जेष्ठ १८ गते, २०७४ बिहिवार 1st June, 2017 Thu१५:३३:५५ मा प्रकाशित
सायद बाल्यकाल तँपाईहरुको पनि मेरो जसरी मिथक नै मिथकले भरिएको कथाहरु सुनेर बित्यो होला ? मलाई कथा सुनाउने कुनै नामुद कथाकार थिएन । बरु मेरै फुँपु (मैया) थिई । फुँपुलाई थिई भन्दा तँपाईहरुलाई अन्यथा पनि लाग्न सक्छ । तर हाम्रो परिवारमा मैयालाई मैले मात्र होईन मेरो छोराले पनि मैया नै भन्छ । त्यो पुस्त्यौनि मायाको ट्रान्सफर्मेसन हो भन्ने मेरो बुझाई छ । मैयाँको क्षमता देखेर कहिले काहि आँफैलाई अतभुत लाग्थ्यो । मैया जन्मजात आँखा देख्थिन । मैयालाई गाउँभरीको मान्छेको जन्म मिति कण्ठै थियो । गाँउलेहरु आफ्नो सन्तानको जन्ममिति सोध्न हाम्रो घर आँउथे । स्वास्थानी पुरापुर अध्याय कण्ठ थियो । श्राद्धमा आएको बाहुनले लतरपतर गरेर कर्मकाण्ड छिटो गर्न खोज्यो भने पत्ता लगाईहाल्थी । घरबाट पन्ध्र मिनेट हिडेर प्रत्येक दिन मैया पानी लिन पँधेरो (पौवाधारा) जान्थी, आजसम्म पानी लिएर आउदा वा पानी लिन जाँदा उ लडेको मलाई याद छैन । बेसी मल बोकेर जाने र दाउरा बोकेर फर्कने उसको दैनिकी थियो । गाईबस्तुलाई कुँडो पानी गर्नु मैयाको अर्को काम थियो । मैयालाई घरमा भएको हिसाब किताब कण्ठै हुन्थ्यो । मैयाले घरको सबै हिसाव किताब राख्थी । हामी घरमा मैयालाई गृहमन्त्री पनि भन्थ्यौँ ।
[caption id=\"attachment_134097\" align=\"alignleft\" width=\"477\"] पैताला[/caption]
जव कामकाज सकेर मैया घर फर्कन्थी मलाई अपुरो कथा पुरा हुने आशाले पुलकित पारेको हुन्थ्यो । कहिले शिरिर बसन्तको कथा,कहिले बाईपंखी घोडाको कथा,कहिले संजिवनी बुटीको कथा त कहिले अकबर बिरबलको कथा म सुनिरहन्थे । कथा बिषय नबुझे पनि मैयाको बाचन शैली गज्जबको थियो । उसले कथा भन्दा पनि लोकपाराका गितहरु खुव लय निकालेर गाँउथी । आज पनि मलाई बालपन माया लाग्छ म कि ठुलो भए ? तर उबलो ठुलो हुने रहरले खुव सताएको थियो । कथा सुन्दा सुन्दा मेरो बानी कथा नसुनी निदाउन नसक्ने परिसकेको थियो । जसरी तँपाईहरुलाई बाल्यकालमा सुत्नका लागि कोहि कसैले लोहरी सुनाउनै पथ्र्यो होला ? जव मैयासँग कथा सकिन्थे अनि उसले गाँउ टोलमा सुनिएका अनेकौँ किस्साहरु सुनाउने गर्थी । कहिले बाघ बुढाको कथा कहानी सुनाउथी कहिले पनाती देखेर ढुङ्गाले किचेर मारेका कुमाल बुढाको कहानी सुनाउथी । उ भन्थी –‘बाघ बुढा टिकालाएर घरबाट निस्कने बित्तिकै बाघ भएर हिड्न सक्थ्यो । घर आउने बेलामा उसलाई कसैले फुकेर टिका लगाईदिए भने मान्छे हुन्थे रे’ त्यो बेला म नादान भएर प्रश्न गर्थेँ –‘मैया मलाई घरबाट राजा भएर निस्कने बिद्या सिकाईदेन मलाई पनि राजा हुन मन छ ।’ बरा आज आँफैले गरेको प्रश्न सम्झेर पेट मिचिमिचि हाँस्न मनलाग्छ । त्यो किस्साहरु साँच्चै मिथकहरुको सहायतामा बनाएका भ्रमका पहाड थियो वा बिज्ञानको अतभुत प्रयोग ? म सोचिरहन्छु । मैले सानोमा थुप्रैमा रेका कहानीहरु सुनेको थिए । बालपन बिर्सिन लागेको मलाई गनेस पौडेलको पैतालाले फेरी बालापनमा फर्कन बाध्य बनायो । पैतालाका पानाहरु पल्टदै गर्दा मेरो मानशपटलमा बालापनका यादहरु फनफनी घुम्न थाले । मलाई लाग्यो म पैताला पढ्दै छु कि मैया सुनाएको कथाहरु सुन्दैछु ?
उबेला मान्छेहरु खनाती देख्ने समयसम्म पनि बाँचिरहेका हुन्थे भन्ने तथ्यहरु तँपाई हामीले सुन्दै आएका हौँ ।यसको मतलब मान्छेहरुले अहिलेको समयमा भन्दा धेरै बर्ष बाँच्थे भन्ने पनि होला । वा पैतलामा व्याख्या गर्न खोजेको संजिबनी शास्त्रको केहि प्रयोग पनि भयो होला ? आज पनि मलाई के लाग्छ भने यो समाजले आज भन्दा धेरै बर्ष पहिले बिज्ञानको अतभुत प्रयोग गरिसकेको हुनुपर्छ । त्यसको प्रमाण भनेको हाम्रा धर्मग्रन्थहरु हुन । तर म यसलाई धम्रगन्थ्रको रुपमा स्विकार गर्न तयार छैन माफ गर्नुहोस । यो बिज्ञानको शोध–पत्र थियो । उवेला मानविय बिकासमा देखिएका हजार सपनाहरु बिपनामा उतार्न सक्ने खालका आविष्कारहरु भएका थिए । त्यसको उदारण भनेको संजिवनी शास्त्र,बाईपंखी घोडाको परिकल्पना,पहाड नै उचाल्न सक्ने हनुमानी शक्ति हुन ।
[caption id=\"attachment_134100\" align=\"alignleft\" width=\"250\"] लेखक[/caption]
समाज बिकासको नाममा भएको अप्राकृतिक आविष्कारले समाजमा देखा परेको बिकृतीबाट आजित भएर त्यो बेलाका मानिसहरुले यसलाई धर्म शास्त्रको रुपमा व्याख्या गर्ने संस्कृतीको सुरुवात गर्न थालेका हुन कि भन्ने मेरो बुझाई थियो । त्यत्रो शक्ति हुँदा हुँदै पनि रामले रावणलाई कसरी मार्न संभब भयो ? सत्य युगका बैज्ञानिकका रुपमा चिनिएका रावणको हत्या कसरी भयो ? रसायन शास्त्रका कुशल बैज्ञानि रावणको अन्त्यका लागि किन पुरा राज्य नै लाग्यो ? आज पनि मेरो दिमागमा फनफनी घुम्ने प्रश्न बने जुनदिन देखि मेरा दिमागमा ति बिषयहरु प्रश्न बनेर आयो । हो त्यहि दिनबाट हो मैले आँफैले यी प्रश्नहरुको उत्तर खोज्न थालेको थिए । त्यो सोधपत्रलाई बैज्ञानिक रुपमा प्रयोग गर्न सक्ने एक मात्र व्यक्ती रावण थियो । ति आविष्कारहरुसँगै समाजमा बेथितीको सुरुवात हुने लक्षणका कारण पुरा राज्य नै रावणको अन्त्यका लागि कम्मर कसेर लाग्यो भन्ने मेरो बुझाई हो । जसरी संजिवनी बुटीको खोजीमा पैतलामा अलेक्जेण्डर वालेटमार्फत जोस्मणीलाई गनेस पौडेलले आम पाठकलाई कष्टकर यात्रामा सपनाको भारी बोकाएर कहिले लु लाग्ने हिमालको फेदमा त कहिले औल लाग्ने तराईका समथर फाँटहरुमा पठाएका थिए । पाठकहरु एकैछिन बिश्राम गर्न पनि नदिएर दौडाएका आख्यानकारले पाठकलाई संजिवनी ल्याबको आडमा लगेर छाडिदिएका छन् । पौडेलले यसको खोजी पाठकले नै गरुन भनेर कष्ट गर्न नखोजेका हुन वा अर्को कृतिमार्फत त्यसको धित मार्न सकिन्छ भनेर बठ्याई गरेका हुन त्यो उनैले जानुन् ।
कथाको सुरुवातमा नै मोहनी लगाउन सफल आख्यानकारले बढो रोमञ्चक पाराले किचकन्नीसँगको संबादपुर्ण सम्त्रन्धको उत्कर्षमा लगेर स्खलित गराएका छन् । कथामा यौनलाई शालिनपुर्वक पस्कनका लागी आख्यानकारले बढो चलाखी अपनाएका छन् । आफ्नै आमाको अगाडी छोरीसँगको यौनलिलामा लिप्त कृतिम सन्यासीको भ्रमलाई कथामा उतार्ने उनको कलाको सम्मान नगरीकन बसिरहन सकिदैन । अस्थिर पाठकहरुको लागि पैतलाजस्तो झुर उपन्यास अरु केहि नहुनसक्छ । तर स्थिर भएर कथामा रमाउने किस्काहरुसँग ईन्जोए गर्न सक्ने पाठकका लागी भने यो उपन्यास उत्कृष्ट र सानदार उपन्यास पनि हो । जोस्मणीको दुखाईमा केहि उदार पाठकहरु रुन पनि सक्छन् । धर्महरुको थुप्रै मिथकहरुलाइ भत्काउन उभिएको उनको यस उपन्यासलाई मैले तान्त्रिक उपन्यासको रुपमा भन्दा पनि ऐतिहासिक उपन्यासको ग्रहण गरेको छु । शोयर परिकल्पनाको रुपमा भन्दा पनि त्यो मार्फत हाम्रो सामाजिक यथार्थताको खासमा व्याख्या उनले गरेका छन् ।
नपाउन्जेल के–के नै होला भनेर त्यसको पछि दौडने र पाएपछि चाख मरेर आउने हाम्रो मनोबिज्ञानको चरित्र अलेकजेण्डर वालेटमार्फत पैतलामा देखाईएको छ । जिवन भर संजिवनी शास्त्रको खोजमा लागेको वालेटलाई संजिवनी शास्त्रको ज्ञान प्राप्त भएपछि मर्ने रहरले खुव सताएको हुन्छ । आख्यानकारले जिवनभर धर्म भन्ने चिजनै हुँदैन भनेर लागेका कम्युनिष्ट नेता प्रचण्डलाई बडो कलात्मक ढङ्गले माक्र्सको भक्तको रुपमा उभ्याएका छन् । कम्युनिष्ट आन्दोलनमा देखिएको बिकृतिलाई पुस्तकमा उतार्न सक्नु आख्यानकारको खुवि पनि हो । यी र यस्ता थुप्रै किस्काहरु छन कहिले तँपाई पेट मिचिमिचि हाँस्न सक्नु हुन्छ त कहिले सुक्क–सुक्क रुन पनि सक्नुहुन्छ ।तँपाई साँच्चै ईन्जोए गर्न चाहनु हुन्छ भने एक पटक पैताला पढ्नुस । त्यहा तँपाई हाम्रै समाज र संस्कृती भेटिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: