Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

प्रचण्ड ,निर्वाचन र माओवादी

माओवादी माथी थुप्रै प्रश्नहरु थिए ।आँपहरु जसरी खसाइएको थियो ,गर्भमा टिकापुरहरु थिए । नागरीकता वोकेर नागरीक नहुनुको उत्तेजनामा मधेश टायर ताप्थ्यो र पहाड महंगी । पहाड मधेशमा नेपाली नै छैन्न भन्ने अभियान पढ्न बाध्य थियो । मुलुक टिग्रीट वा कान्धाहार नजीक थियो । नेपाली विधी नमान्ने छिमेकीको घुर्कीलाई हामीले राष्टवादको मसाला वनाइरदा हाम्रा खुट्टीका गुदीहरु क्रमस पातलो हुदै गईरहेका र हामी थप विधी मिलाएर धुँडा टेक्ने परीवेशमा थियौ । त्यतिवेला सम्हालेको हो माओवादीले यो मुलुक ।
मुलुक जानिने गरी फेरीएको छ अव कम्युनहरु चलाउन वन्दुकको सिरानी हाल्नु पर्दैन । समुन्नतीको यात्राका लागी माओवाद अवरोध मानेर गन्जी फुकाल्नु पर्दैन । यो आन्दोलनले महिला दलित जनजाती र आदीवासीलाई जसरी सत्ता वरीपरी पुर्याएको छ, यो विश्भरीका नागरीकका लागी प्रेरणको श्रोत हो
\"\"हाम्रोमा सत्य विरुद्धका खेतलाहरुको कमीछैन, तिनका मालिकहरु विविध आवरणमा छन । जस्तोसुकै थुतुनो र रंगका भए पनि तिनीहरु तिनका मालिकको उर्दि अनुरुप प्रचण्ड र माओवादीका विरुद्ध प्रलाप गर्दछन । मालिकहरु काम जान्दैनन , हैरान जान्दछन । विविध थुतुनाहरु र तिनका सिपलाई प्रयोग गरेर घर धान्ने खर्चको मार्कसिट वटुल्नु माकि निर्देशितहरुको इज्जत हो । तिनीहरु यहि इज्जत थप्ने सिलसिलामा उद्यत भइरहदा इच्छा विपरीत मुलुकमा भइरहेका चमत्कारहरुले तिनले टेकेको जमीन धोल्लो वनेको प्रमाणित भएको छ । त्यसो त माओवादी पराजयको उत्सव काठमाण्डौका पटाङ्गीनीमा पटक पटक मनाइयो । पछिल्लो उत्सव ७० मा मनाइएको थियो । त्यतिवेला तिनलाई लाग्दथ्यो जंगलवाट सहर आएर सिंहदरवारमा हिस्सेदारी माग्ने माओवादीलाई त्यो हैसियतवाट पदच्युत गरीयो । तिनका उत्सवमा सिहदरवार राजको संभावित र निरन्तरता प्रक्षेपण सहितको अभिमान थियो । तर त्यहि जनमत ०७३ मा आइ पुग्दा नपुग्दै फेरी सिहदरवारको चावी माओवादीलाई वुझाउनुपर्ने लेखामा वदलियो । यो कसैको स्नेह वा दयाको किस्सा [caption id=\"attachment_93751\" align=\"alignleft\" width=\"250\"]\"\" लेखक[/caption] थिएन वरु माओवादीलाई अन्तीम धरापमा हाल्न तिनका मालिकले थमाएको अर्ति थियो । मधेस जलाउने र माओवादी गलाउने ,भारतलार्ई थप उत्तेजनाका लागी उक्साउने र भारत परस्त वन्न माओवादीलाई वाध्य वनाई माओवादीको टालोमा रहेको हल्काफुल्का हिंगलाई समेत पखाल्ने तिनको मनसाय थियो । माओवादी भोकले हैन हैजाले मार्न सकिन्छ भन्ने तिनको आविस्कार कम रोचक थिएन । तिनले हैजा लाग्ने मन्त्रालय माओवादीलार्ई नै सुम्पनुमा यहि मक्सद थियो । तर माओवादी हैजाले मरेन , कोही सुन्नीएर पनि आएन । मधेश असन्तुष्टी सहित सान्त रहयो । काठमाण्डौले वत्ति जाने तालीका हेर्नुपरेन । यस अगाडी शुन्य दशमलव आठ दुइको अंकमा रहेको आर्थिक वृद्धीदर भारत र चिन दुवैलाई उछिन्दै सातवाट उकालो लाग्यो । डिजेलको चर्को मागले थलिएको अर्थतन्त्र विजुलीमा गरीएको चमत्कारीक कामले व्यापारघाटाको अंक घटाउन सहयोगी वन्यो । दशवर्ष यताकै न्युन मुल्यवृद्धीले जनताको चुलोमा उलटफेर भएन । विदशी जेलमा विविध कारणले मृत्यु कुरेर वसेका नागरीकले नेपालमा पनि सरकार छ भन्ने पहिलोपटक अनुभुती गरे । राष्टवादी मुखुण्डोमा पटक पटक असफल वनाइएको दु्रतमार्गमा भारतिय सेनाले परेड खेल्ने र नेपालीको खल्ती रीत्याउदै भारत पोसिने अमिलो खेल फाष्टट्र«याकमा वनेन ।सेनाको पौरखमा राष्ट्रिय गौरवका रुपमा यस्को निर्माण सुनिष्चितता भयो । हुलाकी मार्गमा कामको सुरुवात भो । काठमाण्डौ धुलोले ढाकिए पनि मेलम्चीको संभावना नजीकीयो । पुरानो झन्झटीलो राज्यव्यवस्थामा असहमती राख्ने माओवादीलाई स्थानिय तहपुर्नसंरचनाको मुखिया वनाउँदा गाउँगाउँ लडाएर थुप्रै स्थानमा माओवादी निषेधित क्षेत्र वनाउन सकिन्छ भन्ने तिनको अड्कल पनि काम लागेन । मुलुक वदलियो , राज्यव्यवस्थाको स्वरुप वदलियो । आधारभुत तहको नागरीक जुनसुकै झण्डा वोकेर होस् , शासन सम्म्हाल्ने हैसियतमा आइपुग्यो । महिलाहरु पहिलो पटक नेतृत्वमा उभिए । माओवादीका विरुद्ध लगाइएको वन बिरालो माओवादीले आफ्नै रक्षककारुपमा उभ्यायो । हो यहि हो माओवादी ,ढाड फुस्केकै सहि चमत्कारको हैसियत सहितको । माओवादी सामथ्र्य कति हो ?,त्यसको हिसाव गणीत पुरोहितहरुले गरुन ,तर आजको माओवादी सामथ्र्यले भन्छ पेरीसडाँडाका लेखिने अंक्षरकै वरीपरी सींहदरवार घुम्न वाध्य छ । प्रचण्डका दिमागमा सलवलाउने तर्कनाहरुले सिंहदरवार डोलायामान हुन्छ । आकारका हिसावले माओवादीले वनाएको यो हैसियत विश्वकै लागी नमुना हो । माओवादी इतरकालाइ लागेको थियो माओवादी वुर्जामा रातो स्टीकर टाँसेर वावुराम निस्कीए पछि यो ढल्नेछ र तिनको भाषाको माओवादी ठिनीमीनी सकिने छ । तर माओवादी सकिएन । २० वर्ष पछी भएको स्थानिय तहको निर्वाचनमा तिन मध्ये एक प्रदेशमा माओवादी पहिलो वनेर उभ्भियो । पहाडिया राष्टवादको आँधि चलेको भनिएका ३ र ४ नं प्रदेशमा पनि माओवादी सन्मानका साथ उभियो । कुनै जिल्ला वा क्षेत्र विषेशमा के भयो भन्ने कुरालाई नजर अन्दाज गर्ने हो भने तेस्रो दल हुनुको वेफाइदा र जित्नेलाई मत दिने नेपालको मतदान विधिका विरुद्ध नै माओवादीले आफ्नो मतमा वृद्धि गर्यो । सिटको अनुपात ११ वाट वढेर १८ मा पुग्यो । ०६५को १२१ को आँखाले हेर्दा यो जित होइन तर ०७० को २६ को तुलनामा यो जित हो । यो ढक्ढक्याउँदो तेस्रो हो । यो अभिमतले भन्छ अव जतिसुकै निर्वाचन गर र माओवादीलाई हराउने तिकडम वा षड्यन्त्र गर , तर मन्त्री र प्रधानमन्त्री खानका लागी अवका १० वर्ष जोसुकै पनि प्रचण्डकै ढोकामा धाउनु पर्नेछ । यहाँ भन्दा वलशाली जनमत के हुन सक्छ ?? यहि जनमत , प्राप्त उपलव्धी र अव गरीनु पर्ने जनपक्षिय कामको जगमा आगामी पाँच वर्ष भित्रैमा माओवादी मुलुकको प्रमुख जनमत वन्न संभव छ । यो निर्वाचन माओवादी आफ्नैका निम्ती चुनौती थियो । माओवादीका स्टार प्रचारक आफै सरकारमा थिए ।नयाँ सोसल डेमोक्र्याट वावुराम रौतहटमा वगेको विगतको रगतलाई पानि वरावर नठान्दै मसाल सापट लिएर निर्वाचनमाा माओवादी र मात्रै माओवादी हराउने अभियान थिए । पुर्व माओवादी विप्लव क्रान्तिकारी वालमनोरोगी कै हैसियतमा यो निर्वाचनलाई लिगलिगकोटको दौड ठान्दै माओवादीका घँुडा फुकाल्नका लागी काँगे्रस र एमालेको खर्चमा कार्यकर्ता व्यवस्थापन खोज्दै थिए । नेता मोहन वैद्य सिद्धन्तका वहर नमाग्ने अक्षर दुहेर माओवादीको सत्तो सरापमा रमाइरहेका थिए । यो आफैमा एक अदभुत परीघटना थियो ।सवैलाई हिजोको कमाण्डर प्रचण्ड हराउनु पर्ने वाध्यता, पुर्व कमाण्डरको पराजय उत्सवमा दुस्मनसंग मुस्कुराउनु पर्ने परीस्थीती । तर पुर्व माओवादीहरुको यो रहर पनि यो निर्वाचनमा पुरा हुन सकेन । प्रचण्डलाई तास्नेहरु कतै पुष्टिएको देखिएन । तिनको लक्षप्राप्तीको उत्सवमा कतै विजय झण्डा लहराएन । वरु तिनिहरु आफैमा सुकेनास लागेको विरामी जस्तै चोटा र कोठामा डल्लीए । तिनका समीक्षा वैठका कतै सानो स्वरमा पनि विजयको भाव झल्कीएन वरु पछताव र हिनताकै भाव झल्कीयो । जतिसुकै सिहको खप्पर लगाएपनि विचार मिल्ने र हिजो क्रान्तिमा सहभागीहरुका विच एकता निर्माण नगरी अव फेरी जित्न सकीदैन भन्ने तिनको निष्कर्ष भन्दा अर्को उपलव्धी माओवादीका लागी के हुन सक्छ ? निष्चितै माओवादी आन्दोलनका धाराहरु विचको एकता अहिलेको आवश्यकता हो । मुलुक जानिने गरी फेरीएको छ अव कम्युनहरु चलाउन वन्दुकको सिरानी हाल्नु पर्दैन । समुन्नतीको यात्राका लागी माओवाद अवरोध मानेर गन्जी फुकाल्नु पर्दैन । यो आन्दोलनले महिला दलित जनजाती र आदीवासीलाई जसरी सत्ता वरीपरी पुर्याएको छ, यो विश्भरीका नागरीकका लागी प्रेरणको श्रोत हो । यी उपलब्धीमाथी जनतामा जे भरोषा छ त्यसलाई एकीकृत गर्न सक्ने हो भने विश्वको चमत्कारीक मलुकका रुपमा नेपाललाई विकास गर्न र विश्वमा चिनाउन संभव छ दोश्रो चरणको निर्वाचन मार्फत यस तर्फ सवैको ध्यान केन्द्रीत गर्ने र प्रदेश र केन्द्रको निर्वाचन सम्ममा पार्टी लाई पहिलो वनाउने तिर सवै पुर्व र वर्तमान माओवादीहरुको ध्यान पुगोस ।  

प्रचण्ड ,निर्वाचन र माओवादी

माओवादी माथी थुप्रै प्रश्नहरु थिए ।आँपहरु जसरी खसाइएको थियो ,गर्भमा टिकापुरहरु थिए । नागरीकता वोकेर नागरीक नहुनुको उत्तेजनामा मधेश टायर ताप्थ्यो र पहा...

ओलीको नश्ल राजनीति र कालकुट पिइरहेका प्रचण्ड

यतिबेला एक बेनामी पल्टन बुटवलमा छ । लगभग हिटलरको नाजी फाँसिवादी नस्लराजनीतिको समकक्षी चिन्तन बोकेको यो भिडमा देखिने कमाण्डरहरु हिटलरले झैं कलम टेबुलमा...

प्रचण्ड गाँडलाई भाँडमा छोड !

यतिबेला म टेलिभिजनको सेटमा हिन्दी टेलिसिरयल ‘अशोका’ हेरिरहेको छु । भारतवर्षको एक महानायक ! युद्ध र शान्तिको एक अदभूतमिलन ! नायकहरु यसरी नै निर्माण हुन...

केसी अनसनको परकम्पन

सायद, यीनका दिमागमा सदैव म नै श्रेष्ठ भन्ने भावले राज गर्दछ । मानौं, यी अमुक शक्तिको दिव्य आशिर्वाद पाएकाहरु हुन । देशलाई यी रहेको धक्का महसुस हुन पाए...

माओवादीकाे ‘ए’कता ?

विचारमा सवै भन्दा प्रष्ट कम्युनिष्टहरु नै हुने गर्छन् । तिनीहरुलाई लाग्छ विचारमा प्रष्ट भएपछि अरु आफसेआफ दूर हुन्छ । माओले सुत्रिकरण गरेको एक वाक्य छ,...

मन्त्री ज्यू ! रिसानी माफ होस्

विदेशी डिजाइनलाई पराजित गर्दै नेपालको सरकार नेपालकै संसदवाट वनाउने लडाइँमा प्रचण्ड थिए । यी वाहेक अरु कोही नायक वा गायक वनेर वर्तमान समिकरण वनेको होइन...

नयाँ शक्तिः नयाँ गर्ने नाममा विरालो फुकाउने काम

मर्मत शक्तिको मर्मत सभा हेरियो । खासमा पुराना सामानको एकएक पुर्जा जोडेर वनाउन खोजिएको सेकेण्ड हेण्ड शक्तिको सभा । जनयुद्धमा फुस्केको ठानिएको विस्वासको...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies