Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

पीडित 'आहाल र पाल'मा बस्ने राष्ट्रपति १६ करोडको गाडी माग्ने ?

भूकम्प पीडितले हिउँद/बर्षा टहरामै विताएको पनि तीन बर्ष वितिसक्यो । सरकारले पुनःनिर्माणको लागि दिने भनेको राहत रकम कतिपयले पहिलो किस्ता नै पाएका छैनन् त कसैले पहिलो किस्ता पाएर पनि दोस्रो किस्तामा अड्किएका छन् । पहिलो किस्ता लिएर घर बनाउन थालेका भुकम्प पीडितहरुले दोस्रो किस्ता नपाएर बिचमै घर बनाउन रोकिनुको पीडा त छँदै छ । त्यसोत सिन्धुपाल्चोकका जुरे पहिरो पीडित हुन या भुकम्पबाट अति प्रभावित १४ जिल्ला या त तराईका बाढी पीडित नै किन नहुन उनीहरु राहतकै पर्खाइमा छन् । [caption id=\"attachment_129126\" align=\"alignleft\" width=\"400\"]\"\" राष्ट्रपति भण्डारी[/caption] एक साता अघि अर्थात असार १७ गते सप्तरीको विभिन्न ठाउँमा बाढीकोे वितण्डाले घरबार विहिन भएका सयौं पीडित विचल्लीमा छन् । बाढीले सयौं घर बगायो त सयौं मानिसको उठिबास नै लगायो । सप्तरीको पिलाठीस्थित वेलही भन्सारमा खटिएका इलाम घर भएका सशस्त्र प्रहरी हबलदार सुमन आचार्यको मृत्यु नै भयो । बाढीले राजविराज नगरपालिकाको दुईवटा वडासहित एक दर्जन गाउँ नै डुबायो । सप्तरीका यी बाढी पीडितको अबस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवासहित गृहमन्त्री जनार्दन शर्माको टोलि पनि सप्तरी नपुगेको होईनन् । त्यसो प्रधानमन्त्री र गृहमन्त्रीले राहतको घोषणा नगरेका पनि होईनन् । सप्तरीका बाढी पीडितलाई प्रधानमन्त्री देउवाले टहरा निर्माणका लागि २५ हजार अनुदान र व्यवसाय सञ्चालनका लागि सहुलियत दरमा १५ लाख रुपैयाँसम्म ऋण दिने घोषणा पनि गरे । तर प्रधानमन्त्रीले घोषणा गरेको पैसा बाढी पीडितले कहिले पाउँछन् त्यो पत्तो छैन । पीडितलाई के थाहा छ भने–अहिले परिवारको मुन्टो लुकाउने ओत छैन । त्यसो त सरकारले पीडितहरुलाई यति र उति सहयोग गर्छौ भनेर बोलेको थुप्रै उदाहरण छन्, त्यो मध्ये भूकम्प पीडितले पाउने अनुदान पनि एक छर्लङगै देखिने उदाहरण हो । माथि भुकम्प र बाढीको बेलिविस्तार लगाउनुको कारण राष्ट्रिपति विद्यादेवी भण्डारीलाई गाडी खरिदका लागि १६ करोड माग गरिएकोबारे हो । केहि समयअघि राष्ट्रपति कार्यालयले अर्थमन्त्रालयबाट राष्ट्रिपति भण्डारीलाई गाडी खरिदको लागि ४ करोड रुपैयाँ लग्यो । त्यसलगत्तै गाडी खरिदको लागि रकम अपुग भयो भन्दै थप १२ करोड रुपैयाँ माग गरियो । राष्ट्रिपति कार्यालयले नेपाली सेनामार्फत १६ करोड रुपैयाँको गाडी खरिद गर्दैछ । योबाट पनि प्रष्टै हुन्छकी देशका ठूला निकायका व्यक्तिहरु जनतालाई पीडाको आहालमा सुताएर विलासी जीवन विताउने तरखरमा छन् । भूकम्प र बाढीले थिलथिलो बनाएको जग्गामा एकसरो त्रिपालको भरमा पूर्वी सिन्धुपाल्चोकदेखि मध्ये तराईसम्मका जनता कहरमा बाँचिरहेका छन् । तर हाम्रा देशकी राष्ट्रपति १६ करोड रुपैयाँ बराबरको विलासी गाडीमा घुमफिर गर्ने सपनाका लागी सरकारलाई जवर्जस्ति गरिरहेकी छिन्। मानौं १६ करोडको गाडी चढेर भुकम्प र बाढी पीडितको घर–आँगनमा डुल्न आउँदैछिन् । एकातिर भूकम्प पीडितले राहत नपाइरहँदा अर्कोतिर तराई बाढीले डुबाईरहँदा पक्कैपनि केहि राहतको पर्खाइमा रहेका जनतालाई आहाल र पालमा सुताएर राष्ट्रपति भण्डारीले १६ करोडको गाडी किन्न पैसा माग्न सुहाउँछ ? यदि राष्ट्रपतिलाई जनताका माया छ भने तराईमा विपद् परिरहँदा करोडौंको गाडी चढ्न किन खोज्छिन् ? छिमेकि देश चीनका राष्ट्रपति सी जिनपिङ आफ्नै मुलुकमा बनेको ८ करोड २५ लाख पर्ने ‘होङ्गी रेड फ्लाग’ कार चढ्छन् । तर चीन जस्तो विकसित मुलुकसँग नेपाल दाज्नु मिल्दैन । यो अर्थमा दाज्न मिल्दैन कि चीन विकासको हिसावले निकै अगाडी रहेको मुलुक हो । चीनको जस्तो विकास नेपाल एक तिहाई पनि हुन सकेको छैन । त्यसो त रुसी राष्ट्रपति भ्यादिमिर पुटिन ‘मर्सिडिज एस सी लिमोसिन’ २ करोड ५९ लाख रुपैयाँ पर्ने कार चढ्छन् । रुस पनि विकसित मुलुक हो । तर माथि उल्लेखित दुई देशसँग नेपालको अर्थ अवस्था दाज्न मिल्दैन । बाढी पहिरो र भुकम्पले हजारौं जनताहरु विस्तापित भइँरहँदा विकसित देशका राष्ट्रपति भन्दा विकासको हिसाबले निकै पछाडि परेको नेपालको राष्ट्रपति भण्डारीले १६ करोड रुपैयाँको कार चढ्न सुहाउँछ ?  

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies