/  Sat, December 16, 2017

विद्युतीय हस्ताक्षर प्रणाली लागू हुने

काठमाडौँ, ५ असार । व्यवस्थित, प्रभावकारी र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले उद्योग विभागले विद्युतीय हस्ताक्षर प्रणाली लागू गर्ने भएको छ ।

चार महिना अगाडिदेखि उद्योग दर्ताका लागि अनलाइन दर्ता सुरु गरेको विभागले अव अनलाइनमार्फत नै कागजपत्र प्रमाणीकरण गरेर सम्बन्धी निकायलाई अनलाइनमार्फत नै पठाउने व्यवस्था गर्न लागेको हो ।

अहिलेसम्म अनलाइन दर्ता भएका उद्योगका प्रमाणपत्र र कागजपत्र प्रमाणीकरण तथा हस्ताक्षर गर्दा प्रिन्ट गरेर सम्बन्धित सेवाग्राहीलाई प्रदान गर्ने गरेपनि विद्युतीय हस्ताक्षर सेवाको सुरुवातसँगै अनलाइनमार्फत नै हस्ताक्षर हुने व्यवस्था मिलेको विभागका प्रवक्ता दुर्गाप्रसाद भुषालले बताए ।

उनले भने – “विद्युतीय हस्ताक्षरको सुरुवातसँगै अनलाइनबाट भरेको फर्मलाई अनलाइनमार्फत नै स्वीकृति दिने हुँदा प्रिन्ट गरेर कर्मचारीको कोठा÷कोठामा चहार्ने कामको अब अन्त्य हुनेछ ।”

विद्युतीय हस्ताक्षरको प्रयोगसँगै उद्योग प्रशासनमा हुने जुनसुकै काम विद्युतीय हस्ताक्षरबाट गर्न मिल्ने प्रवक्ता भुषालले बताए ।

उद्योग विभाग र कम्पनी रजिष्टार कार्यालयमा विद्युतीय हस्ताक्षर प्रयोग गर्नका लागि बोलपत्र आह्वान समेत गरेको र यो कामको सुरुवात विद्युतीय हस्ताक्षरको मान्यताप्राप्त कम्पनी रेडियन्ट नेपाल संस्थाले गरिसकेको छ ।

विभागले सुरुमा २०० व्यक्तिलाई विद्युतीय हस्ताक्षर सेवा उपलब्ध गराउने र पछि आवश्यकतानुसार थप्दै लैजाने जनाएको छ । रासस

असार ५ गते, २०७४ - ११:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेरियो कांग्रेसको नेतृत्व

नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसको अध्यक्षको जिम्मेबारी उपाध्यक्ष राहुल...   
किन छाडे प्रचण्डले एकाएक लाजिम्पाट ?

किन छाडे प्रचण्डले एकाएक लाजिम्पाट ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षदेखी बस्दै आएको लाजिम्पाटको...   
प्रधानमन्त्री देउवालाई ओलीले गरे यस्तो आग्रह

प्रधानमन्त्री देउवालाई ओलीले गरे यस्तो आग्रह

भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर...   
प्रचण्डमार्फत देउवाले पठाए एमालेलाई यस्तो खबरः ‘प्लिज’ प्रचण्ड जी सम्झाइदिनुस्

प्रचण्डमार्फत देउवाले पठाए एमालेलाई यस्तो खबरः ‘प्लिज’ प्रचण्ड जी सम्झाइदिनुस्

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...   
यस्तो रहेछ बाबुरामले वाम गठबन्धन छाड्नुको रहस्य

यस्तो रहेछ बाबुरामले वाम गठबन्धन छाड्नुको रहस्य

काठमाडौ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पार्टीलाई एमाले–माओवादी केन्द्रका...   
अोलीलार्इ भेटेको भोलिपल्टै देउवालार्इ भेट्न बालुवाटार पुगे प्रचण्ड

अोलीलार्इ भेटेको भोलिपल्टै देउवालार्इ भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । नेकपा माअोवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री...   
देउवा सरकारका मन्त्रीमाथि थाल्यो अख्तियारले छानविन

देउवा सरकारका मन्त्रीमाथि थाल्यो अख्तियारले छानविन

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही व्यक्ति, फर्म र कम्पनीलाई मात्र जग्गा कित्ताकाट...   
नेपालको चुनावबारे अमेरिकाले यस्तो भन्यो

नेपालको चुनावबारे अमेरिकाले यस्तो भन्यो

  काठमाडौं । संयुक्त राज्य अमेरिकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित...   
दुर्घटनामा मृत्यु

दुर्घटनामा मृत्यु

बर्दिवास । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने माईस्थान वन क्षेत्रमा शुक्रबार साँझ सवारी...   
समानुपातिकका यी हुन ‘टप टेन’ दल, कसले कति मत ल्याए ?

समानुपातिकका यी हुन ‘टप टेन’ दल, कसले कति मत ल्याए ?

काठमाडौं । पहिलो र दोस्रोचरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top