Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अब वैदेशिक रोजगारीमा मृत्यु भएका परिवारलाई २२ लाख क्षतिपूर्ति

\"\"काठमाडौं । विदेशमा मृत्यु भएका कामदारका परिवारलाई सात लाख रुपैँया क्षतिपूर्ति दिने निर्णय कार्यन्वयनमा आउने भएको छ । सरकारले गतवर्ष गरेको निर्णय आगामी साउन पहिलो सातादेखि कार्यान्वयन हुने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ । मन्त्रिपरिषदबाट हालै पारित उक्त निर्णय साउनको पहिलो हप्तासम्ममा राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुने बैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बताए । काफ्लेले भने ‘नियमावलीलाई सम्पादन गर्ने काम कानून मन्त्रालयबाट भइरहेको छ । त्यसपछि राजपत्रमा प्रकाशन गर्नका लागि मुद्रण विभागमा पठाइन्छ । हाम्रो प्रयत्न कम्तीमा साउन १ गतेदेखि लागू होस् भन्ने हो । विभिन्न देशमा रहेका नेपाली कामदारहरुमध्ये दैनिक कम्तीमा ३ जनाको शव देश भित्रिने गरेको बताइन्छ । मृतकका परिवारले बीमा रकमसहित करिब २२ लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ । उनीहरुले कल्याणकारी कोषको ७ लाख बाहेक १५ लाख रुपैँया जीवन बीमाबाट पाउने छन् । त्यस्तै क्यान्सर, ह्रृदयाघात, ब्रेन ट्युमर जस्ता १५ किसिमका गम्भीर रोग लागेका बिरामीलाई थप ५ लाख रुपैँया दिने व्यवस्था गरिएको प्रवर्द्धन बोर्डले जनाएको छ । विदेशमा मृत्यु हुने कामदारको परिवारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट हाल पाउँदै आएको ३ लाखबाट बढाएर ७ लाख रुपियाँ दिने निर्णय सरकारले गत वर्ष गरेको थियो । कामदारको मृत्यु बाहेक बिरामी र अंगभंग भएकाहरुलाई पनि रकमको व्यवस्था गरिएको छ । बीमा र कल्याणकारी कोषबाट क्षतिपूर्ति रकम बढाएसँगै कामदारहरुले विदेश जानु अगाडि तिर्नुपर्ने बीमाको प्रिमियम शुल्क समेत बढेको छ । कामको अवधि र कामदारको उमेर अनुसार फरक फरक हुने उक्त शुल्कमा कम्तीमा ९ सय ५० रुपैयाँ रकम बृद्धि भएको जनाइएको छ । कार्यकारी निर्देशक काफ्लेले भने ‘५ लाखको विमांकलाई १० लाख बनाइयो । त्यो १० लाख भनेको १५ लाख क्षतिपूर्ति पाउने ब्यवस्था हो। प्रिमियम ४० प्रतिशत मात्र बृद्धि गरेर असाध्य कममा शत प्रतिशत बिमांक वढाइएको छ ।’ हाल कल्याणकारी कोषमा चार अर्ब भन्दा धेरै रुपैयाँ रहेको बोर्डले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies