तर जब उनी असन्तुष्ट हुन्थिन् उनी एकदमै रिसाउने गर्थिन् । धेरै रक्सी पिउने चोग्यालको बानीले उनलाई हैरान बनाएको थियो र त्यही विषयलाई लिएर दुईबीच झगडाहरु समेत हुने गरेको बताइन्छ ।
एकचोटी रिसाएर चोग्यालले उनको \'रेकर्ड प्लेयर\' राजदरबारको झ्यालबाट बाहिर फ्यालिदिएको बताइन्छ । अन्ततः होप कुकले सिक्किम छाडेर अमेरिका फिर्ता जाने निर्णय लिइन् ।
चोग्यालले उनलाई मुश्किलको त्यो बेलामा साथ दिन अनुरोध पनि गरेका थिए तर उनले मानिनन् । उनलाई बिदा गर्न दास गएका थिए । उनले जाने बेलामा भनेको कुरा सम्झिंदै दास भन्छन्, \"मिस्टर दास, मेरो श्रीमान्को ख्याल राख्नुहोला, अब यहाँ मेरो कुनै भूमिका छैन ।\" दासले राजदरबारका कैयौँ बहुमूल्य कलाकृति र चित्र लुकाएर होपले अमेरिका पुर्याएर जानकारी पाउँदा आफूलाई एकदमै दुःख लागेको बताएका छन् ।
जम्मा एक सीट दास भन्छन्, ८ मे महिनामा भएको सम्झौतामा हस्ताक्षर गरेर पनि चोग्यालले कहिल्यै मनभित्रैबाट त्यसलाई स्वीकार गरेनन् । उनले देश बाहिरका कैयौँ मानिसहरुबाट मद्दत मागेका थिए । उनले एकजना महिला वकिललाई यो सम्झौता गलत हो भनेर वकालत गर्ने जिम्मेवारी नै दिएका थिए । चुनाव घोषणा भएपछि चोग्यालले दक्षिण सिक्किमको यात्रा गर्ने इच्छा जाहेर गरे ।
[caption id=\"attachment_142962\" align=\"alignleft\" width=\"750\"] चोग्यालसँग विदेशसचिव केवल सिंह (बायाँ) र भारत विलयपछि काजी लेण्डुप दोर्जे[/caption]दासले उनलाई त्यसो नगर्न सुझाव दिएका थिए। पहिला जब उनी ती क्षेत्रहरुमा जाने गर्दथे त्यहाँ उनको स्वागतका लागि सडकमा लामबद्ध भएर धेरै मानिसहरु बस्ने गर्दथे ।
तर त्यसपटकको यात्रामा उनले आफ्ना तस्वीरमाथि जुत्ता झुण्डाइएका दृश्य देखे । चुनावमा चोग्यालले समर्थन गरेको नेश्नलिस्ट पार्टीले ३२ वटामध्ये एउटा मात्रै सीट जित्यो ।
जति पनि नयाँ सदस्यहरुले चुनाव जिते उनीहरुले चोग्यालको नाममा शपथ नलिने र उनी संसद्मा आए संसद्को कारबाहीमा भाग नलिने चेतावनी दिए । दास नयाँ चुनिएको संसद्का सभामुख थिए ।
उनी भन्छन्, \"त्यसपछि चोग्यालले आफ्नो विरोध लेखेर पठाउने र मैले त्यो सबैको अगाडि पढेर सुनाइदिने अनि सिक्किमको नाममा शपथ लिने कुरा तय भयो ।\"
चोग्यालको नेपाल यात्रा यसैबीचमा नेपालमा राजाको राज्याभिषेकमा राजकीय अतिथिका रुपमा चोग्याल काठमाडाैं आए । उनले पाकिस्तानी राजदूत र चीनका उपप्रधानमन्त्री चिन सी लिउसँग भेटवार्ता गरे र आफ्ना अप्ठेराहरु फुकाउन मद्दत मागे ।
बीएस दासले उनलाई एउटा लिखित दस्तावेज दिएका थिए जसमा बाहिरी समर्थन जुटाउन नलाग्न भनिएको थियो । \"तपाईँको राजवंशले निरन्तरता पाउनेछ, तपाईँका छोरा उत्तराधिकारी बन्नेछन् तर त्यसका लागि तपाईँले आफू संरक्षित रहेको स्वीकार गर्नुपर्नेछ र ८ मेमा भएको सम्झौता मान्नुपर्नेछ ।\" तर उनले आफ्नो अडान छाडेनन् । चोग्यालको जवाफ थियो, \"मेरो देश स्वतन्त्र देश हो र यसलाई म छाड्दिँन ।\"
सन् १९७४ को जुन ३० मा चोग्यालले इन्दिरा गान्धीलाई आफ्नो पक्षमा उभ्याउने प्रयास गरेका थिए । त्यसबेला इन्दिरा गान्धीका सचिव रहेका पीएन धरले आफ्नो पुस्तक \'इन्दिरा गान्धी: द एमरजेन्सी एण्ड इन्डियन डोमोक्रेसी\' मा उक्त भेटवार्ताको प्रसंग समेटेका छन् । उनले लेखेका छन्, \"जसरी चोग्यालले आफ्नो मुद्दा इन्दिरा गान्धीसमक्ष राखे त्यसबाट म एकदमै प्रभावित भएँ, उनले भनेका थिए भारतले सिक्किममा जो नेताहरुलाई लिएर दाउ लगाइरहेको छ उनीहरु विश्वास गर्न योग्य छैनन् ।\"
इन्दिराले जवाफमा उनले कुरा गरिरहेका राजनीतिज्ञहरु जनताले चुनेका प्रतिनिधि हुन् भनिन् । चोग्याल अरु केही कुरा गर्न खोज्दै थिए, इन्दिरा चुप लागिन् । इन्दिराले मौनतालाई नकारात्मक प्रतिक्रियाका रुपमा प्रयोग गर्न खप्पिस थिइन्। उनी जुरुक्क उठिन् र आफ्ना दुई हात जोडेर रहस्यपूर्ण ढंगले मुस्कुराइन्। चोग्याल बिदा हुन सक्छन् भन्ने इशारा थियो त्यो ।
रोचक त यो थियो यी तिनै चोग्याल थिए जो सन १९५८ मा जवाहरलाल नेहरुका अतिथि बनेर दिल्ली आएका थिए र उनकै निवासस्थान तीनमूर्ति भवनमा बसेका थिए ।
चोग्याल अनौठो व्यक्तित्वका धनी थिए उनले कहिले पनि सिक्किमको पृथक पहिचानसँग सम्झौता गरेनन्। दास भन्छन्, उनले एकपटक मात्रै चोग्याललाई हार स्वीकार गरेको देखे । चोग्यालका छोरा तथा उत्तराधिकारीको दुर्घटनामा निधन भएपछि उनले आत्महत्या गर्ने प्रयास गरेका थिए ।
यसैबीच उनकी श्रीमती होप कुक पनि आफ्ना दुई बच्चालाई लिएर चोग्याललाई छाडेर गइन्। उनलाई यो सबै झेल्न निकै मुश्किल भयो । सन १९८२ मा क्यान्सरबाट कुकले ज्यान गुमाइन् । जब सिक्किम भारतमा विलय हुने प्रक्रिया शुरु भयो चीनले त्यसको तुलना सन् १९६८ मा रुसले चेकोस्लोवाकिया माथि गरेको आक्रमणसँग गर्यो । त्यसबेला इन्दिरा गान्धीले चीनले तिब्बतमाथि गरेको आक्रमणको सम्झना गराइन् । भुटान भने खुशी भयो किनभने उसलाई लाग्यो अब सिक्किमसँग जोडेर आफूलाई हेरिँदैन ।
तर सबभन्दा बढी विरोध नेपालमा भयो । सिक्किममा सबभन्दा बढी ७५ प्रतिशत जनसंख्या नेपाली मूलका व्यक्तिहरुको थियो । भारतभित्र कैयौँ तप्कामा यसको विरोध भयो । जर्ज वर्गीजले हिन्दुस्तान टाइम्समा \'अ मर्जर इज अरेन्ज्ड\' भन्ने शीर्षक दिएर सम्पादकीय लेखे । \"जनमत संग्रह यति हतारमा गराइयो कि यो पूरा प्रक्रिया सन्देहको घेरामा पर्यो। जनमत संग्रहमा यस्तो प्रश्न सोधियो- तपाईँ चोग्यालको पद समाप्त गरिँदैछ र सिक्किम भारतको हिस्सा बन्दैछ भन्नेमा सहमत हुनुहुन्छ ? यी दुवै अलग-अलग मुद्दा थिए जसको आपसमा कुनै सम्बन्ध थिएन। आश्चर्य यो गान्धी तथा नेहरुको देशबाट भइरहेको छ ।\"
\'रअ\'को भूमिका सिक्किम भारतमा विलय गर्दा राजनेताका साथमा भारतको गुप्तचर एजेन्सी \'रअ\' ले पनि महत्त्वपूर्ण भूमिमा खेलेको थियो ।
दासले त्यसबेला विभिन्न भोजहरुमा रअका अधिकारीसँग भेट भएको बताउँछन् । उनी भन्छन्, \"म उनीहरुसँग सोध्थेँ मलाई बताउनुस् न के भइरहेको छ तर उनीहरु मलाई केही बताउँदैन थिए ।
एकदिन उनीहरु मेरो घर आए र भने माफ गर्नुहोला हामी तपाईँसँग कुनै कुरा गर्न सक्दैनौँ । हामीसँग निर्देशन छ कि मुख्य कार्यकारी अधिकारीलाई सिक्किममा भइरहेको कुनै घटनाको बारेमा नबताइयोस् किनभने उसले आफूसँग भएको जानकारी चोग्याललाई बताउने गल्ती गर्नसक्छ ।\" \"म तपाईँलाई इमानदारीका साथ भन्छु अन्तिम दिनसम्म सिक्किममा के भइरहेको छ भन्ने मलाई भारतको गुप्तचर एजेन्सीबाट कहिल्यै जानकारी दिइएन ।\"
इन्दर मल्होत्रा ठान्छन् रअको सिक्किम विलयमा निर्णायक भूमिका अवश्य थियो तर त्यसबार राजनीतिक नेतृत्वले दिशानिर्देश गरेका थिए । इन्दिरा गान्धीले रअका प्रमुख रामनाथ काव, पीएन हक्सर र पीएन धरसम्मिलित बैठक बोलाएकी थिइन् । कावसँग सल्लाह माग्दा उनको जवाफ थियो, \"मेरो काम सरकारको निर्णय कार्यान्वयनमा ल्याउने हो सल्लाह दिने होइन ।\"
इन्दिरा गान्धीको भूमिका दास भन्छन्, \"यो पूरा प्रकरणमा इन्दिरा गान्धीलाई लगातार जानकारी दिइएको थियो भन्ने हामीलाई विश्वास थियो । मैले इन्दिरा गान्धीसँग ११ वर्ष काम गरेको छु। विशेषत कसैले उनीसँग निहुँ खोजेको छ भने उनी त्यसलाई माफ गर्दिनथिइन् । चोग्याललाई कहिल्यै पनि बदल्न सकिन्न भन्ने उनलाई लागेको थियो । सम्पूर्ण सिक्किम प्रकरणमा उनी प्रमुख नायिका थिइन् हामी त उनका सहयोगी मात्र थियौँ ।\"
सिक्किमलाई भारतको २२ औं राज्य बनाउन संविधान संशोधन विधेयक २३ एप्रिल १९७५ मा लोकसभामा पेश गरिएको थियो। सोही दिन २९९-११ मतले उक्त विधेयक पारित गरिएको थियो । राज्यसभाबाट उक्त विधेयक २६ एप्रिलमा पारित भयो र १५ मे, १९७५ मा जब राष्ट्रपति फखरुद्दिन अली अहमदले यो विधेयकमा हस्ताक्षर गरे र नामग्याल राजवंशको शासन समाप्त हुन पुग्यो । बीबीसी हिन्दि
प्रतिकृया लेख्नुहोस्: