Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

‘टुरिष्ट’सँग माओवादी उम्मेदवारको रोचक भिडन्त

\"\"गुल्मी, ७ असार । युद्धकालमा गाउँ छाडेर हिँडेका धेरै कांग्रेस एमालेका स्थानीय नेता शान्ति प्रकृयापछि धमाधम गाउँ फर्के, युद्धबाट आएका माओवादी कार्यकर्ता रोजगारीका लागि देश विदेश भौतारिए । तर गुल्मीको नेटा, दर्लिङ्ग, अर्खाबाङ्ग, छापहिले, अर्जे आसपासका केही गाविसमा भने त्यसको ठीक विपरीत भयो । शहर पसेका नेता गाउँ सम्झेर फर्केनन् तर बहुदलिय व्यवस्थामा आफ्नो गाउँलाई विकट भनेर नामाकरण गरीएको भन्दै लामो भुमिगत जीवनबाट फर्केका माओवादी कार्यकर्ता गाउँ डुल्न थाले ।

१२ वर्षमा गाउँमा बाटो बने, धारामा पानी आयो, विजुली बल्यो, गाउँको पुरानो संरचना नै फेरीएर नयाँ बन्यो । गाविस फेरीएर गाउँपालिका बनेपछि, गाउँमा विकासको लहर चलेपछि भने गाउँ छाड्ने र गाउँ बस्ने नेताहरुको भेट जुराईदिएको छ, स्थानीय तह चुनावले । करीब एक दशकदेखि मधेस झरेका मालिका ४ अर्खाबाङ्गका रीत बहादुर थापा, दुई दशकदेखि काठमाडौ छिरेका मालिका ७ घमिरका ज्ञानबहादुर कार्की रआधा दशक भूमिगत भएपछि गाउँ बसेका मालिका ६ अर्जेका देविराम अर्याललाई यो संयोग जुरेको हो । उनीहरु तीनै जना अहिले मालिका गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हुन् ।

सानोतिनो कामका लागि पनि सदरमुकाम र काठमाडौ धाईरहनुपर्ने बाध्यता हटाई सबै अधिकार गाउँमै ल्याउँछौँ भन्दै लडेका अर्याल आफ्नो पार्टीको एजेण्डाले जितेपछि खुसीसाथ आफू जनताको साथ पाउने आशमा चुनावी मैदानमा होमिए तर उनलाई चुनौति दिन आईपुगे लामो समय शहर बसेका कार्की र थापा । कार्कीः गाउँका राम्रा शिक्षक, शहरका सफल बोर्डिङ्ग सञ्चालक छिमेकी गाविसको अर्जे मावि र आफ्नै गाउँको देविस्थान माविका शिक्षक रहेका कार्की २०५४ सालमा काठमाडौं छिरेका हुन् । काठमाडौमा राम्रो बोर्डिङ्ग स्कूल चलाएका उनी लामो समयपछि गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेर गाउँ छिरे । उनी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार हुन् । निजि विद्यालय सञ्चालनमा सफल मानिने उनी २ दशक अघि गाउँमा हुँदा राम्रो शिक्षकको रुपमा कहलिएका थिए । थापाः पहिलाका सोझा नेता, बुटवलका सफल घरजग्गा व्यवसायी अर्खाबाङ्गका थापा लामो समय गाउँमै बसेर नेकपा (एमाले)को राजनीति गरेका व्यक्ति हुन् । २०५४ सालमा ईलाका सदस्यको रुपमा निर्वाचित रहेका उनी २०६० सालदेखि रुपन्देही झरे । २०६४ को संविधान सभा निर्वाचनमा गाउँ पुगेर प्रचारप्रसारमा जुटे । आफ्नो घरजग्गा व्यवसायका कारण त्यसपछि भने गाउँमा विरलै देखिएका उनी एकैपटक गाउँपालिका अध्यक्षको उम्मेदवार बनेर गाउँ छिरे । अर्यालः युद्धकालका सिपाही, शान्तिकालका विकासे नेता तत्कालिन माओवादीले शुरु गरेको जनयुद्धमा लागेका अर्याल अर्जे निवासी हुन् । उनी २०५६ सालमा जनयुद्धमा होमिए । शुरुमा जनमुक्ति सेनाको प्राविधिक विभागमा रहेका अर्याल २०५८ साल असार २२ मा घाईते भएपछि संगठनतर्फको जिम्मेवारी लिएर गाउँ छिरे । त्यस–उप्रान्त युद्धकालमा नै गाउँमा बाटोघाटो बनाउने अभियान शुरु गरेका उनी निरन्तर गाउँमै बसे । बजेटका लागि काठमाडौ धाईरहने उनी गुल्मीको जिल्ला पार्टी संगठन, गाउँका संघसंस्था र विद्यालय व्यवस्थापन समितिमा रहेर काम गरीरहेका छन् । त्यस क्षेत्रका विद्यालय, बाटो, विद्युत, खानेपानी, सिँचाई, पर्यटन लगायतको विकासका लागि आफू लडेको दावी गर्ने अर्यालले राजनीतिक पहुँचको आधारमा अरबौँ रकम आफ्नो गाउँ लगेको समाचार गत बैशाख २८ गतेको हिमाल खवरपत्रिकाले छापेको छ । पर्यटक भर्सेज बजेट प्रतिस्पर्धामा उत्रेपछि सबैले आफ्नो र आफ्नो पार्टीको गुणगान नै गाउँछन् तर मतदाताले भने आफनै तरीकाले विश्लेषण गर्छन् । मालिका गाउँपालिकाका अध्यक्षका प्रत्यासी तीन जनालाई पनि मतदाताले आ–आफनै पहिचान दिएका छन् । कांग्रेसका कार्की र एमालेका थापालाई १० वर्षभन्दा लामो समय नफर्केपछि पर्यटक उम्मेदवार भनेर आलोचना गर्छन । तर चुनावी प्रचार अभियानका क्रममा मतदातालाई प्रष्ट पार्ने क्रममा कार्की र थापा दुवै जनाको एकै खाले भनाई छ ‘हामी रोजगारीको आवश्यकताले व्यवसायका लागि शहर छि¥यौँ, गाउँको आवश्यकताले गाउँ फर्कियौँ ।’ तर जनताले शहर पसेर गाउँ बिर्सनेको साटो स्थानीय उम्मेदवारलाई अवसर दिएर सहयोग गर्नुपर्ने जनताको सुझाव छ । ‘उहाँहरुको आवश्यकताले व्यवसाय गर्नुभयो भने अब गाउँ आएर मेहनेत गरेपछि मात्र उम्मेदवारी पाउनुपर्ने हो, गाउँमा दिनरात खटेकालाई यसपाली दिनुपर्ने थियो’ घमिरका कृष्ण लम्सालले भने ‘गाउँमा पैसा सकेर राजनीति गर्ने पाखा, शहरबाट आएर पैसा खन्याउने काखा हुँदा गाउँको विकासका लागि ध्यान पुग्दैन ।’ उता अर्यालको पनि एउटा क्षेत्रमा मात्र मनलाग्दी बजेट ल्याउने भनेर गाउँमा आलोचना हुने गरेको छ । ‘विकासका लागि सबै क्षेत्रलाई हेर्नुपर्छ, उहाँको पहुँच भयो भन्दैमा मालिकामा मात्र धेरै बजेट ल्याउँदा देशका ७ सय ४३ स्थानीय तह हेर्नुपर्दैन ?’ अर्खाबाङ्गका खुमानन्द अर्यालले खबरडबलीसँग भने ‘सुनिन्छ गुल्मीमा आएको बजेटको पनि ४१ प्रतिशत मालिकामा आयो रे, के हाम्रो मात्र विकास भएर सबै समस्या समाधान हुन्छ ?’ हिमाल खवरपत्रिकाका अनुसार राज्यमन्त्रीलाई सिधै पत्र लेखि अरबौँ रकम रकमान्तर गर्ने उनी एकमात्र नेता हुन् । पछिल्लो बजेट अनुसार नेपालभरी सबैभन्दा बढी रणनीतिक र प्रादेशिक सडकले जोडिने मालिका एकमात्र गाउँपालिका हो, जहाँ प्रादेशिक र रणनीतिक महत्वका ठूला सडकमात्रै ५ वटा सडक सो गाउँपालिका हुँदै जोडिन्छन् । यसबाहेक प्रत्येक टोल–टोलका साना मोटरबाटोका लागि करोडौ रुपियाँ विनियोजन भएको छ । तर अर्याल यो आलोचना गलत भएको बताउँछन् । ‘हामी राजनीति गर्नेको काम नै गाउँको विकासका लागि लडेर बजेट ल्याउने हो’ उनले भने ‘बरु म बजेट ल्याउँछु, गाउँमा हातेमालो गरेर विकासका काम प्रभावकारी बनाउनुप¥यो ।’ कार्की र थापा बसाईसराई नै गरेर सपरीवार जिल्लाबाहिर बसोबास गर्छन् तर जनयुद्धकालमा प्रेम बिवाह गरेकी अर्यालकी श्रीमति रीज्जु श्रेष्ठलाई माओवादी केन्द्रले रुपन्देही जिल्ला कोषाध्यक्षको जिम्मेवारी दिएकोले उनी पारिवारीक भेटघाटमा समेत समय मिलाउन नसक्ने समस्यामा छन् । ‘मेरो पहिलो प्राथमिकता गाउँको विकास हो, त्यसका लागि काठमाडौं धाउने क्रममा रुपन्देही बसेर परीवारसँग भेट्छु’ उनले भने ‘सपरीवार जिल्लामै बस्नेगरी जिम्मेवारी दिन पार्टी तहमा पनि पहल गरीरहेको छु ।’    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies