Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

को-को बन्दैछन् माओवादीबाट बाँकी मन्त्री ? ६ मन्त्रालयमा दर्जन बढीको दावी

\"\"काठमाडौं, २५ जेठ । बुधबार प्रधानमन्त्री शेर बहादुर देउवाले सपथ लिएसँगै उनले ७ सदस्यिय मन्त्रिमण्डलसमेत गठन गरेका छन् । ७ सदस्यिय मन्त्रिमण्डलमा कांग्रेस र माओवादीबाट ३–३ र विजयकुमार गच्छदारसहित सहभागी छन् । देउवाले गठन गरेको ७ सदस्यिय मन्त्रिमण्डलसँगै करिब मुख्य मन्त्रालयहरुको बाँडफाँडसमेत सकिएको छ । अर्थ, गृह, परराष्ट्र, शिक्षा तथा स्थानीय मन्त्रालयको बाँडफाँड सकिएपनि उर्जा र सूचना संचार र भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय करिब टुंगिन लागेको छ । माओवादीका एक नेताका अनुसार उर्जा माओवादीले लिएर बाँकी दुई मन्त्रालय कांग्रेसले लिनेगरि छलफल चलेको छ । मन्त्रालय बाँडफाडबारे गृहकार्य गरिरहेका विमलेन्द्र निधि, रमेश लेखक, कृष्णबहादुर महरा, वर्षमान पुन तथा जनार्दन शर्मासहितको कांग्रेस माओवादीको संयुक्त टिमले ३० मन्त्रालयमा ११ कांग्रेस, ९ माओवादी केन्द्र र बाँकी अन्य साना दलका लागि छुट्याउने सहमति गरेका छन् । सहमति अनुसार कांग्रेसबाट ३ र माओवादीबाट तिन मन्त्रीले बुधबार नै पदभार ग्रहण गरिसकेका छन् । माओवादीबाट यिनको छ चर्चा नेकपा माओवादी केन्द्रले पाएको ९ मन्त्रालयमा उपप्रधान तथा परराष्ट्र मन्त्रालयसहित पार्टीको तर्फबाट सरकारको नेतृत्व गरेर कृष्णबहादुर महरा गइसकेका छन् भने उज्यालो नेपालका अभियन्ता जनार्दन शर्मा गृहमन्त्री बनेका छन् । यसैगरी मधेशको प्रतिनिधित्व गर्दै प्रभु शाह विनाविभागिय मन्त्री बनिसकेका छन् । बाँकी ६ मन्त्रालयमा झण्डै १ दर्जन बढी माओवादी नेताहरुको दावी रहेको स्रोत बताउँछ । ६ वटा मन्त्रालयमा पनि १ जना महिलाको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने अवस्था छ । महिलाबाट रेखा शर्मा र सीता नेपालीको चर्चा छ । बाँकी मन्त्रीहरुमा पुराना र उपल्लो नेताहरु गिरिराजमणी पोखरेल, टोपबहादुर रायमाझी, अग्नी सापकोटा, हितराज पाण्डे, शक्ति बस्नेतलगायतकाले गृहमन्त्रालय र पार्टीका तर्फबाट सरकारको नेतृत्वमा दावी गरेपनि अब बाँकी मन्त्रालयमा दावी गर्छन् या गर्दैनन् खुलेको छैन । तर, नेताहरुले विविध कारणले समेट्नपर्ने भन्दै हितराज पाण्डे, गणेशमान पुन, हरिबोल गजुरेल र टेकबहादुर बस्नेत लगायतकाको नाम पनि छलफलमा ल्याउने गरेका छन् । कालिकोटका महेन्द्र बहादुर शाही, बर्दीयाका सन्तकुमार चौधरी, बाजुराका कर्ण बहादुर विक, कैलालीका हरि बहादुर ज्ञावली, जुम्लाबाट गोमा कुँवर, गोरखाका कृष्ण धिताल, कास्कीकी तेजकुमारी पौडेल र तनहूँकी आशा कोईराला, सन्तु दराई, रामेछापबाट श्यामकुमार श्रेष्ठ, मोरङबाट शिवकुमार मण्डल, ताप्लेजुङबाट वाङ्दी शेर्पा लगायतका छन् । तर यी मध्यबाट १ महिला र १ दलित प्रतिनिधित्व गराउनुपर्ने अवस्थामा माओवादी नेताहरु छन् । साथै एउटा प्रदेशबाट १ जना समेट्नपर्ने अवस्थालाई हेर्दा अघिल्लोपटक पनि छुटेका भनिएका केही माओवादी नेताहरु यसपटक फेरी छुट्ने सम्भावना देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies