/  Tue, October 17, 2017

पूर्व उद्योगराज्यमन्त्रीलाई किन लखेटे रुकुमका जनताले ?

रुकुम, २ असार । रुकुमको सिस्ने गाउँ पालिका वडा नं. १ बाट नेपाली कांग्रेसका नेता तथा पूर्व उद्योग राज्यमन्त्री गोपाल शाहलाई माओवादी कोणसभामा भेला भएका जनताले लखेटेका छन् ।

सिस्ने गाउँपालिकाको नायगाड बजारमा नेकपा माओवादी केन्द्रले चुनावी अभियान अन्तर्गत राखेको कोणसभा तथा नेपाली कांग्रेसका गाउँपालिका सभापति प्रवेशको कार्यक्रममालाई शाह सहितको टोलीले विथोल्न खोजेपछि सभामा भेला भएका जनताले लखेटेका हुन् ।

माओवादी कोणसभामा पूर्व गाविस सभापति खिम बहादुर घर्ति सहित आधा दर्जन नेपाली कांग्रेसका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेशको कार्यक्रम थियो । माओवादी स्थानिय नेता भिक्टरका अनुसार सो प्रवेश कार्यक्रम थाहा पाएका शाहले दलबलसहित कार्यक्रम विथोल्न र प्रवेश कार्यक्रम रोक्न खाजेपछि जनता प्रतिकारमा उत्रिएका हुन् ।  प्रतिकार पछि घर्तीसहित आधा दर्जन स्थानीय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश समेत गरेका छन् ।

कार्यक्रमा स्थलमा रहेका वाइसिएलका पूर्व कोषध्यक्ष तथा हालका कार्यालय सदस्य तथा रुकुमका युवा नेता सुवोध शेर्पालीका अनुसार अन्य संचार माध्यममा आएजस्तो शाहलाई माओवादी केन्द्रका कार्यकर्ताले लखेटेको नभए जनताले कुट्न लाग्दा सुरक्षित बाहिर निकालेको हो । शेर्पालीले भने, –‘कार्यक्रम विथोल्न खोज्दा जनताले प्रतिकार गरे । हामी वाइसिएलका साथीहरुले कुटाई खानबाट जोगाएकोचाहीँ सत्य हो ।’

शेर्पालीका अनुसार नेपाली कांग्रेस र एमालेका जिल्ला स्तरका नेताहरुले गाउँगाउँमा झडप गराउन चाहेको र पैसा समेत बाढ्ने गरेका छन् । शेर्पालीले थपे, –‘जनतालाई भेडाबाख्रा झै खरिद गर्न थालेपछि जनताले प्रतिकार गरेको हो, माओवादी केन्द्रले होइन । जनतालाई नेताहरुले किन्छु भन्ने मानसिकता बोके हामी जनतालाई रोक्न सक्दैनौं ।’

असार २ गते, २०७४ - १५:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

काठमाडौं । दुई ठुला बाम घटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच हुने भनिएको चुनावी तालमेल र पार्टी...   
एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

काठमाडौं । नेकपा माओवादी र नेकपा एमालेबिच पार्टी एकताको ७ बुँदे सहमति भएको छ । आज पेरसडाँडामा भएको...   
चुनावका लागी वाइसीयलको यस्तो तयारी

चुनावका लागी वाइसीयलको यस्तो तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीयल नेपालले आउँदो मंसिर १० र २१ को प्रदेश तथा संघको...   
आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

काठमाडौं । संसदको दोस्रो ठूलो दल एवं प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा...   
अमेरिकी सेनाले उत्तर कोरियाली जनतामाथि गरेका अत्यचारका ९ तस्वीर

अमेरिकी सेनाले उत्तर कोरियाली जनतामाथि गरेका अत्यचारका ९ तस्वीर

एजेन्सी। अहिले अमेरिका र उत्तरकोरियाबिच तनावको अवस्थामा छ । कहिलेकाही यी दुवै देशका अभिव्यक्तिहरु...   
८ फोटोमा हेर्नुहोस्–प्रचण्डको दशैं टिका

८ फोटोमा हेर्नुहोस्–प्रचण्डको दशैं टिका

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २२ वर्षपछि...   
आज महानवमी पर्व : दुर्गा पुजा र जमरा चढाइँदै

आज महानवमी पर्व : दुर्गा पुजा र जमरा चढाइँदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा...   
संघ र प्रदेशको निर्वाचनका लागि काँग्रेसद्वारा उम्मेदवार सिफारिस

संघ र प्रदेशको निर्वाचनका लागि काँग्रेसद्वारा उम्मेदवार सिफारिस

अर्घाखाँची । आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको नाम...   
एमाले फेरि पहिलो पार्टी हुन्छ ज्ञवाली

एमाले फेरि पहिलो पार्टी हुन्छ ज्ञवाली

नवलपरासी । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले स्थानीय तहमा जस्तै प्रदेश र प्रतिनिधिसभामा पनि एमाले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top