Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

सुरक्षा व्यवस्था मजबुत हुन्छ: गृहमन्त्री शर्मा

\"\" बुटवल, ५ असार । गृहमन्त्री जनार्दन शर्माले यही असार १४ गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा जनताले स्वतन्त्र रुपले आफ्नो मताधिकार प्रयोग गर्न पाउन् भनेर सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज बुटवलमा आयोजित आयोजित पत्रकार सम्मेलनमा उनले भने– “केन्द्रीय सुरक्षा समितिले तय गरेका सुरक्षा योजनाअनुरुप सबै जिल्लामा जनताले ढुक्कसँग मतदान गर्न पाउने गरी सुरक्षा कार्ययोजना तय गरेर लागू गरिन्छ ।” गृहमन्त्री शर्माले यही असार १४ गतेको निर्वाचनका लागि आइतबार भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा बाजुरा, सङ्खुवासभा र कपिलवस्तुमा केही अप्रिय घटना भएको जानकारी प्राप्त भएको उल्लेख गर्दै ती घटनामा आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही र आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिने गरी लाग्नसमेत सम्बन्धीत निकायलाई निर्देशन दिइएको जानकारी दिएका छन् । “कपिलवस्तु घटनाको यथार्थ छानबिन गरी दोषीलाई छिट्टै कानुनको दायरामा ल्याइनेछ,” उनले भने– “मधेस केन्द्रीत दलका असन्तुष्टिलाई सम्बोधन गर्न र दीर्घकालीन द्वन्द्व अन्त्य गरी जनतालाई सुरक्षित रुपले मतदान गर्न पाउने वातावरण सिर्जनाका लागि दुई नं प्रदेशको निर्वाचन सारिएको हो ।” निर्वाचन हुने जिल्लाको सुरक्षा अवस्था र सुरक्षा रणनीतिका बारेमा गृह मन्त्रालयले आज बुटवलमा आयोजना गरेको सुरक्षा गोष्ठीको प्रमुख अतिथिको रुपमा सहभागी हुन गृहमन्त्री शर्माले यहाँ आईपुग्नु भएको हो । सुरक्षा कार्ययोजनासहित जनतालाई सहज र सुरक्षित रुपमा मताधिकार प्रयोग गर्न पाउने अवस्थाको ग्यारेन्टी गर्ने प्रतिबद्धतासहित गोष्ठी सम्पन्न भएको समेत उनले जानकारी दिए । असार १४ गतेको निर्वाचनमा जनतालाई शान्तिपूर्ण, भयरहित र स्वतन्त्रतापूर्वक मतदान गर्न, निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन आवश्यक वातावरण सिर्जना गर्न तथा निर्वाचनमा शान्ति सुव्यवस्था अमनचयन बहाल राख्न आवश्यक सम्पूर्ण उपाय अवलम्वन गर्ने गोष्ठीको निष्कर्ष रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी विष्णु ज्ञवालीले जानकारी दिएका छन् । गोष्ठीमा यस क्षेत्रका रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रशासनिक निकायका प्रमुखहरु तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतका निकायका जिल्लास्थित प्रमुखहरुको सहभागिता रहेको थियो । यस्तै गोष्ठीमा गृहमन्त्रीसहित, निर्वाचन आयुक्त सुधीरकुमार शाह, गृहसचिव लोकदर्शन रेग्मी, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलगायत सहभागी थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies