Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्रचण्डको ओलीलाई जवाफ–काम गर्नेलाई हुने हो लाज, तपाईलाई के लाज ?

\"\"काठमाडौं, २३ जेठ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई संसदबाटै सम्बोधन गर्दै जवाफ दिएका छन् । व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रचण्डले ओलीलाई लाज नहुने बताएका छन् । ‘हुनत काम गर्नेलाई हुने हो लाज, काम नगर्नेलाई के को लाज हुन्छ र’ प्रचण्डले ओलीतर्फ प्रश्न तेस्र्याएका छन् । आफ्नो कार्यकालमा भएको काम पनि ओलीले आफुले नै गरेको भन्दै प्रचार गरेको दुःख लागेको प्रचण्डले बताएका छन् । ‘धारा ओलीले बनाएको भन्दै टुटि मात्रै प्रचण्डले खोलेको भन्नु ओली आफै गलत हुन्’ प्रचण्डले भने । त्यस्तै प्रचण्डले राष्ट्रको हितमा काम गर्न केहि त्याग गर्नुपर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई लक्षित गर्दै देशको हितका लागि काम गर्ने हो भने त्याग गर्नपनि सिक्नुपर्ने बताएका हुन् । प्रचण्डले इमान भन्ने कुरा व्यवहारमा देखाउनुपर्छ भन्दै राजीनामा दिएको भन्दै एमालेलाई व्यङ्य गरेका छन् । त्यस्तै प्रचण्डले आफु प्रधानमन्त्री हुनेवेलाको सहमति अनुसार राजीनामा दिन हतार गरेको बताएका छन् । उनले भने ‘प्रतिपक्षी दलका नेताले यतिबेला नै किन राजीनामा दिने भन्ने प्रश्नमा म स्पष्टसँग भन्छु, कांग्रेससँग एउट सहमति थियो त्यहि अनुसार राजीनामा दिएँ ।’ ‘चैत्रभित्र स्थानीय तहको निर्वाचन गर्ने र मैले राजीनामा दिने समझदारी थियो’ प्रचण्डले भने ‘चैत्रभित्र निर्वाचन नभएर वैशाखमा चुनाव भएपछि मेरो राजीनामा ढिलो आएको हो । चैत्रभित्रै निर्वाचन भएको भए मैले पहिले नै छाडिसकेको हुने थिएँ ।’ प्रचण्डले भने ‘संविधान जारी गर्दापनि मैले सरकारलाई जोड गरे मात्र संविधान बन्छ भन्ने ठानेँर प्रमुख प्रतिपक्षमा भएर पनि सघाएँ । मैले यो भन्दा ओली जी र देउवा जी पनि हुनुहुन्थ्योसँगै ।’ ‘संविधान बनाउने, कांग्रेसले राष्ट्रपति लिने, एमालेले सरकारको नेतृत्व गर्ने प्रस्ताव राखेको थिएँ’ प्रचण्डले भने ‘मैले त्यतिबेला संविधान चाहियो पद होइन भनेको थिएँ ।’ ‘तपाइहरूलार्इ कति बर्ष लाग्यो लोकतान्त्रीक हुन तर हामी छोटो समयमै लोकतान्त्रीकरण भयाैं ।’

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies