/  Mon, June 26, 2017

उपेन्द्रको चुनौती–कि पैसा लिएको आरोप पुष्टि गर, कि माफी माग

काठमाडौं, ५ असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको भन्दै आफूविरुद्ध राजपा नेताले लगाएको आरोपको प्रमाण पेश गर्न चुनौती दिएका छन् ।

अध्यक्ष यादवले आरोपको खण्डन गर्दै आरोप प्रमाणित गर्न राजपालाई कडा चुनौती दिएका हुन् । ‘जसले यस्तो घटिया आरोप लगाएको छ, उसले आरोप पुष्टि गर्न तत्काल प्रमाण पेस गरोस्, तर प्रमाण दिन सक्दैन भने मधेशी जनतासँग सार्वजनिक रुपमा माफी मागोस्’– फोरम नेपालका अध्यक्ष यादवले भने । राजपाको राजनीति दिशाहीन र औचित्यहीन भइसकेकोले दिग्भ्रमित राजपा नेताहरुले सन्तुलन गुमाएर यस्तो घटिया अभिव्यक्ति दिन थालेको यादवले प्रतिटिप्पणी गरे ।

उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको मनिष सुमनको खुलासा

राजपा आफै बाहिरबाट परिचालित पार्टी भएको टिप्पणी गर्दै अध्यक्ष यादवले मनिश सुमन आफैले कसैको पैसाखाएर यस्तो घटिया आरोप लगाएको हुन सक्ने जिकिर गरे । उनले भने,– ‘अरुमाथि यसरी आरोप लगाउने राजपा जस्तो पार्टीको आयश्रोत के हो ? कहाँबाट संचालित छ ? कसरी चलेको छ ? यसको जवाफ राजपासँग छ ?’

राजपा नेताहरुसँग राजनीतिक एजेन्डा नै नभएकोले अरुको चरित्र हत्या गर्ने, निराधार भ्रम सिर्जना गर्ने र बदनियतपूर्ण आरोप लगाउने जस्ता घटिया कार्यमा उत्रेको यादवले प्रतिक्रिया दिए । ‘यस्ता वाहियात अभिव्यक्तिले प्रमाणित हुन्छ कि राजपा नेताहरु आन्दोलनबाट विचलित भइसकेका छन् । राजपाको यस्तो तल्लोस्तरको गैरजिम्मेबार हर्कत मधेशका लागि घातक छ’– अध्यक्ष यादवले भने ।

अध्यक्ष यादवले राजपा नेताहरुलाई सन्तुलन नगुमाई संयमित रहन, निष्ठा एवं एजेन्डामुखि राजनीति गर्न आग्रह गरेका छन् । राजपा नेता मनिश सुमनले सोमबार रिपोर्टर्स क्लबमा बोल्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि सरकारसँग पैसा लिएर चुनावमा गएको आरोप लगाएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोटोको रकमले मावि तह सञ्चालन

खोटोको रकमले मावि तह सञ्चालन

जाजरकोट, १२ असार । दरबन्दी अभावमा छेडागाड नरपालिका–१ स्वडारीमा रहेको कालिका माध्यामिक विद्यालय विगत...   
नमुना कानुन पुग्यो स्थानीय तहमा, के-के छ व्यवस्था ?

नमुना कानुन पुग्यो स्थानीय तहमा, के-के छ व्यवस्था ?

काठमाडाैं, १२ असार । वैशाख ३१ गतेको पहिलो चरणको चुनावपछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिमाझ कार्यविभाजन...   
यी हुन् महिला क्रिकेटबारे कम थाहा भएका ९ तथ्य

यी हुन् महिला क्रिकेटबारे कम थाहा भएका ९ तथ्य

काठमाडाैं, १२ असार । महिला एक दिवसीय विश्व कप क्रिकेट प्रतियोगिता हाल इङ्गल्याण्डमा जारी छ । यसै मेसोमा...   
केबुलकार दुर्घटनामा पाँचको मृत्यु

केबुलकार दुर्घटनामा पाँचको मृत्यु

भारत, १२ असार । भारत प्रशासित काश्मिरको पर्यटकीय सहर गुलमार्गमा आइतबार एक केबुलकार दुर्घटनाग्रस्त...   
कोटईमाईमा चुनाव सर्यो, असार १६ गते हुने

कोटईमाईमा चुनाव सर्यो, असार १६ गते हुने

रुपन्देही, १२ असार । रुपन्देहीको कोटईमाई गाउँपालिका वडा नम्बर १ मा असार १६ गते चुनाव हुने भएको छ । खुल्ला...   
तीन बालबालिका मृत भेटिए

तीन बालबालिका मृत भेटिए

भोजपुर, १२ असार । तीन बालबालिका मृत भेटिएका छन् । मृत भेटिएका तीनै बालबालिका अरुण गाउँपालिका–१ प्याउलीबाट...   
एमालेका उम्मेदवारको घरमा बम विस्फोट

एमालेका उम्मेदवारको घरमा बम विस्फोट

धरान, १२ असार । नेकपा एमालेबाट धरान उपमहानगरपालिकाका मेयर उम्मेदवार तारा सुब्बाको घरमा आज बिहान बम...   
निर्धक्क भएर निर्वाचनमा भागलिन गृहमन्त्री शर्माको आग्रह

निर्धक्क भएर निर्वाचनमा भागलिन गृहमन्त्री शर्माको आग्रह

दाङ, १२ असार । गृहमन्त्री जनार्दन शर्माले स्थानीय तहको निर्वाचनमा जनता निकै उत्साहित रहेको र राजनीतिक...   
पोर्चुगल र मेक्सिको सेमिफाइनलमा

पोर्चुगल र मेक्सिको सेमिफाइनलमा

रसिया, १२ असार ।पोर्चुगल र मेक्सिको कन्फेडेरेसन कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । पोर्चुगलले न्युजिल्यान्डमाथि...   
विराटनगरः कांग्रेस–एमालेका बागी बलियो, यस्तो छ आँकलन

विराटनगरः कांग्रेस–एमालेका बागी बलियो, यस्तो छ आँकलन

विराटनगर, १२ असार । दोस्रो चरणको असार १४ गते हुने स्थानीय तहको निर्वाचनको प्रचारको समय रातिबाट सकिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top