/  Tue, October 17, 2017

जताततै रासायनिक मल हाहाकार कृषि मन्त्रालय र कृषि सामाग्री कम्पनीको अा-अाफ्नै तर्क

काठमाडौं, ३१ जेठ । देशका विभिन्न भागमा अहिले रासायनिक मलको हाहाकार मच्चिएको छ । मल अभावका कारण विभिन्न ठाउँमा समयमै मल हाल्न नपाउँदा किसानहरु चिन्तित छन् । अहिले मल अभावको पीडा खेप्नु परेपनि बर्षेयाममा किसानहरुले मल अभावको पीडा खेप्नु नपर्ने सम्बन्धित निकायको भनाई छ ।

कृषि मन्त्रालयका अनुसार रासायनिक मलको अभाव एक हप्ताभित्रै अन्त्य हुने जनाएको छ । ढुवानी गर्ने निकायको हेलचेक्र्याइँ, मुल्यवृद्धिको डरले आवश्यकताभन्दा बढी जगेडा गर्ने प्रवृत्ति र नियमित समयअघि नै पानी परेकोले मलको अभाव देखिएको मन्त्रालयले जानकारी दिएको छ । तर सरकारी स्वामित्वकै निकायले तीन वर्षयता मलमा दिइने अनुदान रकममा एक तिहाईभन्दा बढी कटौती गरिएकाले माग अनुसार मल आपुर्ति हुन नसकेको उसको भनाई छ।
यस वर्षको बर्षे खेतीका बेला रासायनिक मलको अभाव नहुने सरकारी पूर्वघोषणा विपरीत कैयौँ जिल्लामा मल अभाव भएको छ ।

कृषि सामाग्री कम्पनीका अनुसार अनुदान सहुलियतमा समग्र मागको करिब १० प्रतिशत रासायनिक मल मात्र हालसम्म विक्री भएको छ ।

प्रत्येक वर्ष झण्डै सात लाख मेट्रिक टन मलको माग हुने गरेकोमा सरकारी अनुदानमा झण्डै तीन लाख मेट्रिक टन सहुलियत दरमा विक्री हुँदै आएको छ । ‘त्यसमध्ये केही नेपाल भित्रिएको र केही आयात हुने क्रममा रहेको छ’ कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले भने ‘रासायनिक मलको अभाव हुन नदिनका लागि हाम्रो तर्फबाट सबै प्रयासहरु भइरहेका छन् । यसबारे स्पष्ट रुपमा सम्बन्धित निकायलाई निर्देशन दिइसकिको छ । तर अभावको कारणबारे अर्को सरकारी निकायको बुझाई फरक छ ।

कृषि सामाग्री कम्पनीका अनुसार मल अभाव देखिनुको मूख्य कारण भनेको मलमा दिने अनुदान कटौती गरेकाले हो । तीन वर्षअघि सरकारले मलका लागि झण्डै साढे छ अर्ब रुपैयाँ अनुदान दिएको थियो, जुन रकम अहिले झण्डै ४ अर्बमा सीमित हुन पुगेको छ । कृषि सामाग्री कम्पनीका प्रबन्ध निर्देशक अम्मरराज खैर भने ‘माग अनुसारको आपूर्ति हामीले किन गर्न सक्दैनौँ भन्दा हामीलाई यो अनुदानको रकम पर्याप्त हुँदैन् । मूल्य पनि बढ्ने क्रममा छ, त्यसो हुँदा हामी माग आपूर्ति गर्न भ्याउने अवस्था छैन् ।’

तराईमा भन्दा पहाडी जिल्लामा मलको अभाव देखिएको छ । पहाडी जिल्लाका किसानहरु मल अभावमा राम्रो प्रतिफल पाउन नसक्ने बताउँछन् । अघिल्लो बर्षको तुलनामा केही अघि नै बढी पानी परेकोले पनि विगतमा भन्दा पहिल्यै मलको माग बढी देखिएको बुझाई छ ।

जेठ ३१ गते, २०७४ - ११:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विजय गच्छदारलाइ कारवाहि, पार्टीबाटै निष्काशित

विजय गच्छदारलाइ कारवाहि, पार्टीबाटै निष्काशित

काठमाडौं । नेपाल लोकतान्त्रिक फोरमका अधिकाश केन्द्रिय सदस्यहरुले काँग्रेसमा सहभागि नहुने बताउँदै...   
शीतल निवासमा शुभकामना आदानप्रदान,कुन नेताले के भने?

शीतल निवासमा शुभकामना आदानप्रदान,कुन नेताले के भने?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णरुपमा...   
कांग्रेस शीर्ष नेताको बैठक पुगे बाबुराम, के हुदैछ सहमति?

कांग्रेस शीर्ष नेताको बैठक पुगे बाबुराम, के हुदैछ सहमति?

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेता र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच...   
माओवादी सरकारबाट बाहिरिन्नः नेता रायमाझी

माओवादी सरकारबाट बाहिरिन्नः नेता रायमाझी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरु...   
८८ किलो सुन प्रकरणमा पक्राउ परेका तामाङ काँग्रेसको उम्मेदवार रहेको खुलासा

८८ किलो सुन प्रकरणमा पक्राउ परेका तामाङ काँग्रेसको उम्मेदवार रहेको खुलासा

काठमाण्डौ । ८८ किलो सुन प्रकरणमा पक्राउ परेका मानबहादुर तामाङ काँग्रेसको समानुपातिक तर्फका उम्मेदवार...   
सातजना प्याराग्लाइडर फेवातालमा खसे

सातजना प्याराग्लाइडर फेवातालमा खसे

कास्की । कास्कीको सराङकोटबाट उडेका यात्रुसहितका सातवटा प्याराग्लाइडिङ अनियन्त्रित भइ फेवातालमा...   
कर्मचारीले एक तह बढुवापछि सरुवा हुन नपाउने

कर्मचारीले एक तह बढुवापछि सरुवा हुन नपाउने

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी एक तह बढुवा भएपछि सरुवा हुन नपाउने भएका...   
इतिहासको संश्लेषणसहित सम्मानजनक पार्टी एकता हुन्छ – प्रचण्ड

इतिहासको संश्लेषणसहित सम्मानजनक पार्टी एकता हुन्छ – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट आन्दोलनको...   
सोमालियामा इतिहासकै  खतरनाक हमला,२७६ जनाले ज्यान गुमाए

सोमालियामा इतिहासकै  खतरनाक हमला,२७६ जनाले ज्यान गुमाए

मोगादिसु । सोमालियाको राजधानी मोगादिशुको एक सफारी होटेलमा शनिबार भएको विष्फोटमा परी ज्यान गुमाउनेको...   
राष्ट्रपति–प्रधानमन्त्री भेट हुँदै, के हुुदैछ छलफल ?

राष्ट्रपति–प्रधानमन्त्री भेट हुँदै, के हुुदैछ छलफल ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज भेटवार्ता गर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top