरिदका लागि तीन अर्ब रुपैयाँ आवश्यक पर्नेछ । ‘हामीले अनुमानित लागत तयार गरी सरकारसंग (भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालय) रकम माग गरेका छौ,’ उनले भने । विभागले इन्जिन र डिब्बा ल्याई उक्त खण्डमा रेल सेवा सुरु गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । भारत सरकारको सहयोगमा निर्माणाधीन बर्दिवास–जनकपुर–जयनगर (६९ किलोमिटर )रेलवेको बिजुलपुरा–जनकपुर–जयनगर (५२ किलोमिटर) खण्डको निर्माण कार्य आगामी फागनुसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । रेल्वे निर्माणको स्थलगत अवलोकनपछि असारको दोस्रो साता संसदको विकास समितिले रेलवे निर्माणको काम सकिनु अगावै सेवा सञ्चालनका लागि आवश्यक पर्ने रेलको इन्जिन र डब्बाको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो । भारतीय सरकारको लगानीमा भारतीय कम्पनिले रेलवे निर्माणको काम गरिरहेको भए पनि रेलको इन्जिन, डब्बालगायतका सामग्रि जुटाउने र रेलवे सेवा सञ्चालन गर्ने दायित्व नेपाल सरकारको हो । रेलवे सेवा सञ्चालन आवश्यक संयन्त्र निर्माणसहितका बृहत कामका लागि भने सरकारले अझै गृहकार्य गरेको छैन । पहिलो चरणमा यात्रुवहाक रेलका दुईवटा इन्जिनमा ६/६ वटा डब्बा जोड्ने प्रस्ताव गरेको रेलवे विभागले मालवहाक इन्जिनमा कन्टेनर र अन्य सामाज बोक्न मिल्ने १२ वटा डब्बा खरिदको प्रस्ताव गरेको छ । रेल्वे सञ्चालनमा आएपछि विस्तार हुने यात्रु र व्यापारको चाप अनुसार ती इन्जिनमा थप डब्बा जोड्न सकिन्छ । मुअब्जा विवाद समाधानमा भएको ढिलाइका कारण बर्दिवास–बिजलपुरा खण्डको काम सुरु नभए पनि बिजुलपुरा–जनकपुर–जयनगर खण्डमा माटोको काम (रेल कुद्ने बाटो निर्माण) पूरा भई लिक राख्ने स्लीपर जडान गर्ने काम भइरहेको छ । निर्माणाधिन रेल्वेमध्ये ३ किलोमिटर मात्रै भारतीय भूमिमा पर्छ । नेपालमा ‘सिंगल गेज’ को रेलवे सञ्चालनको इतिहास भए पनि ‘ब्रोडगेज’ को रेल कुदाउने यो पहिलो प्रयास हो । ‘सिंगल गेज’ मा बिजुलपुरा–जनकपुर–जयनगर र अमलेखञ्ज–वीरगञ्ज–रक्सौलको यात्रुवहाक रेल सेवा इतिहासमा सिमित छ भने नेपालमा एक किलोमिटर भन्दा कम दुरीको मालवहाक रेलवे (वीरगञ्ज– रक्सौल) मा मात्रै सञ्चालनमा छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies