Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको मनिष सुमनको खुलासा

\"\"काठमाडौं, ५ असार । राजपा नेपालका नेता मनिष सुमनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सुमनले उपेन्द्र यादवले सरकारसँग मोटो रकम बुझेर चुनावमा भाग लिएको आरोप लगाएका हुन् । उनले भने ‘उपेन्द्र यादव गद्दार हुन्, उनले मधेशी जनतालाई धोका दिएका छन्, उनले सरकारसँग मोटो रकम बुझेका छन्, त्यो प्रमाण म सँग छ, पर्यो भने देखाउन सक्छु ।’ नेता सुमनले निर्वाचनलाई आफूहरुले सशक्त बहिष्कार गर्ने रणनीति लिएको बताए । साक्षात्कारमा बोल्दै नेता सुमनले शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्दापनि सरकारले आफ्ना कार्यकर्ताहरुमाथि ज्यादती, दुव्र्यवहार गरेको आरोप लगाए । उनले भने,‘शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्न पाउने हाम्रो अधिकार हो, तर यहाँ राज्यले दमन गरेको छ, यसरी गरेको चुनावले के निकास दिन्छ, जबरजस्ती जारी गरेको संविधानलाई कार्यान्वयन गर्नको लागि जबरजस्ती ढप्पा लगाउने काम मात्रै हो।’ उनले पटक पटक आफूहरु निर्वाचनको विरोधी नभएको समेत जिकिर गरे । उनले अहिले भैरहेको निर्वाचनलाई निर्वाचनको संज्ञा दिन नमिल्ने समेत जिकिर गरे । उनले उम्मेद्धवारी दर्ताको दिन आफूहरुले हिजो टोल–टोलमा विरोध प्रर्दशन गरेको र कालो झण्डा देखाएको तर राज्यले बन्दुकको भरमा आतंक मच्याएको आरोप लगाए । उनले मधेशका जनता शान्तिपूर्ण तवरले विरोधमा उत्रिँदा बन्दुकको आडमा बलजफ्ती गरेको गुनासो पोखे । उनले संविधान बलजफ्ती जारी गरेको र जारी गरेकै दिनदेखि आफूहरुले त्यसको विरोध गरेको जनाउँदै आफ्ना माँगहरु संविधानमा लिखत रुपमा स्थापित गर्नको लागि अहिले माँग्नेहरुको नाम महन्थ ठाकुर र राजेन्द्र महतो रहेको स्पष्ट पारे । उनले आफूहरुले स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउनुपर्ने, आन्दोलनकारीलाई क्षतिपूर्ति दिनुपर्ने, निर्वाचनको माहोल बनाउनुपर्ने कुरा राख्दै आएको तर सरकारले अहिलेसम्म यसबारेमा कुनै सुनुवाई नगरेको समेत गुनासो पोखे । उनले भने,‘वार्ता तथा सम्वादको नाममा हामीलाई अल्झ्याउनको लागि धेरै प्रयत्न भए, तर हामी यसमा अल्झियनौं ।’ उपेन्द्र यादव र विजयकुमार गच्छदारले मधेशी जनतालाई धोका दिएको आरोप लगाए । उनले हिजो भएको उम्मेद्ववारी मनोनयनमा राजपा नेपालका नेता तथा कार्यकर्ताहरुले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको भन्ने कुरा बाहिर आएकोबारे प्रतिक्रिया दिँदै भने,‘तीनीहरुलाई कारवाही हुन्छ, पार्टीको नीति विपरित उभिनेहरुलाई हामी कारवाही गर्छौं ।’ त्यस्तै उनले राजपा छोडेर अन्य पार्टीमा प्रवेश गरेको विषयमा टिप्प्णी गर्र्दै भने,‘यसले केही असर पार्दैन्, राजपा छोड्नेहरुलाई के भन्ने ? छोडेर जाने गैसक्ये ।’ उनले एकाध दुईले पार्टी छोड्दैमा केही फरक नपर्ने बताउँदै भने,‘अल बिदा, आन्दोलन गर्न नसकेर, डराएर जानेहरु, भागेर जानेहरुलाई केही भन्न सकिँदैन्, जाने गए ।’ असार १४ गते हुने निर्वाचनको दिन आफूहरु भजन, कृतन गरेर नबस्ने समेत उनले जानकारी दिए । उनले भने,‘निर्वाचन भैरहँदा हामी कृतन गरेर बस्दैनौं, हामी विथोल्छौं।’ सुमनले निर्वाचनको दिन आफूहरुले एमाले, कांग्रेस र नेकपा माओवादी केन्द्रको विरोधमा जति प्रर्दशन गर्ने हो त्यतिकै मात्रामा फोरम नेपाल र लोकतान्त्रिक फोरमको विरुद्धमा विरोध गर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies