Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

देउवाको गृहजिल्ला डडेल्धुरामा चुनावी सरगर्मी बढ्यो

\"\"डडेल्धुरा, १० असार । दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा डडेल्धुरामा चुनावी सरगर्मी ह्वातै बढेको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले चुनावी सभा, नाचगान, घरदैलो र मतदातसँग प्रत्यक्ष भेटघाट अभियानलाई तीव्रता दिइराखेका छन् । दलका नेता तथा कार्यकर्ताले आ–आफ्ना पार्टीका गीत बजाउँदै घर घरमा गई आ–आफ्ना एजेन्डासहित भोट माग्नमा व्यस्त देखिन्छ । उनीहरुले विकासका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर मतदातालाई आफ्नो पक्षमा पार्नका लागि घरदैलो अभियान महत्वका साथ गरिरहेको नेपाली काँग्रेसबाट अजयमेरु गाउँपालिकाकाका उपाध्यक्ष पदका उम्मेदवार कमला विष्टले बताए । स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा १३ वटा राजनितिक दल दर्ता भएका छन् । तीमध्ये आठ राजनीतिक दलले मात्र चुनावी प्रतिस्पर्धामा सहभागी भएका छन् । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरवहादुर देउवाको गृह जिल्ला भएकाले पनि कांग्रेसले यहाँका अधिकाँश स्थानीय तहमा विजय हासिल गर्ने लक्ष्यका साथ अगाडी बढेको छ भने नेकपा एमाले पनि २०५४ सालको इतिहास दोहर्याउने दाउमा लागि परेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रले पनि डडेल्धुरामा पार्टीका उम्मेदवारलाई विजयी बनाउने अभियानमा लागेका छन् भने अन्य साना दलले पनि आफ्नो पक्षमा मत पार्नका लागि मतदाताको घरदैलो अभियानमा व्यस्त रहेको देखिन्छ । जिल्लाका ग्रामीण क्षेत्रसम्म सडकको पहुँच भएकाले दल र त्यसका उम्मेदवारले यातायातका सवारी साधनमा आफ्नो पार्टीको झन्डा, चुनाव चिन्ह र माइकलगाएर प्रचारप्रसार गरिरहेका छन् । लामो समयसम्म विकास हुन नसकेकाले अव विकास गर्नसक्ने सक्षम उम्मेदवारलाई मात्रै मतदान गर्ने अमरगढी नगरपालिकाका मतदाताको भनाइ छ । मतपत्र, मतपेटीकालगायत निर्वाचन सामग्रीसहित कर्मचारी आफूलाई खटाइएको मतदानस्थलमा जान सुरु गरेका छन् । आजसम्म सम्पूर्ण मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले बताए । निर्वाचनको मिति नजिकिएसँगै जिल्लाका सुरक्षा व्यवस्थालाई समेत कडा पारिएको छ । सुरक्षाको दृष्टिकोणले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा मतदानस्थललाई विभाजन गरी सोहीअनुसार सुरक्षा निकायलाई परिचालन गरिएकाले ढुक्कसँग मतदान गर्न डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले सबै मतदातामा आग्रह गरे । दुई नगपालिका र पाँच गाउँपालिका रहेको डडेल्धुरामा ७७ मतदानस्थल र ११० मतदान केन्द्र रहेका छन् । जसमा निर्वाचन प्रयोजनका लागि ८६९ कर्मचारी खटाइएको छ । ५२ वडा रहेको डडेल्धुरामा २७४ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनबाट दुई नगर प्रमुख, दुई उप प्रमुख, पाँच गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष, ५२ जना वडा अध्यक्ष र दुई सय आठ जना वडा सदस्य निर्वाचित हुने छन् । कुल ७५ हजार ७८० मतदाता रहेको डडेल्धुरामा ३८ हजार ५२६ महिला र ३७ हजार २४५ पुरुष मतदाता छन । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies