
भरतपुर घटनाको अदालत प्रक्रियाबारे रेणु–देवीको ‘एकै स्वर’
-
-
साउन २ गते, २०७४ - १८:२५
चितवन । भरतपुर महानगरपालिका – १९ को मतगणनाका क्रममा मतपत्र च्यातिएको आज ५० दिन पुग्दासमेत कुनै समाधान नआएको जनाउँदै प्रमुख पदका उम्मेदवारले छिटो निकास दिन माग गरेका छन् ।
दोस्रो चरणको निर्वाचनबाट विजयी जनप्रतिनिधिले गाउँ र नगरसभामार्फत भावी कार्यक्रम सार्वजनिक गरिसक्दा समेत भरतपुर महानगर अन्योलमा छ । भरतपुर महानगरको मतगणनाका क्रममा जेठ १४ गते राति मतपत्र च्यातिएपछिको विवाद अहिले सर्वोच्च अदालतनमा पुगेको छ । उक्त मुद्दाका कारण यहाँ जितेर बसेका जनप्रतिनिधिले समेत काम गर्न पाएका छैनन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त समूहबाट महानगरपालिका प्रमुखका उम्मेदवार रेणु दाहालले चाँडै निर्णय आए मतदातालाई समेत सहज हुने बताए । उनले भने, “एकदम लामो समय भयो, छिटो टुंग्याउन पाए हुन्थ्यो, दाहालले भनिन्, काम रोकिएको जस्तो महसुस भइरहेको छ ।”
नेकपा एमालेबाट महानगर प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले पनि निर्णय आउन ढिलाइ भएको जनाउँदै चाँडै निर्णय आए राम्रो हुने प्रतिक्रिया दिए । “विधि, परम्परा र अन्तर्राष्ट्रिय अनुभवका आधार सर्वोच्चले हेर्ला”, ज्ञवालीले संक्षिप्त प्रतिक्रिया दिए ।
अहिले दुवै उम्मेदवार अदालतमा निर्णयको ‘पर्ख र हेर’ को अवस्थामा छन् । निर्वाचन आयोगले पुनः मतदान गर्न दिएको आदेश विरुद्ध भरतपुर–१९ मा एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सो मुद्दामा अदालतले हाललाई जे जस्तो अवस्थामा छ सो अवस्थाबाट अगाडि नबढाउनू भनी आदेश दिएपछि प्रक्रिया रोकिएको छ ।
त्यसपछि पटक पटक पेशी तोक्दै आएको अदालतले आजका लागिसमेत पेशी राखिएकामा फेरि सरेको बताइएको छ । मुद्दा हाल्ने स्वयं विकसमेत जे निर्णय आए पनि छिटो निर्णय गर्न आग्रह गर्छन् ।
जेठ १४ पछिको अवस्था
जेठ १४ को मध्यरात पौने १२ बजे भरतपुर–१९ को मतगणना हुँदै थियो । दुई हजार ८९७ मत खसेको मध्ये एक हजार ८०९ मत गनेर सकिएको थियो । यसमा ज्ञवालीले ४१ हजार ६४१ तथा दाहालले ४० हजार ९०८ मत ल्याएका थिए । उनीहरुको मतान्तर ७३३ थियो । उक्त वडामा एक हजार ८०९ मत गन्दा दाहालले ५१ मत बढी ल्याएकी थिइन् । अब करिब एक हजार र केही मत गन्न बाँकी थियो । अनि भरतपुर २० को तीन हजार ३०२ मत गन्न बाँकी नै थियो ।
रातभर गनेर भोलिपल्ट बिहान गणतन्त्र दिवसमा घोषणा गरिने तयारी थियो । एकाएक राति पौने १२ बजे मतपत्र च्यातिएपछि मतगणना रोकियो जसमा ९० मत च्यातिएको पाइएको थियो । एमालेले माओवादी कार्यकर्ताले च्यातेको आरोप लगाएको छ भने माओवादी केन्द्रले एमालेले कब्जा गर्न लागेका बेला मतपत्रको सुरक्षा गर्ने क्रममा च्यातिएको जिकिर गर्दै आएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बालुवाटारमा प्रचण्ड र अोलीबीच गोप्य वार्ता
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच...भ्यानले जोतेर १० को हत्या, १५ घाइते
क्यानडाको टोरन्टोका एक व्यक्तिले भाडामा लिइएको भ्यान पैदल यात्रु हिँड्ने व्यस्त मार्गमा योजनाबद्ध...थरी शनिश्चरेको घरघरमा स्वास्थ्य परीक्षण
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि ल्याएको घर घरमा स्वास्थ्य...प्रधानमन्त्री अोलीमाथि बाबुरामको शब्द ‘हमला’
काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘बुद्धिजीवी’...साना किसान बिकास बैंक ६८ जिल्लामा
काठमाडौं । साना किसान बिकास बैंक लिमिटेडले अहिलेसम्म देशका ६८ जिल्लामा सञ्जाल विस्तार गरेको छ । विसं...एमालेमा प्रवेश गर्न लागेको हल्ला चलेपछि नारायणकाजीले मुख खोले
काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू नेकपा एमालेमा प्रवेश गर्ने भन्ने...१७ बर्ष विदेश बसेर फर्किएपछि टेम्पो चलाएर नेपालमै मासिक ५० हजार कमाउँछन् घिमिरे
झापा । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्किएका...प्रतिव्यक्ति ऋण २ हजारले बढ्यो, एक नेपालीको टाउकोमा २४२७६ ऋण
काठमाडौं । नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ । आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण रु...केपी अोली र भीम रावलको सम्बन्धमा कसरी अायो दरार ?
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र एमाले उपाध्यक्ष भीम रावलबीचको सम्बन्धमा...मेलिना राईलाई किन आँखा लगाउँछन् विरेन्द्र श्रेष्ठ (भिडियोसहित)
काठमाडाैं । गायक तथा इन्जिनियर विरेन्द्र श्रेष्ठ र मेलिना राइको स्वर र अम्बिका गुरुङको शब्दमा रहेको...

प्रतिकृया लेख्नुहोस्:
- बुटवलका माअोवादी नेता लेखनाथ न्याैपानेसहित पाँच पक्राउ
- हात्तीको आक्रमणबाट एकको मृत्यु
- कांग्रेसमा ‘६ भाइ’ को शीघ्र महाधिवेशन मागः गगनले पेश गरे संयुक्त दस्तावेज (पूर्णपाठसहित)
- प्रदेश तीनको विशेष बैठकलाई प्रमुख काइरालाले सम्बोधन गर्ने
- भ्यानले जोतेर १० को हत्या, १५ घाइते
- देशको समस्या समाधान हुने भन्दै प्रधानमन्त्रीले दिए राजिनामा