/  Sat, May 26, 2018

सुरेन्द्र पाण्डेले भने–चुनावपछि ओलीको जुँगाको ताउ समाप्त हुन्छ

काठमाडौं, ५ असार । नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले ५५ देखि ५६ प्रतिशत स्थानमा विजयी हाँसिल गर्ने दाबी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पाण्डेले अबको निर्वाचनमा आफ्नो पार्टी बलियो हुने दाबी समेत गरे । उनले भने,‘हुन त एमाले अध्यक्ष केपी ओलीले अब कांग्रेस पहिलो पार्टी बन्ने दिन गए भन्नुभयो, तर उहाँहरुलाई यो भन्ने छुट कम्तिमा अब दश दिनमात्रै बाँकी छ, १६ गते असार त परिणाम नै आउँछ नि, रिजल्ट हेरेपछि उहाँहरुको मुख बन्द हुन्छ।’ उनले दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै ओलीको जुँगाको ताउ सकिने समेत जिकिर गरे ।

साक्षात्कारमा बोल्दै पाण्डेले एमाले अध्यक्ष ओलीले क्याम्पस ईकाई सभापतिजस्तै गरि तल्लो स्तरमा उत्रिएर गालीगलौज गर्ने गरेको आरोप लगाउँदै भने,‘खोक्रो राष्ट्रवाद र झुठो कुरा गरेर केही हुनेवाला छैन, हामी कम्तिमापनि त्यसरी तल्लो स्तरमा उत्रिन चाहेका छैनौं, अब हामी पनि टिट फर ट्याट गर्छौं ।’

उनले स्थानीय तहको निर्वाचन तीन चरणमा गराउनुको प्रमुख कारण नै एमाले भएको समेत आरोप लगाए । उनले भने,‘असन्तुष्टि सम्बोधन गर्ने जिम्मा सरकारको हो, एमालेले गैर–जिम्मेवारीपन देखाएको छ ।’ यद्धपी उनले राजपा नेपालपनि दोस्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास आफूहरुले लिएको भएपनि त्यो पूरा नभएको जिकिर गरे ।

पाण्डेले असोज २ गतेपछि अब निर्वाचन नसर्ने समेत जिकिर गरे । ‘चुनाव भनेको म्याण्डेट लिएर आउने हो नि, त्यसैले जनतामा आफ्नो एजेण्डाहरु लिएरजानुपर्छ’ उनले भने,‘चुनाव बहिष्कार गरेर असन्र्दर्भिक काम गर्नुहुँदैन् ।’

पाण्डेले दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै एमालेलेपनि संविधान संशोधनको पक्षमा मत हाल्ने दाबी गरे । उनले भने,‘हेर्दै जानुहोला, एमाले अब यो निर्वाचन सम्पन्न भएलगत्तै यु–टर्न हुन्छ, उसले संविधान संशोधन गर्नको लागि पहल गर्छ ।’

उनले राजपाका नेता तथा कार्यकर्ताहरुले चुनावमा भाग लिएको प्रसँगमा टिप्पणी गर्दै भने,‘चुनावमा भाग लिएका छन्।’

असार ५ गते, २०७४ - १६:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्रम्प-किम बैठक रद्द हुनुमा को जिम्मेवार ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे २४ मा उत्तर कोरियाली नेता किम जङ-अनलाई पत्र पठाउँदै सिंगापुरमा...   
डडेल्धुरामा गुडिरहेको अत्याधुनिक बसमा एक्कासी आगो लागेपछि…

डडेल्धुरामा गुडिरहेको अत्याधुनिक बसमा एक्कासी आगो लागेपछि…

काठमाडाैं । डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । शुक्रबार कोहलपुरको...   

राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य अवस्था के छ ? यसो भन्छिन् छोरी उषा

काठमाडाैं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त...   
गुण्डागर्दीको आरोपमा तरुण दलका सभापति गुरुङ पक्राउ

गुण्डागर्दीको आरोपमा तरुण दलका सभापति गुरुङ पक्राउ

धरान । गुण्डागर्दीको आरोपमा तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ परेका छन् । उनलाई प्रहरीले शुक्रबार...   

नेकपालाई झट्काः सर्वोच्चमै पर्यो रिट

काठमाडाैं । सर्वोच्च अदालतमा प्रतिनिधि सभा र प्रदेश सभाका सभामुख र उपसभामुख फरक फरक राजनीतिक दलका...   

झलनाथ खनाल यसरी बन्छन् टिपटप

पूर्वप्रधानमन्त्री झलनाथ खनाल सधैँ टिपटप बनेर हिँड्छन् । उनले लगाएका कपडाले धेरैको ध्यान खिचिरहेको...   
गाईघाट-दिक्तेल सडकमा यातायात सेवा बन्द

गाईघाट-दिक्तेल सडकमा यातायात सेवा बन्द

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट–...   
विश्वकप अगाडी अर्जेन्टिनालाई झड्का: चोटका कारण गोलरक्षक मैदान बाहिर

विश्वकप अगाडी अर्जेन्टिनालाई झड्का: चोटका कारण गोलरक्षक मैदान बाहिर

आगामी महिनाबाट रशियामा सुरू हुने विश्वकप फुटबलको तयारीमा जोडतोडकासाथ लागिरहेको अर्जेन्टिनी टोलीलाई...   
रशिदको बलिङ र ब्याटिंङ दुबै चम्केपछि हैदरावादसँग हार्‍यो कोलकाता

रशिदको बलिङ र ब्याटिंङ दुबै चम्केपछि हैदरावादसँग हार्‍यो कोलकाता

नयाँदिल्ली । भारतीय क्रिकेट लिग आइपिएलमा फाइनल प्रवेशका लागि भएको अन्तिम क्वालिफायरमा सनराइजर्स...   

डोनाल्ड ट्रम्प: किमसँग अर्को महिना वार्ताको सम्भावना

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनसँग अर्को महिना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top