Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

जनयुद्धको कमाण्डरदेखि गृहमन्त्रालयको कमाण्डरसम्म

\"\"काठमाडौं, २४ जेठ । माओवादीले गरेको १० बर्षे जनयुद्धका एउटा कुशल कमाण्डर हुन् गृहमन्त्री जनार्दन शर्मा । शर्माले नेतृत्वको थुप्रै मोर्चाहरु सफल छन् चाहे जनयुद्ध काल होस् या शान्ति काल नै । जनयुद्ध ताका शर्माले सम्हालेको मोर्चा असफल भएको सायदै मात्र छ । उनी जहाँ नेतृत्व गरेर लडाइँमा जान्थे त्यहाँ नै सफलता मिलाइ हाल्थे । त्यसोत १० बर्षे सशस्त्र युद्धको एउटा कमाण्डर अहिले जनयुद्धको दुश्मिनी गृहमन्त्रालय सम्हाल्न आइपुगेका छन् ।

यसअघिको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उर्जा मन्त्रालय सम्हालेर राम्रो छवि बनाएका शर्मा बुधबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारको गृहमन्त्री बनेका छन् । दैनिक १८ घण्टा लोडसेडिङ भोगिरहेका काठमाडौंबासीलाई शर्मा ठूलो राहत दिएका, लोडसेडिङ अन्त्य गरेर । शर्मा आम नेपालीले रुचाएका र सरकारमा नै चाहिरहेका नेता हुन् । यसका पछाडि जलविद्युतका क्षेत्रमा उनले खेलेको विशिष्ट भूमिका मुख्य रहेको छ । शर्मा उर्जा मन्त्री भएपछि उनले केही महत्वपूर्ण काम अगाडि सारे । खासगरी नेपाल विद्युत प्राधिकरणभित्रको सुशासन उनको मुख्य प्राथमिकतामा थियो । यो सुशासनसँगै जलविद्युत उत्पादन र प्रसारण जोडिएको थियो । यो सँगै नेपालको आर्थिक समृद्धि जोडिएको थियो । उनले जनताको लगानीमा नै जलविद्युत उत्पादन गर्न सकिने सम्भावनाको नयाँ मार्गचित्र समेत कोरे । यिनै कारणले लोडसेडिङ त अन्त्य भयो नै, मुलुक जलविद्युतमा आत्मनिर्भर हुने र यसबाट समग्र आर्थिक क्षेत्र मा नै उज्यालो देखिने आधार समेत तयार भयो । यो अर्थमा जनार्दनको कार्यकाल पूर्ण सफल भयो । कैयन् बाधा विरोधका वावजूद पनि उनले आफूलाई अब्बल साबित गर्न सफल भए । त्यसैले प्रचण्डले राजीनामा दिएपछि माओवादीभित्र र गैर माओवादी तप्कामा समेत जनार्दन शर्मालाई फेरी उर्जा मन्त्रीमा नै निरन्तरता दिनुपर्ने आवाज देखियो । यो मतभित्र कता कता जनार्दन नहुँदा फेरी लोडसेडिङ खेप्नु पर्ने त होइन ? भन्ने भय पनि नभएको होइन । मुख्यतः उनको उर्जाशील कार्यकाल र केही गरौं भन्ने भावना, समन्वय र संयोजन गर्न सक्ने क्षमता मुख्यरुपमा जनताले रुचाएका थिए । उर्जा मन्त्रालय कार्यगत हिसाबले गृहभन्दा सानो मन्त्रालय हो । गृह जति व्यापक, बिस्तृत र बहुआयामिक छ, त्यसको तुलनामा उर्जामा काम गर्न सहज हुन्छ । अहिले गृहमा उनी आइसकेपछि उनका अगाडि थुप्रै चुनौती छन् । यी चुनौतीहरुलाई कुशलतापूर्वक हल गर्न सके मात्रै उनले उर्जामा बनाएको छविलाई झन निखार्न सक्छन् । गृहमन्त्रालयमा सबैभन्दा ठूलो चुनौती शान्ति व्यवस्था सुदृढ पार्नु र सुशासनको नै हो । नेपालमा कानुन र जनताको सम्बन्ध त्यति सुमुधुर छैन । न त प्रहरी र प्रशासन जनताका हुन सकेका छन् । अदालत इतर प्रहरी प्रशासन नै एक अर्थमा न्याय प्रशासन बनेको यथार्थता हाम्रा सामु छ । तर सामाजिक विविधता र वर्गभेदी समाजमा प्रहरी प्रशासनले आम जनतालाई न्याय पुर्याएको अवस्थ छैन । समाजको पीँधमा रहेका दलित, गरिब, मजदूर किसान, उपेक्षित उत्पीडित माथि यही प्रहरी प्रशासनको आडमा हुनेखानेहरुले अत्याचार मच्चाएको कुरा जनार्दनहरुलाई राम्रोसँग थाहा छ । यो अर्थमा उनले आम नेपाली जनताले प्रहरी प्रशासनलाई भयका रुपमा नहेरी आफ्नो सुरक्षित कवचका रुपमा हेर्न सक्ने बनाउनु उनको मुख्य चुनौती हुने छ । यो दीर्घकालको चुनौती हो । कम्तीमा यसका लागि केही नीतिगत आधार मात्रै उनले तय गर्न सके पर्याप्त हुने छ । यो सँगै अर्को नीतिगत चुनौती भनेको प्रहरी प्रशासनभित्रको सुशासनको हो । आइजिपी प्रकरणले कित्ताकित्तामा बाँडिएको प्रहरी प्रशासनलाई राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउनु सामान्य कुरा होइन । त्यसमा पनि प्रधानमन्त्री देउबा स्वयम् प्रहरी प्रशासनसँग राम्रोसँग परिचित र व्यक्तिगत प्रभाव समेत राख्ने सक्ने व्यक्ति हुन । यो अवस्थामा प्रधानमन्त्रीसँग समेत समन्वय गरेर प्रहरी प्रशासनभित्रको सुशासन कायम राख्नु, भ्रष्टाचार रोक्नु, सरुवा बढुवामा हुने राजनीतिक चलखेल अन्त्य गर्नु, राजनीतिकरणलाई अन्त्य गर्नु उनका लागि ठूलो चुनौती हुने छ । यो कामका लागि नीतिगत र संरचनागत सुधारमा नै उनले जोड दिनु पर्ने छ । चानचुने प्रयासले यो सम्भव हुँदैन । संघको निर्माण भएको अवस्थामा केन्द्रीय प्रहरी र प्रशासन तथा स्थानीय प्रहरी र प्रशासनबीचको सम्बन्धलाई कसरी अगाडि लैजाने, प्रहरी प्रशासनलाई आम जनताका पक्षमा कसरी रुपान्तरित गर्ने, प्रहरी प्रशासनभित्रको भ्रष्टाचार र विसंगति अन्त कसरी गर्ने जस्ता विषयमा उनले विशेष ध्यान दिनु जरुरी छ । तत्कालका लागि भने उनका अगाडि सुरक्षित तवरमा निर्वाचन गर्न शान्ति व्यवस्थालाई चुस्त पार्नु नै मुख्य चुनौती रहेको छ । मन्त्री भएको केही दिनपछि नै स्थानीय तहको दोश्रो चरणको निर्वाचन सम्पन्न हुन गइरहेको छ । त्यो पनि अति संवेदनशील क्षेत्रमा । कतिपय अवस्थमा उनलाई बदनाम गर्न र असफल पार्ने कोशिसस्वरुप समेत शान्ति व्यवस्था खल्बल्याउने केही षडयन्त्र हुन सक्छन् । यसतर्फ उनले विशेष चनाखो बन्नुपर्ने देखिन्छ । त्यसपछि संघ र केन्द्रको चुनावमा सुरक्षा व्यवस्था कायम गर्नु गारो काम हो । कर्मचारीतन्त्रले जडतामा विश्वास राख्छ, उसले परिवर्तन गर्न खोज्दैन । त्यसैले गृह प्रशासनको यो प्रवृत्तिलाई परिवर्तन गरेर अघि बढ्नु उनका अगाडि चुनौती हुने छ । एउटा विश्वासिलो टीमको गठन गर्न सके, गृह प्रशासनलाई नयाँ ढंगले अघि बढाउने किसिमले पार्टीबाट सल्लाहकारको राम्रो दस्ता तयार गर्न सके उनको कार्यकाल सफल हुने छ । यसले उर्जाले प्राप्त गरेको खुडकिलोमाथि अर्को खुड्किला थपिने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies