Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

माओवादीभित्र गुटैगुट, कस्ता छन् माओवादीभित्रका गुट ?

\"\"काठमाडौं । ‘पार्टीभित्र गुट उपगुट अझै हटेन, कि सल्लाह नै गरेर गुट चलाऊँ होइन भने गुट त्यागेर माथि उठौं,’ यो आक्रोशित भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिल्ला इन्चार्जसमेत सहभागी पार्टी सचिवालय सदस्यहरूको विस्तारित बैठकमा भनिएको विषय हो । अाजको राजधानी दैनिकमा खबर छ– अध्यक्ष प्रचण्डले सोमबार बैठकको सुरुवातमा गुट उपगुटकै कारण स्थानीय तहको निर्वाचनमा अपेक्षाअनुसार जित नभएको र गुट उपगुट बढ्दै गए पार्टी विघटनको खतरामा पुग्नेसमेत औंल्याए । पार्टीकै अस्तित्व खतरामा पर्ने र निर्वाचनमा समेत हारमा पु¥याउने के र कस्तो हो त माओवादीभित्रको गुट ? माओवादी हेडक्वार्टर सदस्य मणि थापा भन्छन्, ‘अध्यक्षसँग बार्गेनिङ गर्ने, शक्ति र सत्ता प्रयोग गर्ने, अझ भन्दा राजनीतिक केन्द्र्र बनाएर स्वार्थ समूहहरू खोलिनु गुट हो ।’ माओवादीभित्र अध्यक्ष प्रचण्डको वरिपरी घुम्ने तर जनता र कार्यकर्तामा कम मात्रमा जाने, फाइदा भने बढी लिने एक किसिमको समूह रहेको छ । पछिल्लोपटक क्षेत्रीय र जिल्लास्तरीय गुटसमेत माओवादीभित्र झांगिएर गएको छ । अझ रमाइलो त ‘जनयुद्ध’को उद्गमस्थल मानिएको रुकुम र रोल्पासमेत गुट उपगुटले चोखो छैन । रुकुमले रोल्पाका नेतालाई नमान्ने र रोल्पाकाले रुकुमका नेतालाई नमान्ने संकीर्ण सोचाइ पछिल्लोपटक ह्वात्तै बढेर गएको छ । कस्ता छन् माओवादीभित्रका गुट ? माओवादी केन्द्रभित्र विभिन्न किसिम र उद्देश्यले खोलिएका स्वार्थ समूह रहेका छन् । यही समूह निर्वाचन तथा पार्टी महाधिवेशनका बेला सबैभन्दा बढी सक्रिय हुने गरेका छन् । त्यस्ता समूह कतिपय शक्ति र सत्ताको बार्गेनिङका लागि खोलिएका स्वार्थ समूह रहेको पाइएको छ भने कतिपय विचार सिद्धान्तमा आधारित समूह रहेका छन् । अध्यक्ष प्रचण्डको वरिपरी घुम्ने प्रधान समूह रहेको छ, त्यही समूहबाट गुट उपगुटले प्रश्रय पाउने र क्षेत्रीय, जिल्लास्तरीय हुँदै तल्लो तहसम्म झर्ने गरेको छ । जसमा नारायणकाजी समूह, वर्षमान पुन समूह, महरा समूह, जनार्दन समूह भनेर नामकरण गरिएको पाइएको छ । त्यसो त अध्यक्ष प्रचण्डले सोमबार मौखिक प्रस्ताव राख्ने क्रममा रोल्पाको गुट, रुकुमको गुट, सिरहाको गुट, सप्तरीको गुट, सिन्धुलीको गुट, रामबहादुरको गुट, श्यामबहादुरको गुट भइराख्ने हो भने पार्टीलाई विघटन गरेर गुट चलाउँदा हुन्छ भन्दै केही गुटहरूको नाम नै लिएर आक्रोश पोखेका थिए । स्रोतका अनुसार माओवादीभित्र केन्द्रीय तहमा हर्ताकर्ता गर्नेमा पछिल्लोपटक नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा रहेका छन् । दोस्रो तहमा शक्ति बस्नेत, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरू रहेको बताइन्छ । अध्यक्षप्रचण्डले सरकार विस्तार तथा कुनै पनि राजनीतिक नियुक्तिका क्रममा नारायणकाजी समूहलाई छुटाउने गरेका छैनन् । कुनै कारणवश छुट्न गए पनि श्रेष्ठको आपत्तिसँगै प्रचण्डले सच्याउने गरेका छन् । कुनै निर्णय लिँदा अध्यक्ष प्रचण्डले वर्षमान पुनको सल्लाह छुटाउने गरेका छैनन् । अध्यक्ष प्रचण्डको वरिपरी घुम्ने नेताहरूद्वारा क्षेत्र र जिल्ला तहमा पनि आफूअनुकूल संगठन नेतृत्व बनाउने र सञ्चालन गर्ने परिपाटीको विकास बढेर गएको छ ।माओवादीभित्र ‘जनयुद्ध’ लडेकाहरूले श्रेष्ठलाई स्थायी गुटको नामकरणसमेत दिने गरेका छन् । तर ‘जनयुद्ध’कै उद्गमस्थल रुकुम र रोल्पाका नेताहरूसमेत एक हुन सकेका छैनन् । रुकुमका नेताहरूले रोल्पाका नेताहरूको अस्तित्व नस्विकार्ने र रोल्पाले रुकुमका नेताहरूको अस्तित्व नस्विकार्ने संस्कृतिले बढुवा पाएको त्यहाँका नेता कार्यकर्ता बताउँछन् । नजिकैका दुई जिल्लाका नेताहरूले एकजुट हुनुको सट्टा गुट उपगुट बनाउनेमा लाग्दा कार्यकर्ताहरू भने चिन्तित छन् । माओवादी केन्द्रमा ६ जेठ २०७३ बाट विभिन्न १० माओवादी घटकले एकता गरेका छन् । जसमा रामबहादुर थापा नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मातृका यादव नेतृत्वको माओवादी, मणि थापा नेतृत्वको माओवादीलगायत घटकले एकता गरेका थिए । उनीहरू अध्यक्ष प्रचण्डसँग राजनीतिक विषयमा नजिक–टाढा रहे पनि शक्ति, सत्ता र पहुँचका हिसाबमा बार्गेनिङ गर्नेमा आफू नलागेको तथा अलग्गै स्वार्थ समूह खडा नगरेको दाबी गर्छन् । माओवादीको जारी सचिवालय बैठकमा रिपोर्टिङका क्रममा जिल्ला इन्चार्जहरूले बढ्दो गुटबन्दी अन्त्य गर्न जोडदार माग गरेका थिए । उनीहरूले ४ हजार सदस्यीय जम्बो महाधिवेशन आयोजक समितिको औचित्य नदेखिएको भन्दै खारेज गर्नसमेत माग गरेका छन् । सोमबार प्रदेश २ का इन्चार्ज मातृका यादवले त अध्यक्ष प्रचण्डले नै गुट अन्त्यको घोषणा गर्नुपर्ने भन्दै गुट उपगुट चलाउन अध्यक्षबाटै सहयोग पुगेको घुमाउरो पारामा आरोप लगाएका थिए ।माओवादीनिकट बुद्धिजीवी संगठनका केन्द्रीय उपाध्यक्ष निलकण्ठ तिवारी व्यक्तिगत स्वार्थ पूरा गर्न गुट खोलिने गरेको भन्दै पार्टीलाई सुदृढ बनाउने हो भने पहिलो नम्बरमा गुट अन्त्य गर्नुपर्ने बताउँछन् । ‘व्यक्तिगत स्वार्थ पूरा गर्ने मेकानिजम र मेसिन अन्त्य गर्नुपर्छ, गुटको खेती गर्ने र कल्पनामा रमाउने परिपाटी हटाउनुपर्छ,’ उनी भन्छन्, ‘नेतृत्व तहले संरक्षण नगर्ने हो भने गुट त त्यसै पनि हट्छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies