/  Mon, June 26, 2017

जनसेनाकी कमाण्डरको गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी

मृत्यु वा मुक्तिलार्इ मुल मन्त्र मान्दै माअाेवादी अान्दाेलन चर्किएकाे बेला साेलुखुम्बु क्षेत्रबाट १८ बर्षकाे कलिलाे उमेरमा नै युद्धमा हाेमिएकी एक सङ्घर्षशिल महिला पात्र हुन् विमला घिमिरे । उनी २०५७ सालमा माअाेवादी अान्दाेलनमा हाेमिएकी हुन् । २०५७ देखि २०६१ सम्म जनमुक्ति सेनामा रहने क्रममा पछिल्लाे समय भार्इस प्लटुन कमान्डरकाे जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरिन् । यस बीचमा उनी विभिन्न युद्दमा सहभागि बनिन् । कुशलतापूर्वक अाफ्नाे जिम्मेवारी पूरा गरेकाे कारण विमलालार्इ हाल नेकपा (माअाेवादी केन्द्र)काे तर्फबाट अर्घाखाँची जिल्लामा पाणिनी गाउँपालिकाकाे निम्ति पार्टीले उपाध्यक्ष पदकाे निम्ति याेग्य ठहराएकाे छ ।

विमला घिमिरे

विभिन्न अाक्रमणकाे डटेर सामना गरेकी विमला
२०५८ सालकाे मंसिर ८ गते भएकाे साेलु सल्लेरीकाे अाक्रमण, २०५८ मंसिर २६ काे पाँचथर अाक्रमण लगायतमा ज्यानकाे बाजी राखेर कुसलतापूर्वक लडार्इंमा हाेमिएकी विमला २०५९ सालकाे माेर्चाबन्दी अाक्रमण अन्तरगत चैनपुर, इलाम, पशुपतिनगर लगायतमा जनमुक्ति सेनाकाे कुशल सेनाकाे रूपमा नेतृत्व गर्दै सामेल भइरहिन् । युद्धकै दाैरानमा २०५९ सालमा विमलाकाे भेट अर्घाखाँची मैदानका सुमन घिमिरेसँग भयाे । जति बेला सुमन प्लटुन कमान्डर थिए भने विमला भने प्लटुन भार्इस कमाण्डर थिइन् ।

विवाह देखि घरपरिवार र युद्ध देखि शान्तिप्रकिया सम्म 

युद्दकै बेला विमलाकाे कम्रेड सुमनसँग जनवादी विवाह भयाे । विवाह पश्चात् पनि २०६३ सम्म विमला भाइस प्लटुन कमान्डरकाे रूपमा कार्यरत रहिन् । युद्धकै दाैरानमा विमलाका श्रीमान सुमन २०६२ साल फागुन २१ गते इलाम सदरमुकामकाे अाक्रमणमा अङ्गभङ्ग हुन पुगे । सुमनकाे दाहिने हातमा गाेली लाग्याे । उपचार हुन नसकेपश्चात् दाहिने हात काटेर नै फाल्नुपर्याे । साथै उनी दाहिने कान समेत सुन्न नसक्ने अवस्थामा पुगे । ६ महिनाकाे निरन्तर उपचार पश्चात् उनी पुःन कम्पनी कमाण्डरकाे भूमीकामा सक्रिय रहे । २०६२ मंसिर ५ गतेकाे शान्तिसम्झाैता पछि सुमन कम्पनी कमाण्डरकै भूमीकामा चाैथाे डिभिजनमा फर्किए । साथै श्रीमती विमला पनि पहिलाे डिभिजनबाट चाैथाे डिभिजनमा नै फर्किइन् । शान्तिप्रक्रिया पछि भने सुमन एरिया इन्चार्जकाे रूपमा कार्यरत रहे ।

अर्घाखाँचीमा राम्राे पकड थियाे तर दैवले भलाे साेचेन

एरिया इन्चार्जकाे रूपमा नै कार्यरत रहँदै गर्दा देखि नै अर्घाखाँचीकाे पूर्वी भेगका स्थानीय र कुशल नेताकाे परिचय बनाएका सुमनकाे अर्घाखाँचीमा राम्राे पकड थियाे । स्वच्छ, निष्पक्ष र हकी स्वभावका सुमनकाे अागमन सँगै उक्त क्षेत्रमा माअाेवादीले स्थापित दलहरू काङ्ग्रेस र एमालेलार्इ धक्का समेत लागेकाे थियाे । तर विडम्बना भन्नुपर्छ, सुमनकाे दुवै मृगाैला फेल भएर उपचार गर्दागर्दै २०७२ काे पुस २८ गते काठमाडाैंकाे टिचिङ अस्पतालमा देहावसान हुन पुग्याे ।

युद्ध देखि शान्तिप्रक्रिया र श्रीमानकाे साथ समेत गुमाउन पुगेकी र विभिन्न अनुभवहरू सङ्गालेकी विमला घिमिरे यसपटककाे स्थानीय तहकाे निर्वाचनमा पाणिनी गाउँपालिकाबाट उपाध्यक्ष पदकाे निम्ति उम्मेद्वारी दिएकी छिन् । हाल २ छाेराहरूकी अामा रहेकी उनलार्इ सुमनकै प्रभावकाे कारण समेत राम्राे साथ प्राप्त हुने स्थानीयहरूले विश्वास गरेका छन् । घिमिरेकाे उम्मेद्वारीले स्थानीय दलहरू काङ्ग्रेस र एमालेमा तरङ्ग पैदा भएकाे छ । सुमनकाे निधनसँगै सुस्ताएकाे माअाेवादी पुःन जुर्मुराउन थालेकाे अन्य दलहरूले महसुस गरेका छन् ।

अर्घाखाँचीकाे मैदान गा.वि.स.की स्थानीय वासिन्दा विमला अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्यकाे रूपमा कार्यभार निर्वाह गरेकी छिन् भने अखिल नेपाल महिला संघ, अर्घाखाँचीकी उपाध्यक्ष हुन् । केन्द्रीय भेला अायाेजना समिति सदस्य समेत रहेकी विमलाकाे लामाे त्याग, याेगदार र सङ्घर्षकाे कारण सबैलार्इ बुझ्न र सबैका पीरमर्काहरू अनुभव गर्न सक्ने भएकाे कारण उनकाे विजयलार्इ स्थानीय तह निर्वाचनमा पाणिनी गाउँपालिकाकै विजयकाे रूपमा लिनुपर्ने एक स्थानीयवासी बताउँछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोइ मोनोरेल ! महानगरको निर्णयः आफैंलाई मोबाइल किन्ने र भत्ता तोक्ने

खोइ मोनोरेल ! महानगरको निर्णयः आफैंलाई मोबाइल किन्ने र भत्ता तोक्ने

काठमाडौं, ८ असार । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको महानगरपालिकाको...   
रोनाल्डोको गोलमा पोर्चुगल विजयी

रोनाल्डोको गोलमा पोर्चुगल विजयी

काठमाडौं, ८ असार । स्टार स्ट्राइगर क्रिष्टियना रोनाल्डोले गरेको एकमात्रै १ गोलले रुसमा जारी कन्फिडरेशन...   
रुदानेको जिवनीमा आधारित फिल्मको फस्ट लुक सार्वजनिक

रुदानेको जिवनीमा आधारित फिल्मको फस्ट लुक सार्वजनिक

फष्ट लुक काडमाडौं । दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको दिन बुधवार रुपचन्द्र...   
पुँजीगत खर्च वृद्धि नभएकामा सर्वत्र चिन्ता र चासो

पुँजीगत खर्च वृद्धि नभएकामा सर्वत्र चिन्ता र चासो

काठमाडौं, ७ असार । चालु आर्थिक वर्ष समाप्त हुन २४ दिन मात्र बाँकी रहँदा पुँजीगत खर्च २५ प्रतिशतमा सीमित...   
हामी जितेर रोल्पा जिल्लामा जनसत्ता चलाउँछौ– पूर्ण केसी

हामी जितेर रोल्पा जिल्लामा जनसत्ता चलाउँछौ– पूर्ण केसी

उम्मेदवारी दर्ता पनि भइसक्यो, कस्तो छ रोल्पामा चुनावी माहौल ? चुनावी उत्साह राम्रो छ । गाउँगाउँमा बेग्लै...   
‘एमालेका निर्देशनमा माओवादी उम्मेदवारको हत्या’–माओवादी

‘एमालेका निर्देशनमा माओवादी उम्मेदवारको हत्या’–माओवादी

संखुवासभा, ५  असार । उम्मेदवार मनोनयनकै दिन संखुवासभामा एक माओवादी केन्द्रका उम्मेदवारको हत्या भएको...   
रोल्पामा माओवादीले खाता खोल्यो, थवाङमा निर्विरोध निर्वाचित

रोल्पामा माओवादीले खाता खोल्यो, थवाङमा निर्विरोध निर्वाचित

लिवाङ, ५ असार । रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्रका दुई सदस्य निर्विरोध निर्वाचित भएका छन्...   
रुकुममा वडाध्यक्ष बाहेक सबै सदस्य माओवादी केन्द्रका निर्विरोध निर्बाचित

रुकुममा वडाध्यक्ष बाहेक सबै सदस्य माओवादी केन्द्रका निर्विरोध निर्बाचित

रुकुम, ५ असार । रुकुमको भुमे गाउँपालिका वडा नं. ७ मा वडाअध्यक्षबाहेक सबै पदमा नेकपा माओवादी केन्द्रका...   
भारतलाई हराउँदै जित्यो पाकिस्तानले च्याम्पियन्स ट्रफी

भारतलाई हराउँदै जित्यो पाकिस्तानले च्याम्पियन्स ट्रफी

काठमाडौं, ५ असार  । चिरप्रतिद्वन्द्वी भारतमाथि शानदार जित हात पार्दै पाकिस्तानले च्याम्पियन्स ट्रफीको...   
रेणुमाथि गाली गर्नेलाई महिला संघको नछोड्ने चेतावनी

रेणुमाथि गाली गर्नेलाई महिला संघको नछोड्ने चेतावनी

काठमाडौं, ४ असार । अखिल नेपाल महिला संघ क्रान्तिकारीले भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेणु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top