Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

देउवाको मन्त्रीमण्डलमा को-को ? गृहमा जनार्दन, अर्थमा महेश

\"\"काठमाडौं, २३ जेठ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले राजीनामा दिएसँगै मंगलवार प्रधानमन्त्रीको निर्वाचन हुँदैछ । प्रधानमन्त्रीको उम्मेद्वार कांग्रेस सभापति शेरबहादुर देउवा एक्ला उम्मेद्वार हुन् । आइतवार नै प्रधानमन्त्री निर्वाचन गराउने कसरतमा लागेपनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भरतपुर–१९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयसँगै व्यवस्थापिका संसद अबरुद्ध गरेका कारण निर्वाचन मंगलवार आजका लागि सारिएको थियो । हिजो सोमबार मात्रै माओवादी, कांग्रेस र प्रतिपक्ष एमालेबीच सहमति भएपछि आज एमालेले संसद अबरुद्ध नगर्ने र प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ । देउवा निर्वाचित भएसँगै पहिलो चरणमा सानो मन्त्रीमण्डल बनाउने माओवादी र कांग्रेसको सहमति छ । स्रोतका अनुसार माओवादीलाई ८ वटा मन्त्रालय दिन कांग्रेस तयार भएको छ । तर कुन–कुन मन्त्रालय दिने भन्ने सहमति भइसकेको छैन । शुरुको चरणमा दुई मन्त्री सरकारमा सहभागि गराउने माओवादी हेडक्वाटरको तयारी रहेको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार कुन मन्त्रालय दिने÷लिने भन्ने कुरामा सहमति भइसकेको छैन । माओवादीबाट महराले नेतृत्व गर्ने कांग्रेस सभापति देउवा नेतृत्वको सरकारमा माओवादीका तर्फबाट नेतृत्व गरेर प्रचण्ड सरकारका अर्थमन्त्री कृष्ण बहादुर महरा पहिलो चरणको मन्त्रीमण्डल जाने भएका छन् । महरालाई उपप्रधानमन्त्री बनाउने माओवादीको तयारी छ, तर कुन मन्त्रालय दिने भन्ने टुंगो नलागेको माओवादीका एक नेताले खबरडबलीलाई बताए । त्यसोत प्रचण्ड नेतृत्व सरकारमा हुँदा लोडसेडिङ अन्त्य गरेर चर्चा कमाएका उर्जामन्त्री जनार्दन शर्माले गृअ मन्त्रालय लिएर पहिलो चरणको मन्त्रीमण्डलमा जाने लगभग निश्चित जस्तै छ । तर अन्तिम निर्णय भने अहिले बालुवाटारमा बसिरहेको माओवादी शिर्ष नेताहरुको बैठकले लिनेछ । माओवादी नेता तथा पूर्वमन्त्री अग्निप्रसाद सापकोटा, शक्ति बस्नेत, गिरिराजमणी पोखरेल र टोपबहादुर रायमाझिले पनि गृहमन्त्रीको दावी गर्दै आइरहेका थिए । सापकोटा, बस्नेत र रायमाझि प्रचण्ड निकट मानिन्छन् भने पोखरेल नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । पार्टीकै निर्णयविरुद्ध लाग्ने रायमाझिलाई मन्त्री बन्ने धोको पार्टी निर्णयको हितविपरित लागेको भन्दै रायमाझिलाई माओवादी नेताहरुले खासै ‘लविङ’ गरेका छैनन् । प्रचण्ड प्रधानमन्त्रीमा हुँदा माओवादी र आफ्नै अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको सीमांकन हेरफेर र संविधान संशोधन प्रस्तावमा पार्टी नीतिको खुलेआम विरोध गरेको भन्दै एकापक्षिय नेताहरु रायमाझिलाई मन्त्री बनाउन नहुने तर्क गरिरहेका छन् । पार्टी हितविपरित संशोधन प्रस्तावको विरोध गर्दै रायमाझिले प्रमुख प्रतिपक्ष एमालेसँग मिलेर साँठगाँठ गरेका थिए । संशोधन प्रस्तावकै विरोधमा एमालेले बुटवलमा गरेको विरोधसभामा रायमाझि वक्ताको रुपमा उपस्थित भएका थिए । रायमाझीले संविधान संसोधनको प्रस्ताव माओवादी केन्द्रको प्रस्ताव नभई सरकारको प्रस्ताव भएको बताएका थिए । पार्टी भित्र कुनै छलफल नगरि जानकारी मात्र गराएको आधारमा पार्टीको प्रस्ताव भन्न नमिल्ने भन्दै उनले माओवादी केन्द्रबाट संविधान संशोधनको प्रस्ताव पास नभएको सार्वजनिक कार्यक्रममा बोल्दै आएका थिए । रायमाझीले सडक र सदनबाट व्यापक रुपमा प्रस्तावको प्रतिकार गर्नेसमेत बताएका थिए । आफू जनताबाट निर्वाचित प्रतिनिधि भएकाले जनता असन्तुष्ट भएको अवस्थामा आफूले संशोधन प्रस्तावको पक्षपोषण गर्न नसक्ने रायमाझिले खुलेयाम बोल्दै आएका थिए । यदि त्यसो भए आफु संशोधनको बिपक्षमा मतदान गर्ने र आफु पार्टीके ह्वीप नमान्ने रायमाझिले माओवादीलाई चेतावनी दिएका थिए । कांग्रेसबाट यी छन् मन्त्री बन्ने लाइनमा कांग्रेसले महेश आचार्यलाई अर्थमन्त्री र ज्ञानेन्द्रवहादुर कार्कीलाई भौतिक पूर्वाधार मन्त्रालय दिने तयारी गरेको छ । गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुर पहिलो चरणमा मन्त्री बन्ने लाईनमा छन् । श्रेष्ठ र मन्सुरको मन्त्रालय कुन हुने भन्ने छलफल भइरहेको छ । कांग्रेसले रमेश लेखक र गगन थापालाई पनि समेट्ने तयारी गरेको छ । थापाले प्रचण्ड नेतृत्व सरकारको पालामा स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको भन्दै यो पटक पनि मन्त्री बनाउनुपर्ने देउवालाई दबाव छ । त्यसैगरि मिन विश्वकर्मा र भिमसेनदास प्रधानको नाम पनि कांग्रेसबाट मन्त्रीको सुचीमा रहेको छ । डिना उपाध्याय, अम्बिका बस्नेत र किरण यादवको नामसमेत चर्चामा छ । ध्यानगोविन्द रञ्जित, वीरबहादुर बलायर, लुम्बिनी क्षेत्रबाट भरत शाह, चन्द्र भण्डारीको सम्भावना छ भने ध्रुव वाग्लेदेखि भीष्मराज आङदेम्वे, डिकबहादुर लिम्बू र मोहनबहादुर बस्नेत पनि मन्त्रीका लागि चर्चामा छन् ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies