Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

‘जनताले भनेर उठेको हुँ, विकासका निम्ति मेरो विकल्प छैन’

\"\"रुपन्देहिको सिद्धार्थनगर नगरपालिका–६ निवासी नेकपा (माओवादी केन्द्र) का जिल्ला समिति सदस्य राम दयाल गुप्ताले यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा वडा नम्बर ६ मा वडा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् । विष्णुपुरा गाविसका तत्कालिन प्रधानपञ्च बुवा स्व. सहदेव गुप्ता र आामा स्व. धर्मी गुप्ताको कोखबाट कान्छो छोराको रुपमा रुपन्देहीको साविक विष्णुपुरा गाविस–७ हाल गैडहवा गाउँपालिका–५ मा जन्मिएका गुप्ता लामो समयदेखि सि.न.पा.–६ मा रही विकास निर्माण र सामाजिक क्षेत्रमा क्रियाशिल रहेका छन । प्रस्तुत छ स्थानीय तहको निर्वाचनको सेरोफेरोमा गुप्तासंग खबरडबलीकर्मी रवीन्द्र गुप्ताले गरेको कुराकानीको अंश यहाँको राजनीतिक यात्राको ? म २०४० सालदेखि नै राजनीतिक क्षेत्रमा प्रवेश गरेको हुँ । मेरो बुवाको प्रेरणाले यस क्षेत्रमा प्रवेश गरेको हुँ । म २०५५ साल देखि नै नेकपा माओवादीमा आबद्ध छु । पार्टी सदस्य देखि भातृ संगठन अखिल नेपाल किसान संघ क्रान्तिकारी रुपन्देहीको जिल्ला कोषाध्यक्ष, मधेसी राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य तथा सिद्धार्थनगर अध्यक्ष र हाल नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगर–६ को वडा अध्यक्ष, सिद्धार्थनगर समिति सदस्य तथा रुपन्देही जिल्ला सदस्यको रुपमा जिम्मेवारी सम्हालेको छु । त्यस बाहेक म टोल सुधार समिति सि.न.पा–६ कर्ण–पथको अध्यक्ष, साहु तेली कल्याण सेवा समिति जिल्ला कार्यसमिति रुपन्देहीको सह–सचिव, भैरहवा नमुना मा.वि. व्यवस्थापन समितिको सल्लाहकार लगायत विभिन्न संघ–संस्थामा आबद्ध भई सामाजिक क्षेत्रमा पनि क्रियाशिल छु । तपाई सिद्धार्थनगर नगरपालिका–६ मा वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ ? यहाँको उम्मेद्वारी किन र के का लागि ? म विगत १९ वर्षदेखि नै यस वडाको स्थायी बासिन्दाको रुपमा समाजसेवीको रुपमा काम गर्दै आएको छु । सम्पूर्ण विकास निर्माणका कार्यहरुमा पहल तथा निगरानी गर्दै आएको छु । नाली, सडकको सरसफाइदेखि लिएर मिस्कट, गिट्टी खसाल्न पहल गर्ने र केन्द्रीय बजेटलाई वडासम्म ल्याई विकास काममा निरन्तर रुपमा लागेको छु । महिला तथा पिछडिएको समुदायको उत्थानको लागि समय समयमा सिपमुलक तथा आयमुलक कार्यक्रमहरु वडामा ल्याएको छु, जसका कारण महिलाहरु आत्मनिर्भर भएका छन । म वडा अध्यक्षको पदमा पुग्नुभन्दा पनि समग्र वडाको विकासको लागि र वडावासीको सेवा गर्न उम्मेदवारी दिएको हुँ । सिद्धार्थनगर नगरपालिका–६ मा विशेष गरी कस्ता समस्याहरु छन ? यस वडामा विशेष गरी अव्यवस्थित सडक र नालीका कारण वर्षायाममा डुवानग्रस्त हुने समस्या छ । पछिल्लो समयमा सार्वजनिक सम्पत्तीको हिनामिना भएको पाइएको छ । तपाईले वडा अध्यक्षमा जित्नु भयो भने वडालाई कस्तो बनाउने खाका कोर्नुभएको छ ? मतदाताले मलाई वडा अध्यक्षमा जिताउनुभयो भने म वडाभित्र रहेका सम्पूर्ण सार्वजनिक जग्गाको पहिचान गरी संरक्षण गर्ने, सामुदायिक विद्यालय महात्मा बुद्ध मा.वि.लाई स्तररोन्नती गरी शैक्षिक गुणस्तर सुधार्ने, वडा भित्र रहेको ३ वटै मदरसामा स्थायी शिक्षकको दरबन्दीको व्यवस्था गर्ने, विभिन्न स्थानमा सार्वजनिक शौचालयको निर्माण गर्ने, वडा समितिको कार्यालयको आफ्नै भवन निर्माण गर्ने, नेपालकै खाद्यान्न भण्डारकोे रुपमा परिचित गल्लामण्डीमा वैज्ञानिक खाद्यान्न भण्डारलाई सञ्चालनमा ल्याउने, हरेक समुदायबीच सामाजिक सदभाव कायम गराउने, वडा भित्र रहेका पुरातात्वीक, धार्मिक स्थलहरुको संरक्षण गर्ने, अव्यवस्थित मासु पसललाई व्यवस्थित गर्न पशु बधशाला निर्माण गर्ने, सार्वजनिक धर्मशाला, मुस्लिम धर्मशाला र सि.न.पा–६ स्थित चित्रगुप्त मन्दिरको माथि धर्मशालाको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । तपाईको चुनाव जित्ने आधार के हो ? म अहिलेसम्म पदीय दायित्वमा नरहेपनि जनताको काम गर्दै आएको छु । विकास निर्माणको कार्यहरु जस्तै नाला, सडक, पोल, ट्रान्सफर्मर जडानलगायतका कामहरु गर्दै आएको छु । सि.न.पा–६ पिपरहियामा रहेको सार्वजनिक भोगचलनमा रहेको जग्गाको संरक्षण गर्नुपर्छ भनेर आवाज उठाउने क्रममा ३ दिनसम्म प्रहरी हिरासतमा समेत बसेको थिएँ । मलाई विश्वास छ जनताले मेरो कामको मुल्यांकन गरेर मलाई अवश्य नै अत्याधिक मतले विजय गराउनुहुनेछ । र, अन्त्यमा अन्त्यमा म सि.न.पा–६ का सम्पूर्ण विकासप्रेमी जनतालाई स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुलाई राम्रोसंग चिनेर मात्र भोट दिन अनुरोध गर्दछु । म जतिसुकै बेला पनि जनताको काममा नै सक्रिय भएर लागेको कुरा सबैमाझ सर्वविदितै छ । अरु बेला व्यापार व्यवसायमा मात्र लाग्ने र जनताको काममा खासै ध्यान नदिने तर निर्वाचनको बेला झुठो आश्वासन बाड्ने उम्मेदवारहरुसंग सजग रहन म सम्पूर्ण मतदाताहरु समक्ष विशेष अनुरोध गर्दछु । विकासको प्रत्याभुति गर्नका निम्ति गोलाकार भित्रको हसिंया हथौडामा मतदान गरी विजयी बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies