Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्रहरीले उजुरी नलिएपछि विप्लव कार्यकर्ता लगाएर अपहरण

\"\"काठमाडौं, १२ असार । ठगीसम्बन्धी घटनामा प्रहरीले उजुरी नलिएपछि एक दम्पतीले नेत्रविक्रम चन्द नेतृत्वको केपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता लगाएर अपहरण गरेका छन् । तर, पैसा उठाउन गलत बाटो अपनाउने उनीहरू आफैँ हिरासतमा परेका छन् । कलंकीका मदनकृष्ण महर्जन र अञ्जु देउला महर्जनले पार्टी कार्यकर्ता लगाएर अपहरण गराएका हुन् । विप्लव नेतृत्वको पार्टीका कार्यतासहित शनिबार उनीहरू पक्राउ परेका छन् । के भएको थियो ? अाजको नयाँ पत्रिकामा खबर छ– महर्जन दम्पती आफूहरू ठगिएको भन्दै गत महिना प्रहरी कार्यालय पुगे । सुरुमा कालिमाटी वृत्त गए । वृत्तले उजुरी लिन नमानेपछि उनीहरू टेकुस्थित महानगरीय प्रहरी परिसर पुगे । तर, परिसरका प्रहरीले त्यस्तो लेनदेनसम्बन्धी घटनाको आफूले अनुसन्धान नगर्ने बताए । पसल बिक्री र जडीबुटीको व्यापारको आफूहरूको २० लाखभन्दा धेरै डुबेको भन्दै दुवैले रोइकराई गरे, तर पनि प्रहरीले देवानी प्रकृतिको मुद्दा भएको भन्दै अदालत जान सुझाए । उनीहरूले तीन लाख रुपैयाँमा कविता दाहाललाई कालिमाटीको कस्मेटिक पसल बेचे । तर, पैसा आएको थिएन । पैसा माग्ने क्रममा कविता र उनका प्रेमी गोपालबाबु श्रेष्ठले जडीबुटीको व्यवसायमा पैसा लगानी गरे वर्षमा लाखौँ कमाई हुने प्रलोभन दिए । उनीहरूले अरू पैसा महर्जन दम्पतीलाई दिए । आजभन्दा भोलि भन्दै दम्पतीले उनीहरूलाई झुलाइरहे । न त पसलको पैसा पाए न त जडीबुटीको व्यापारका लागि भनेर गरेको लगानी नै फिर्ता आयो । त्यसरी उनीहरूको करिब २० लाख रुपैया“ फसेको थियो । गोपालबाबु र कविता नयाँ बसपार्कको तनहुँ, स्याङ्जा, पर्वत होटलमा बस्दै आएका थिए । होटलमा दुईवटा कोठा लिएर उनीहरू रवाफिलो जीवन बा“च्दै आएका थिए । पैसा फिर्ता दिने छनक थिएन । प्रहरीले पनि गुनासो नसुनेपछि उनीहरूको पीडा बढ्दै गयो । चिनजानका राजेश नामक व्यक्तिले नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताहरूले थर्काए । त्यसपछि उनीहरूले पैसा दिने आश्वासन दिए । सोहीअनुसार राजेशले महर्जन दम्पतीलाई उक्त पार्टीको राष्ट्रिय युवा जनस्वयंसेवकका सचिव रजमान तामाङलाई चिनाए । तामाङले निश्चित पैसा आफूलाई चाहिने र फसेको पैसा उठाइदिने आश्वासन दिए । सोहीअनुसार महर्जन दम्पतीले आफूलाई ठगी गर्ने व्यक्तिहरूलाई देखाउन शनिबार दिउँसो नयाँ बसपार्कको होटलमा लिएर गए । ‘हामी विप्लव माओवादीका मान्छे हौँ, तपाईहरूसँग काम छ, हिँड्नोस्’ भन्दै लिएर गए । उनीहरूले ट्याक्सीमा राखेर गोपालबाबु र कवितालाई शंकरदेव क्याम्पस अगाडि रहेको राष्ट्रिय युवा जनस्वयंसेवकको कार्यालयमा राखे । केहीबेर कुरा गरेपछि थप कागजपत्र लिन भन्दै अपहरण गर्नेमध्ये केही व्यक्ति गोपालबाबुलाई लिएर फेरि होटलमा पुगे । उनीहरूले ९३ लाख रुपैया“ लेनदेनको कागज गर्न लागेका थिए । प्रहरीको कन्ट्रोलमा विप्लव कार्यकर्ताले होटलबाट एक दम्पतीलाई अपहरण गरेको भन्दै खबर पुगिसकेको थियो । होटलकै सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । महानगरीय अपराध महाशाखाको टोलीले घटनाको अनुसन्धान सुरु गरिसकेको थियो । एक टोली होटलमै छेउछाउ बस्यो भने अर्काे टोली अपहरणकारीको खोजीमा लाग्यो । अपहरण गर्नेहरूले गोपालबाबुलाई लिएर होटलमै गएका थिए । त्यसकारण त्यहाँ बसेको टोलीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिइहाल्यो । त्यसपछि कवितालाई खोज्न प्रहरी बागबजार आयो । प्रहरीले पक्राउ गरेको सूचना कार्यालयमा अर्काे टोलीले पाइसकेको थियो । कवितालाई कार्यालयभित्रै बन्धक बनाएर भाग्न लागेको अवस्थामा अञ्जु भारती र मदनकृष्ण महर्जनलाई पक्राउ गरेको हो । अपहरणका मुख्य नाइके राजमान र राजेश भने भाग्न सफल भएका छन् । अपहरणमा संलग्न नेकपाका नेता दोलखा घर भएका शक्ति विश्वकर्मा, मदनकृष्ण महर्जन, अञ्जु देउला महर्जन र अञ्जु भारतीलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही अघि बढाएको अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताए ।   अपहरित पनि थुनामा अपहृत भनिएका व्यक्तिविरुद्ध पहिले नै प्रहरीमा ठगीको उजुरी परेको थियो । त्यसकारण उनीहरूलाई पनि ठगी मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । जडीबुटी व्यापारको नाममा उनीहरूले धेरैलाई ठगी गरेको प्रहरीले जनाएको छ । कतै न्याय नपाएपछि आफूहरूले उक्त बाटो अपनाउनु परेको उनीहरूले बताएका छन् । तर, पैसा उठाउन गलत बाटो अपनाउँदा उनीहरू झन् पीडामा परेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies