Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

पोर्चुगल र मेक्सिको सेमिफाइनलमा

\"\"रसिया, १२ असार ।पोर्चुगल र मेक्सिको कन्फेडेरेसन कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । पोर्चुगलले न्युजिल्यान्डमाथि ४–० को फराकिलो अन्तरको जित निकाल्दै समूह एको विजेताका रूपमा अन्तिम चारमा स्थान पक्का गरेको हो । मेक्सिकोले आयोजक रसियामाथि २–१ को जित निकाल्दै उपविजेताको हैसियतमा सेमिफाइनलमा स्थान बनाएको हो । समूहमा पोर्चुगल र मेक्सिको दुवैले समान ७–७ अंक जोडे । पोर्चुगल र मेक्सिकोबीचको पहिलो खेल बराबरीमा सकिएको थियो । त्यसपछि दुवै टोलीले रसिया र न्युजिल्यान्डलाई हराए । समूहमा आयोजक रसिया दुई खेलमा पराजित हुँदा न्युजिल्यान्ड जितविहीन हुँदै घर फर्कन बाध्य बन्यो । दुवै हाफमा २–२ गोल सेन्ट पिटर्सबर्गमा ५६ हजार दर्शकबीच शनिबार भएको खेलको ३७औँ मिनेटमा पोर्चुगल न्युजिल्यान्डविरुद्ध अग्रता लिन सफल भयो । कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । टोमी स्थिमले डानिलोलाई फल गरेपछि रेफ्रीले पोर्चुगललाई पेनाल्टीको अवसर दिएका थिए । पेनाल्टीमा गोल गर्नुअघि रोनाल्डोको हेड प्रहार क्रसबारमा लागेको थियो । पाँच मिनेटपछि पोर्चुगलले अग्रता दोब्बर पा¥यो । इंग्लिस क्लब म्यानचेस्टर सिटीमा बर्खरै आबद्ध भएका बेर्नान्डो सिल्भाले गोल गरे । उनले एलिसेउको लामो क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए । पहिलो हाफमा अग्रता लिएपछि फाइदामा रहेको पोर्चुगलका लागि ८०औँ मिनेटमा आन्द्रे गोमेजले गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी टाइममा नानीले अर्काे गोल थपेपछि पोर्चुगलले सानदार जित निकाल्न सफल भयो । रसिया बाहिरियो मेक्सिकोसँग २–१ ले पराजित भएपछि आयोजक रसिया प्रतियोगिताबाट बाहिरियो । खेलमा अग्रता लिनुका बाबजुद आयोजक रसिया बाहिरिएको हो । २५औँ मिनेटमा अलेक्जेन्डर समेडोभले गोल गर्दै रसियालाई अग्रता दिलाएका थिए । तर पाँच मिनेटपछि नै मेक्सिकोले बराबरी गोल फर्काउन सफल भयो । मेक्सिकोका लागि एरान्जोले बराबरी गोल फर्काएका हुन् । दोस्रो हाफको सुरुवातमा आक्रामक रूपमा प्रस्तुत भएको मेक्सिकोले ५२औँ मिनेटमा अग्रता दोब्बर पार्दा घरेलु टोली स्तब्ध बन्यो । हिर्भिङ लोजानोले गोल गरेर मेक्सिकोलाई अग्रता दिलाए । ६८औँ मिनेटमा १० खेलाडीमा सीमित बनेपछि रसिया थप दबाबमा आयो । युरी हिर्काेभ दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए । मेक्सिकोलाई जिताउन निर्णायक गोल गरेका लोजानो खेलको म्यान अफ दी म्याच घोषित भए । उदीयमान खेलाडी लोजनाले रसियाको पोस्टमा पटक–पटक धावा बोलेका थिए । खेलको बल पोजिसन तथा गोल प्रयासमा मेक्सिको अघि देखियो । मेक्सिकोले ६४ प्रतिशत बल नियन्त्रणमा लिँदा रसियाले ३६ प्रतिशत मात्र बल खेलाउन सफल भयो । मेक्सिकोले सात प्रहार अन टार्गेट हान्दा रसियाले दुईवटा मात्र प्रहार पोस्ट गर्न सक्यो । यस्तै, मेक्सिकोले १२ पटक गोल प्रयास गर्दा रसियाले १० पटक गोल प्रयासमा आक्रमण गरेको थियो । उत्कृष्ट रोनाल्डो लगातार दुई खेलमा हार व्यहोर्दै बाहिरिएको न्युजिल्यान्डले पोर्चुगलविरुद्धको खेलमा सुधार ल्याएको थियो । न्युजिल्यान्डका खेलाडी मिडफिल्डमा चुस्त देखिए पनि डिफेन्समा भने कमजोर देखिए । पोर्चुगलका लागि कप्तान रोनाल्डोले उत्कृष्ट खेले । पोर्चुगलका लागि अग्रता दिलाएका रोनाल्डो म्यान अफ दी म्याच घोषित भए । रोनाल्डोले म्यान अफ दी म्याचको अवार्ड पाएको यो लगातार तेस्रोपटक हो । खेलमा रोनाल्डोका दुई प्रहारमा क्रसबार बाधक बन्दा उनी ह्याट्रिक गर्ने अवसरबाट चुकेका थिए । न्युजिल्यान्डविरुद्ध पेनाल्टीमा गोल गरेसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या ७५ पु¥याएका छन् । रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । पोर्चुगलका लागि बढी गोल गर्ने खेलाडीको दोस्रो स्थानका पाउलेटाले ४७ तथा तेस्रो स्थानका इयुसेबियोले ४१ गोल गरेका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies