Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

दुर्इ मालिकसँग भिड्दै कामदार, चुनाव जित्नेमा ढुक्क छन माओवादीका जग्गुराम

\"\"काठमाडाैं, ११ असार । बीस वर्ष अघि यतिखेर उनी खेतमा कोदालो चलाई रहेका हुन्थे । बारिको डीलमा उभिएका हुन्थे मालिक– अरे जग्गु, थोडा और हात चला । ऋृतु फेरिए, समय फेरियो । हिजो मालिकको खेतमा पसिना चुहाउने तिनै जग्गुराम चाैधरी अहिले भने आफ्नै मालिकको समकक्षी चुनावमा उभिएका छन् । “कमैया राखेका मान्छेसँग चुनाव लड्न पाउँदा अर्कै अनुभूति भइरहेको छ\' भन्छन् उनी । त्यसो त उनले कहिल्यै यो कुरा कल्पना समेत गरेका थिएनन् । जिन्दगी यस्तै न हो हामीहरुको, कमैया जिन्दगी । मालिकको जुठोपुरो खाएर उनको खेतमा जोतिनुपर्ने । सोच्थे उनी । उनीमात्रै होइन, उनीजस्ता हजारौं कमैयाहहरुले यही सोच्थे । तर माओवादी युद्दको ज्वारले यो सबै परिवर्तन गर्यो । सशस्त्र युद्दको रापसँगै २०५७ सालमा शेरबहादुर देउवाले कमैया मुक्तिको घोषणा गरे । कमैयाहरुमा माओवादी प्रभाव रोक्ने यो रणनीतिक कदम थियो देउवाका लागि । यता जग्गुराम भने त्यसअघि नै मालिककको घर छोडर मिलमा काम गर्न थालिसकेका थिए । उनका मालिक धीर बहादुर पालको घरबाट निस्किए उनी । पालहरु आफूलाई ठकुरी बताउने, यताका सामन्त । जग्गुका अगाडि कुनै विकल्प थिएन । र, उनले नजिकै सानो झुप्रो ठड्याएर जीविकाका बाटाहरु पहिल्याउनतर्फ लागे । र, यही बीचमा उनी माओवादीको सम्पर्कमा पुगे । यो उनको जीवनको युगान्तकारी मोड थियो । उनले योसँगै शोषण, दमनलगायतका कुराहरु सुने, बुझे । अनुभूति त आफ्नै जीवनमा उनले धेरैपल्ट गरिसकेका थिए । जीविकाका खोजीमा जग्गु काम गर्न पुगे स्थानीय मिलमा । कुटानी पिसानी गर्ने मिलमा उनले काम शुरु गरे । यता माओवादीसँगको सम्पर्क भन्दै सेनाले गिरफ्तार गर्यो संकटकालमा । एक महिनामा रिहा भए उनी । त्यसपछि फेरी उही मजदूरको जिन्दगी । दश वर्ष बिताए उनले त्यही मिलमा । संयोग नै भनौं मिलका मालिकसँग पनि अहिले यिनै जग्गुराम प्रतिष्पर्धी भएर चुनावमा उठेका छन् । “मान्छेका जिन्दगी, पहिलेको मालिक र पछिको मालिक दुबैसँग चुनाव लड्दैछु ।” चिम्सिएका आँखामा बेग्लै चमक देखिन्थ्यो उनको । ५ वर्ष कमैया बनेका धीरबहादुर पाल अहिले कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् । त्यसपछि १० वर्ष मजदूरको रुपमा काम गरेका मालिक दामोदर महरा भने नेकपा एमालेबाट उम्मेदवार छन् । जग्गु भने माओवादी केन्द्रबाट । “दुबै मालिकविरुद्ध लडिराछु । सबैले माया गरेका छन् । जितिन्छ पक्कै ।” पूर्ण आशावादी छन् उनी । जन्मदेखि मरुञ्जेलसम्म मालिकको दयामायामा जिन्दगी बिताउनुपर्ने नियती बोकेका जग्गुराम आफू मालिककै विरुद्ध चुनाव लड्न सक्षम हुनेको श्रेय भने माओवादीलाई दिन्छन् । कमैया त धेरै मुक्त भए तर शोषणबाट मुक्तिको बोध भने माओवादीले दिएको बताउँछन् उनी । जग्गुरामको उम्मेदवारीले दुबै मालिक भने हतास भएको स्थानीय अशोक दमाई बताउँछन् । “म मालिक र तिमीहरु रैती, हलिया, कमैया भन्ने मानसिकतालाई प्रहार गरेका हुन जग्गुरामले । अहिले दुबै मालिक आत्तिएका छन् ।” उनी भन्छन्, “यसले हामी गैर थारुहरुलाई समेत ठूलो प्रेरणा मिलेको छ ।” जग्गुरामको उम्मेदवारीले वडा नं. १९ मा रहेका दलित, गरीब, सुकुम्बासी र आर्थिकरुपमा विपन्नहरुलाई निकै ठूलो उर्जा मिलेको छ । जिन्दगीमा परिवर्तन पनि हुने रहेछ र विपन्न, असहाय र दुखको नियती भोग्न बाध्यहरुले पनि केही गर्न सक्ने रहेछन भन्ने सन्देश जग्गुरामको उम्मेदवारीले दिएको अशोक बताउँछन् । वर्षौदेखि वडा नं. १९ मा बस्दै आएका जग्गुरामको वडाको विकासको राम्रो सोच देखिन्छ । आफै समस्या झेलेका कारण उनलाई आम वडावासीले के खोजेका छन् भन्ने कुरा राम्रोसँग बुझेको उनी बताउँछन् । “१९ नम्बर वडा हेपिएको वडा हो नगरपालिकामा । यो क्षेत्रमा सामूहिकरुपमा खासै पहल भएन पनि । समाज विभाजित छ । त्यसैले विकास पनि त्यति हुन सकेको छैन । म आफैले यहाँको सबै कुरा बुझेको छु । जितेपछि के गर्ने भन्ने योजना बनाएको छु” उनी भन्छन् । जग्गुका अनुसार, १९ नम्बर वडाको सबैभन्दा ठूलो समस्या भनेको पूर्वाधारको विकास नहुनु हो । नगरपालकाका कतिपय वडामा पक्की सडक भएपनि बेल्डाँडीसँग जोडिने छोटो सडक समेत रहेको यो वडा भने उपेक्षित भएको उनी बताउँछन् । सडक कालोपत्रे गर्न सकेमात्रै अकालमैं ज्यान गुमाउने अवस्थाबाट मुक्त हुने उनी बताउँछन् । आरक्षसँगै जोडिएको छ वडा नं. १९  शुक्लाफाँटा बन्यजन्तु आरक्षको सीमाका कारण यो क्षेत्र सधैं भयभीत नै रहने उनी बताउँछन् । यसको व्यवस्थापन उनको मुख्य जिम्मेवारी हुने छ । यति मात्रै नभएर खानेपानीको समेत ठूलो समस्या रहेको उनी बताउँछन् । आर्सेनिकयुक्त पानी खान बाध्य छन् जनताहरु । व्यवस्थित खानेपानीको योजना, आर्सेनिकको परीक्षण, गुणस्तरीय शिक्षाका लागि प्राविधिक शिक्षालयको व्यवस्था, वडा नं. १८ मा सार्वजनिक स्वास्थ्यमा पहुँचका लागि व्यवस्था, दलित, महिला, सुकुम्बासीलगायतलाई रोजगारीका लागि पहल उनका अरु प्राथमिकता हुन । नगरपालिकाभित्र उनले आफ्नो पक्षमा जनमत निर्माण गर्न कसरत गर्नुपरेपनि विजय भएपछि जनताको साथले धेरै काम गर्न सक्ने सपना बुनेका छन् उनले । “मालिकहरु रिसा का होलान नि ?” भन्ने प्रश्नमा जग्गु भन्छन्, “कहिल्यै पो खुशी भएका थिए र उनीहरु ? मेरो लडाई उनीहरुसँग व्यक्तिगतरुपमा होइन, बरु कोही मालिक कोही दास नहुने प्रणालीका लागि हो ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies