Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भूकम्प पीडितको गुनासो सम्बोधन गर्न प्रविधिज्ञ पुनः खटिँदै

\"\"काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित जिल्लाबाट आएका गुनासोलाई सम्बोधन गर्न प्रविधिज्ञ पुनः खटाउने भएको छ । भूकम्पबाट क्षति भएका निजी घरको मापदण्ड निर्धारणका लागि प्राधिकरणले ३१ जिल्लामा ३०१ प्रवृधिज्ञलाई परिचालन गर्न लागेको हो । व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले परिचालित प्रविधिज्ञले आफ्नो काम आगामी भदौको पहिलो हप्तासम्ममा सम्पन्न गर्ने र यसबाट सबै खालका गुनासा पनि सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्राधिकरणका अनुसार हालसम्म ती जिल्लामा निजी आवासअन्तर्गत एक लाख १३ हजार भूकम्प प्रतिरोधी आवास निर्माण सम्पन्न भइसकेको, थप ४५ हजार घरको मापदण्ड परीक्षण भइरहेको र सहुलियत दरमा व्यक्तिगत तथा सामूहिक ऋण अनुदानसम्बन्धी कार्यविधि लागू हुने चरणमा रहेको छ । उनले निजी आवास निर्माण छिटो होस् भन्नाकै लागि आगामी असार मसान्तको समय सीमा निर्धारण गरिएको स्पष्ट गर्दै भारत, पाकिस्तान र इण्डोनेशियाको तुलनामा पुनःनिर्माण कार्य ढिलो नभएको जिकिर गरे । बैठकमा समितिका सभापति रवीन्द्र अधिकारीले प्राविधिकरणले पुनः निर्माणका कामको प्रगति कागजमा होइन, जनताले अनुभूति हुने खालको हुनुपर्ने बताए । उनले भूकम्पले क्षति पु¥याएका विद्यालय, स्वास्थ्य, सडक र खानेपानी, सरकारी भवनका पुनःनिर्माण सुस्त रहेको बताउँदै जनगुनासा सम्बोधनमा पहिलो ध्यान दिन प्राधिकरणलाई आग्रह गरे । सांसद ललितजंग शाहीले भूकम्प अतिप्रभावित १४ जिल्लामा नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिरोध कार्यक्रमले निजी आवास निर्माण सहयोग, स्वास्थ्य, सरसफाइ, आयआर्जन, खानेपानी तथा सरसफाइ नमूना कार्यक्रम बनेको बताउँदै यसबाट गैरसरकारी संस्थाले कसरी काम गर्दा रहेछन् भन्ने कुरा सरकारले सिक्नुपर्ने बताए । सांसद जगदीशनरसिंह केसीले निजी आवास निर्माण गर्न गाउँगाउँमा निर्माण सामग्रीको अभाव रहेको र पु¥याउन अप्ठ्यारो रहेको तथा बनेका घरको प्रमाणीकरण गर्न झन्झटिलो प्रक्रिया रहेको बताउँदै नुवाकोटमा रेडक्रसले निजी आवास निर्माणलगायत अन्य क्षेत्रमा उत्कृष्ट सहजीकरण गरेको जानकारी दिए । सांसद मोहनबहादुर बस्नेतले जनता आफैँले बनाएका घरको प्राधिकरणले प्रमाणीकरण गर्दा प्रविधिज्ञले दुःख दिने गरेको र आफ्नो जिल्लाका जोखिमपूर्ण बस्ती स्थानान्तरण गर्न ध्यान नदिइएको गुनासो गरे । सांसद गुरुप्रसाद बुर्लाकोटीले प्राधिकरणलाई पुनःनिर्माणको कामलाई स्थानीय तहलाई नै हस्तान्तरण गर्न सुझाव दिँदै अझै पनि भूकम्प पीडितले निजी आवास निर्माण गर्न अनुदान पाउनबाट छुटेको बताए । सांसद प्रकाश पौडेलले किन सिंहदरबार पुनःनिर्माण ढिलासुस्ती भएको भन्ने प्रश्न गर्दै यसले गर्दा ग्रामीण क्षेत्रमा नकारात्मक सन्देश गएको बताए । सांसद जनार्दन ढकालले निजी आवास अनुदान प्राप्त गर्न रसुवाका धेरै भूकम्प पीडित छुटेको तथा विद्यालय र स्वास्थ्य संस्था बनाउन ढिलाइ भएको गुनासो गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies