Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

देउवा नेतृत्व सरकारको गृहमन्त्री शर्मा कि महरा ?

\"\"काठमाडौं, १९ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट कसले नेतृत्व गर्ने भन्ने हानाथाप छ । विशेषगरि राम्रा काम गरेको यसअघिका मन्त्रीलाई नेतृत्व गरेर सरकारमा जाने माओवादी केन्द्रको तयारी छ । अहिले माओवादीभित्र हालका उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र अर्थमन्त्री कृष्णबहादुर महरा मध्ये एकले नेतृत्व गरेर सरकारमा सहभागि हुने माओवादी केन्द्रका एक नेताले खबरडबलीलाई जानकारी दिए । माओवादीका एकाथरी नेताले जनार्दनलाई नेतृत्व गरेर पठाउनुपर्छ भन्ने तर्क गरेका छन् भने अर्काथरीले महराको नेतृत्वमा सरकारमा जानुपर्ने बताएका छ । तर माओवादी नेता टोपबहादुर रायमाझि पनि आफ्नो नेतृत्वमा सरकारमा सहभागि हुनुपर्ने दाबी गर्दै आएका छन् । हाल दुबै मन्त्रीले राम्रा काम गरेकाले कसको नेतृत्वमा सरकारमा जाने भन्ने माओवादीले टुङ्याउन सकेको छैन् । माओवादी स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दनको नेतृत्वमा सरकारमा जानुपर्ने बताउँदै आएका छन् । अहिलेका उर्जामन्त्री जनार्दनले लोडसेडिङलगायतका देखिने काम गरेकाले उनैको नेतृत्वमा जानुपर्ने प्रचण्डको तर्क छ । तर माओवादी नेताहरु यतिवेला अन्यौलमा छन् । यसअघि मन्त्री भएकालाई फेरि मन्त्री बनाउने कि नबनाउने भन्ने बहसको विषय छ । प्रचण्ड प्रधानमन्त्री हुने ताका माओवादीले यसअघि सरकारमा सहभागि भएकालाई मन्त्री बन्न नपाउने नियम बनाएको थियो । माओवादीलाई अहिले त्यहि नियम निल्नु न ओकल्नुको विषय बनेको छ । अघिल्लो पटकको नियमलाई भंग गरेर यो पटक अघिल्लो कार्यकालमा मन्त्री हुनेलाई पनि मन्त्री बन्न पाउने माओवादीभित्र छलफल हुन थालेको छ । अघिल्लो नियमलाई खारेज गर्नुपर्ने प्रचण्डलाई दबाब आउन थालेको छ । यदि उक्त नियम नै लागू गरिएको खण्डमा जनार्दन र कृष्णबहादुर महरा दुबै मन्त्री हुनबाट बञ्चित हुने निश्चित छ । पूर्वसहमति अनुसार कांग्रेसले अर्थमन्त्रालय र माओवादीले गृहमन्त्रालय लिने बताइएको छ । अन्य मन्त्रालय भागबण्डा गर्न बाँकि छ ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies