Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

विपत् व्यवस्थापन कानुन अन्तिम चरणमा

[caption id=\"attachment_141078\" align=\"alignleft\" width=\"750\"]\"\" केहि बर्षअघिको सिन्धुपाल्चोकको जुरे भन्ने ठाउँमा अाकस्मिक गएको पहिरो । (तस्वीरः फाइल)[/caption] काठमाडौं, २५ असार । प्राकृतिक विपत्तिले निम्त्याउन सक्ने परिस्थितिसँग जुझ्न महत्वपूर्ण ठानिएको विपत् व्यवस्थापन सम्बन्धी प्रस्तावित कानून राज्यको तीनवटै तहलाई अधिकार सम्पन्न बनाउन लागिएको छ । अन्तिम चरणमा रहेको भनिएको उक्त विधेयकमा उद्धार, राहत जस्ता काममा तीनवटै तहमा अधिकार बाँडफाँड हुने र केन्द्रमा विशिष्ट पदाधिकारीको नेतृत्वमा केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको बताइएको छ । राज्य पुनर्संरचना अनुकूल हुने गरि बनाइन लागेको भनिएको उक्त विधेयकमा राज्यको तीनवटै निकाय केन्द्र, प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनको अधिकार दिइएको बताइएको छ । अहिले कानून मन्त्रालयमा छलफलको क्रममा रहेको उक्त विधेयकको अनुसूची ७ मा संघ र प्रदेशको साझा अधिकार सूचीमा, अनुसूची ८ मा स्थानीय तहको एकल अधिकार सूचीमा र अनुसूची ९ मा तीनवटै तहको अधिकार सूचीमा राखिएको छ । विधेयकमा सुझाव दिन सांसदहरुको एउटा ठूलो समूह पनि सक्रिय छ । उक्त टोलीका संयोजक एमाले सांसद गंगालाल तुलाधरले भने, ूकेन्द्रमा प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय विपत् जोखिम ब्यवस्थापन समिति भन्ने हुन्छ। त्यसलाई परिषद् भनिएको छ। प्रदेशमा मुख्य मन्त्रीको संयोजकत्वमा हुन्छ । र स्थानीय तहमा नगरपालिका, उप महानगरपालिका, महानगरपालिकाका मेयरहरुको अध्यक्षतामा हुन्छ । स्थानीय विपत् जोखिम व्यवस्थापन समिति भन्ने हुन्छ । झन्डै ८ वर्षदेखि मस्यौदाको रुपमा रहेको विपत् व्यवस्थापन विधेयक दुईपटक संसदमा पुगेर पनि फिर्ता भएको थियो। पछिल्लो समय राज्यको संघीय र्संरचना अनुरुप नभएको भन्दै विधेयक फिर्ता भएको हो । अहिले देशका विभिन्न स्थानहरुमा विपत्का घटनाहरु बढ्न थालेपछि संसदको राज्य ब्यवस्था समितिले उक्त विधेयक पारित गराउन गृह मन्त्रालयको ध्यानाकर्षण गरेको थियो । गृहमन्त्री जनार्दन शर्माले विधेयक निर्माण अन्तिम चरणमा पुगेको बताए । उनले भने ‘विपत् व्यवस्थापन सम्बन्धी विधेयकलाई प्राथमिकताका साथ अगाडि बढाउने योजना सार्वजनिक गरेको छु । तयार गरेर कानुन मन्त्रालयमा पुर्याइएको छ । कानुन मन्त्रालयको स्विकृती आउने वित्तिकै यो मन्त्रिपरिषद् हुँदै छिट्टै नै संसदमा पुग्नेछ ।\' उक्त विधेयक पारित भयो भने केन्द्रदेखि स्थानीय तहले विपद्को जोखिम न्युनिकरणमा छरितो काम गर्ने आधार तय हुने विश्वास गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies