/  Sun, May 27, 2018

लण्डनमा भ्यानद्वारा पैदलयात्रीलार्इ ठक्कर, कैयौं घाइते

एजेन्सी, ५ असार । लण्डनमा एउटा भ्यानले पैदलयात्रुको समूहलाई ठक्कर दिंदा कैयौँ मानिस घाइते भएका छन् । प्रहरीले बिहानीको समयमा फिन्सबरी पार्क जिल्लामा भएको उक्त घटनालाई गम्भीर दुर्घटना भनेको छ । उक्त दुर्घटनासँग जोडिएका एक जनालाई पक्राउ पनि गरिएको छ । एउटा मस्जिद नजिकै सो दुर्घटना भएको थियो ।

नियोजित
तर ब्रिटेनको मुस्लिम काउन्सिलले श्रद्धालुहरुलाई उक्त भ्यानले नियोजित रुपमा ठक्कर दिएको जनाएको छ । उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ र अनुसन्धान अघि बढाइएको छ । घाइतेमध्ये धेरैजना रमजानको वर्त तोडी प्रार्थना सकेर फर्किरहेका मानिसहरु हुन सक्ने ठानिएको छ ।

ण्डन एम्बुलेन्स सेवाले घटनास्थलमा आफ्ना उद्धार टोलीहरु खटाएको जनाएको छ। घटना लगत्तै अनलाइनमा राखिएका भिडियोमा मानिसहरुले घाइतेलाई मद्दत गर्न प्रयास गरेको अन्योलपूर्ण अवस्था देखिन्छ ।

त्रास
एकजना व्यक्तिले घाइतेलाई चोकमा नै श्वासप्रश्वासका लागि मद्दत गरिरहेको र अर्कोले टाउकोमा चोट लागेका व्यक्तिलाई कामचलाउ पट्टी लगाइदिन खोजेको देखिन्छ । ‘सेभेन सिस्टर्स रोड’ भनिने उक्त क्षेत्रमा बस्ने एकजना प्रत्यक्षदर्शीले मानिसहरुले होहल्ला गरेको र चिच्याएको आफूले सुनेको बताइन् ।

उनले भनिन्, “सबैजनाले एउटा भ्यानले मानिसहरुलाई ठक्कर दिइरहेको छ भनेर कराइरहेका थिए, फिन्सबेरी पार्कको मस्जिद बाहिर रोकेर राखिएको एउटा सेतो भ्यानले प्रार्थना सकेर त्यहाँबाट बाहिर निस्किरहेका मानिसलाई ठक्कर दिएको जस्तो देखिन्छ।” उनका अनुसार त्यस क्षेत्रमा प्रहरीका कार, एम्बुलेन्स र दमकलहरु परिचालन गरिएका छन् ।बीबीसी

असार ५ गते, २०७४ - ०९:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए...   
अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम...   
प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित...   
एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको...   
नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

फाइल फोटो रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । विश्रामपुरमा...   
दक्षिण कोरियामा दश लाख बेरोजगार

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको...   
पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार...   
गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको...   
रेडपाण्डाको छालासहित दुई पक्राउ

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको...   
अाइसीसी विश्व क्रिकेट : पारस र ज्ञानेन्द्र अाउट

अाइसीसी विश्व क्रिकेट : पारस र ज्ञानेन्द्र अाउट

फाइल फोटो काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूको अन्तिम खेलमा क्यानडाले दिएको १९५ रनको विजयी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top