Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अदालतले जेल सजाय सुनाएका लामा अझै प्रिन्सिपलमा कार्यरत

\"\"काठमाडौं । बानेश्वरस्थित कन्टिनेन्टल एकेडेमी स्कुलका प्रिन्सिपल सम्झना लामालाई काठमाडौं जिलला अदालतले एक वर्ष कैद र ५० हजा जरिवाना समेत सुनाइसकेको छ । जो राम्री केटी भेट्यो तिनैलाई विवाह गरी श्रीमती बनाउँछु भनी आश्वासन दिंदै हिंड्ने लामाका केही हर्कतहरु सार्वजनिक भएका छन् । प्रिन्सिपल लामामाथि अहिले सम्म चार जना महिलालाई बिहे गर्ने आश्वासन दिई छाडेर हिंडेको आरोप लागेको छ । ती चार जना महिलाहरुको अहिले अरुसँगै विवाह भईसकेको छ । पीडित मध्ये एक महिलाले भनिन्, “प्रिन्सिपल जस्तो व्यक्तिले यस्तो धोका देलान् भन्ने मैले सोचेकै थिईन । तर म ठूलो भ्रममा रहेछु ।” लामाले सरकारी छाप कीर्ते गरी नक्कली लाईसेन्स बनाएको अभियोगमा उनलाई काठमाडौं जिल्ला अदालतले समेत दोषी ठहर गरेको छ । २०७४ साल वैशाख २० गते अदालतले लामालाई सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहर गरी एक वर्ष कैद र ५० हजार जरिवाना समेत गरिसकेको छ । उनले यातायात कार्यालय काठमाडौंबाट नक्कली लाईसेन्स बनाएका थिए । नक्कली लाईसेन्स बनाएको आरोप लागेपछि लामालाई प्रहरीले बारम्बार खोजतलास पछि मात्र उनी पक्राउ पनि परेका हुन् । अदालतमा मुद्दा चलाईएपछि उनी अदालतबाट दोषी ठहर भएका हुन् । तर उनलाई अदालतबाट एक वर्ष कैदको सजाय सुनाईएपनि अहिले सम्म प्रिन्सिपलको रुपमा कार्यरत छन् । अदालतबाट सरकारवादी जस्तो गम्भीर प्रकृतिको मुद्दामा दोषी ठहर भईसकेका लामालाई स्कुलका सञ्चालकहरुले अहिलेसम्म हटाउन सकिरहेका छैन्न् । काभ्रेको कानपुर स्थायी घर भएका लामा अदालतबाट घरेलु हिंसा सम्बन्धी मुद्दामा पनि दोषी सावित भईसकेका छन् । उनलाई गत असार ६ गते अदालतले श्रीमती कुटेको आरोपमा दोषी ठहर गरी क्षतिपूर्ति बापत ५० हजार रुपैंया तिर्न आदेश दिएको थियो । तर अहिलेसम्म पनि उनले क्षतिपूर्ति नतिरेको स्रोतले जानकारी दिएको छ । लामालाई  दिइएकाे अदालतको आदेशपत्र \"\"   \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies