Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

विरोधको व्यापार र मैले चिनेका प्रकाश दाहाल

जब कुनै व्यक्तिको व्यक्तित्व विकासमा सकारात्मक फड्को हान्ने परिस्थिति आउँछ, तब प्रायः नेपालीहरु बाल्मिकीलाई दृष्टान्तको रुपमा अघि सार्दछन् । रत्नाकर डाँकुबाट बाल्मिकी बनेको नेपाली किंवदन्तीले भन्छ, ‘कुनै पनि मानिसले आत्मसमीक्षा गरेर इतिहासका गल्तीहरु सच्चाउन सक्छ, जीवनलाई सत्कर्म र सफलताको मार्गमा समर्पित गर्न सक्छ ।’ विश्वमा यस्ता अनेकौं दृष्टान्तहरु छन्, जसले जीवनको पूर्वाद्धमा गरेका गल्तीहरु सच्चाएर आफूलाई अब्बल र उत्कृष्ट सावित गर्ने गरेका छन् । यतिबेला नेपाली राजनीतिका खेलाडी र देशकै शीर्ष नेता प्रचण्ड उत्तरार्धमै भएपनि प्रधानमन्त्रीको कुर्सीमा छन् । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्ड यसपटक जोखिमपूर्ण परीक्षामा होमिए र सफल भए । प्रचण्ड भन्थे, ‘यो मेरा लागि अन्तिम अवसर र चुनौति दुवै हो ।’ परिस्थिति हेर्दा लाग्थ्यो, ‘सर्वहारा वर्गको पार्टी र आन्दोलनको रक्षा एवं विकास प्रचण्डका सामू उभिएको सबैभन्दा ठूलो चुनौति हो ।’ त्यसमाथि संकटमा परेको राष्ट्रलाई निकास दिने प्रयत्न गर्नु उनका लागि ठूलै चूनौति थियो । १० वर्ष अघिका प्रचण्ड र अहिलेका प्रचण्ड तुलना गर्दा लाग्छ, ‘यसपालि प्रचण्डले निकै ठूलो अनुभव हासिल गरे र सफल भए । त्यसकारण उनी निकै गम्भीर र परिणामूखी काम गर्ने सोंचमा निरन्तर समर्पित रहे, त्यहीअनुसार आफ्नो सल्लाहकार, सचिवालय र सहयोगीको टिम निर्माण गरे र प्रतिफलमूखी काम गरे । प्रचण्डले पदभार ग्रहण गरेपछि उनको क्रियाशीलता र गम्भीरता देख्दा लाग्थ्यो, ‘उनी चुनौतिलाई अवसरमा बदल्न चाहन्छन् ।’ त्यसका लागि उनले छोरा एवं पार्टीका केन्द्रीय सदस्य प्रकाश दाहाललाई पनि स्वकीय सचिव बनाए । प्रकाशलाई स्वकीय सचिव बनाएपछि ‘प्रचण्ड’ र माओवादी फोबिया’बाट ग्रसित व्यक्तिहरु नैतिकता, सभ्यता र न्यूनतम् मर्यादा लत्याएर उनीमाथि आक्रमण गरे भने अहिले प्रकाशको ईच्छाविपरित गृह मन्त्रालयले दिएको पदकको विषयलाई लिएर फेरि उनीमाथि आक्रमण सुरु गरिएको छ । कतिपय समर्थकहरुलाई पनि लाग्छ, ‘प्रचण्डले नै प्रकाशलाई नै पदक दिने निर्णय गरेका हुन् ।’ तर, यसमा कत्ति सत्यता र दम छैन । [caption id=\"attachment_133961\" align=\"alignleft\" width=\"250\"]\"\" लेखक[/caption] प्रकाश दाहाल प्रचण्ड पुत्र मात्र होइनन् । बरु, सम्पूर्ण जीवन सर्वहारा वर्गको मुक्तिमा होमेका एक अथक योद्धा हुन् । कतिपय अभियोग भिराउँछन्, ‘प्रचण्ड र प्रकाशहरु काठमाडौंमा बिलासी जीवन बिताइरहेका छन् ।’ तर, के उनीहरुले प्रचण्ड र प्रकाशहरुले भोगेका कहालीलाग्दा विगत बुझेका होलान् ? अनि, उनीहरुको भन्दा सामान्य जीवनयापन कुन नेता र तिनका सन्तानले गरिरहेका छन् ? आज देशको प्रमूख कार्यकारी तहमा पुगेका प्रचण्डको भूमिगत जीवननिकै कष्टकर र जोखिमपूर्ण थियो । परिस्थिति र देशको आवश्यकताले प्रचण्ड देशको सर्वोच्च निकायमा पुगे र देशकै लागि नमूनायोग्य काम गरेर देखाए । प्रचण्ड सफल हुनुमा प्रकाशको कम योगदान होला ? तर, एकथरि मान्छेहरु प्रकाशलाई हतियार बनाएर प्रचण्डको टाउकोमा गोली ताकिरहेका छन् । प्रकाश दाहालमा पनि औपचारिक डिग्री हासिल गर्ने उदत्त चाहना पक्कै थियो । तर, परिवारिक बाध्यता र जनताप्रतिको जिम्मेवारीले उनलाई युद्ध मोर्चामा डो¥यायो । उनले मुक्ति वा मृत्युको सपथ लिए । तर, उनले आफ्नो २० वर्षे राजनीतिक जीवनमा जे–जति अनुभव र शिक्षा लिए, त्यो कुनै औपचारिक विश्वविद्यालयको डिग्रीभन्दा कम छँदै छैन । युद्धकै सामिप्यताले प्रकाश दाहाल र प्रभा बोगटीबीच दाम्पात्य जीवन गाँसियो । तर, जीवनको चक्रमा दुवैका सोंच र आकांक्षामा देखिएको अन्तरले उनीहरु अलग भए । यो कुनै छलछाम, षड्यन्त्र र दवावको परिणाम थिएन । बरु, दुवैको हार्दिक समझदारीकै आधारमा उनीहरु अलग भएका थिए । प्रभासँगको सम्बन्धबाट अलग भएपछि प्रकाश सिर्जना त्रिपाठीसँग बैवाहिक जीवनमा बाँधिनु बिल्कूलै स्वाभाविक थियो । तर, उनीहरुको जीवन पनि हार्दिकतापूर्वक अगाडि जान सकेन । यसै सन्दर्भमा प्रकाशको बिनासँग सम्बन्ध जोडियो । यो प्रकाशको जीवनमा एउटा ठूलो प्रक्रियागत भूल थियो । राष्ट्र र जनताप्रति समर्पित भएर जब प्रकाश अगाडि बढ्न खोज्छन्, विरोधीहरु प्रकाशको मनोबल गिराउन अनेकन् हत्कण्डा अपनाउँछन् । त्यो बेला प्रकाश गम्भीर हुँदै भन्छन्, ‘सजाय गल्तीको स्तरअनुसार हुनुपर्छ, जीवनको एउटा मोडमा भएको गल्तीको आत्मसमीक्षा पनि गर्नै नपाउने यो कस्तो विरोध हो ? भनिन्छ, ‘एउटा अपराधीलाई पनि उसले गरेको अपराधमा एकपटकमा एउटा मात्र मुद्धा लाग्छ । तर, यहाँ यस्तो भइरहेको छ, प्रकाशले जब आत्मसमीक्षा गर्छन्, विरोधीहरु कमजोरी ठान्छन् । जीवनमा अगाडि बढ्ने संकल्प गर्छन्, तब उनको मृत्युमा आफ्नो जीवन देख्नेहरु चार हात उफ्रिएर उनको अन्धविरोध गर्छन्, मानौं उनीहरुको जन्म नै प्रचण्ड र प्रकाश दाहालको विरोधकै लागि भएको थियो । अहिले प्रकाश र सिर्जना सँगै छैनन् । तर, सिर्जनाले न्याय पाउनुपर्छ । सिर्जनामाथि अन्याय गरेर प्रकाशको पक्षमा उभिन सकिन्नँ । तर, के प्रचण्ड र प्रकाशले समस्या समाधानका लागि आजसम्म कुनै पहल नगरेका होलान् ? यतातिर विरोधीहरुले बुझेर पनि बुझ पचाइरहेका छन् । प्रकाश र उनको परिवारले सिर्जनासँग न्यायपूर्ण र सम्मानजनक तरिकाले समस्या समाधान गर्न दर्जनौंपटक प्रयास नगरेको होइन । तर, यहाँ राजनीति भइरहेको छ । विरोधीहरुले यसलाई आफ्नो फस्टाउँदो खेतीको रुपमा उपयोग गर्ने कुनियत राख्दा प्रकाश, सिर्जना दुवै आजपर्यन्त यातनाको शिकार भइरहेका छन् । जतिबेला गीरिजा–प्रचण्ड शान्ति सम्झौतामा हस्ताक्षर गर्दै थिए, त्यतिबेला एक बुद्धिजीवीले भनेका थिए, ‘अब नेपालमा मानवअधिकारको वकालत गरेर डलर पचाउनेहरुको पेसा खोसिन्छ । यिनीहरुको अब काम आफ्नो खेती जोगाउनु हुनेछ ।’ शान्ति र संविधानका विरुद्ध अन्तर्राष्ट्रिय कानुनको हवला दिँदै गरिएका हर्कत हेर्दा लाग्छ, ‘ती बुद्धिजीवी सतप्रतिशत सही थिए ।’ आज प्रकाश र सिर्जनाको सन्दर्भमा पनि यही खेतीले काम गरिरहेको छ । प्रकाशको तेस्रो बिहे चाहना थियो वा जीवनको यात्रा अगाडि बढ्दै जाँदा निम्तिएको बाध्यता र प्राविधिक भूल ? यसको छिनोफानो भविष्यले नै गर्नेछ । तर, उनले नेपालको राजनीति र परिवर्तनको यात्रामा गरेको योगदान कम छैन । गणतन्त्रको विरोध गर्नेहरु अहिले राष्ट्र प्रमूख छन्, सरकार प्रमूख भइसकेका छन्, मन्त्री खानेहरुको त कुनै हिसाब नै छैन । एमाले, कांग्रेसका दर्जनौं नेताहरुका घरमा अहिले पनि ‘जोडा श्रीमति’ मात्रै छैनन्, अघोषित गोपिनीहरुको पनि ठूलै जत्था भएको तथ्य आँखैअगाडि छ । घरमा आधा दर्जन श्रीमति राखेर पालैपालो सहबास गर्ने नेताहरुले दर्जनौंपटक तक्मा भिरिसकेका छन् । उनीहरुको तक्माबारे कसैले प्रश्न उठायो कि त्यसलाई राष्ट्रवादी दौराको फेरोले छोपिन्छ । प्रकाश दाहाल, जो परिवर्तनकै यात्रामा छन्, नेपालको समृद्धि र विकासको प्रचण्ड सपनामा सारथिकै भूमिकामा छन्, उनीमाथि आक्रमण गरेर उनीहरुले आफू बहादुर भएको आत्मरति लिँदैछन् । तर, उनीहरुको दुष्प्रचार, व्यक्तिगत जीवन र निष्ठामाथिको अत्याचारको पर्दा एक दिन च्यातिने नै छ । प्रकाशबारे निर्लज्ज टिप्पणी गर्नेहरुले प्रकाशको विशेषता र क्षमताको यथार्थ बुझ्नैपर्छ । प्रकाश प्रचण्डका छोरा भएकै कारण माओवादी केन्द्रका नेता भएका होइनन् । बरु, प्रकाशभन्दा जुनियर नेताहरु पनि प्रकाशभन्दा माथिल्लो भूमिका छन् । बाहिरबाट हेर्दा लाग्छ, ‘प्रचण्डले छोरालाई मात्रै अवसर दिए ।’ तर, प्रकाशको अन्तरमनले के भन्ला ? बुवाको प्रतिष्ठा र मर्यादाका लागि कतिञ्जेल उनी खुम्चिइरहनुपर्ने हो ? यसरी हेर्दा प्रचारमा त प्रकाशले प्रचण्ड पुत्र भएका कारण चर्चामा छन् । उनी प्रचण्डको छोरा नभएको भए यसभन्दा माथिल्लो जिम्मेवारीमा पुग्न सक्थे । तर, बुवामाथि आउनसक्ने नकारात्मक टिप्पणीबाट बँच्न उनी ‘मरिच’ बन्न तयार भएका छन् र त्यसको मार खेपिरहेका छन् । प्रकाश खुल्ला हृदयका छन् । उनी आफूलाई लागेको कुरा फ्याट्ट बोल्छन् । सबैलाई साथी ठान्छन्, देशको सर्वोच्च नेताको छोरा भएर पनि उनीमा कुनै घमण्ड छैन, उनी सामान्य मानिसलाई पनि आफ्नै दाजुभाइजस्तै व्यवहार गर्छन् । उनीमा ‘देखाउने र चपाउने दाँत’ छैन । जे देख्छन्, बोल्छन् । तर, मनमा पाप र कसैप्रति पूर्वाग्रह राख्दैनन् । कसैका कमजोरी सजिलै औल्याउँछन् र सजिलै क्षमा दिने र सहकार्य गर्ने हैसियत राख्छन् । आफूलाई गृह मन्त्रालयले सिफारिस गरेपछि नलिने घोषणा गरेका प्रकाशको कदमको सम्मान गर्नुपर्ने हो । तर, भ्रमको खेती गर्नेहरुले उनीमाथि सौतनी व्यवहार गरिरहेका छन्, जुन राजनीतिक दृष्टिमा निकृष्ट मात्र नभएर आपराधिक कार्य पनि हो । उनीमा स्वाभिमानी विशेषता छ । उनी कसैसामू झुक्दैनन् । सबैसँग हार्दिक सम्बन्ध पनि सँगै बनाउँछन् । समयको व्यवस्थापनमा उनी निकै सिपालु र छरितो छन् । प्रशासनिक र व्यवस्थापकीय काममा उनको छरितोपनले प्रधानमन्त्रीको समयको सदुपयोग मात्र हुँदैन, नयाँ सोंचका लागि प्रेरणा पनि मिल्छ । उनको अर्को विशेषता प्रकाश मिडियामैत्री छन् । सञ्चार माध्यममा आउने सानादेखि ठूलासम्म सबै घटना र सूचनामा उनी अपडेट हुन्छन् । सामान्य नागरिकका गुनासालाई पनि उत्तिकै प्राथमिकता दिन्छन् । उनको साँचो बोल्ने विशेषता कतिलाई अप्रिय लाग्छ । तर, जब निस्वार्थ भावले प्रकाशसँग सहकार्य गर्छ, यो व्यक्ति उनीबाट प्रभावित भएरै छोड्छ । उनको विरोध गर्नेहरुले कुनै पनि त्यस्तो दृष्टान्त पेश गर्न सक्दैनन्, जसले अनुकूल र प्रतिकूल दुवै परिस्थितिमा आफूलाई देश र जनताको पक्षमा समर्पित गरेको होस् । यिनै विशेषताका कारण उनी प्रधानमन्त्रीको सचिवालयमा छानिए र प्रचण्डलाई सफल बनाउन अहोरात्र खटे । रुप र अन्तर्वस्तुमा अन्तरसम्बन्ध अवश्य हुन्छ । तर, प्रचार र यथार्थको बीचमा धेरै ठूलो खाडल पर्ने गरेको छ । प्रचण्ड र प्रकाश सिर्जनालाई न्याय र स्वाभिमान दिन चाहन्छन् । तर, सिर्जनालाई कृतिम ममता देखाएर प्रकाशको विरोध गर्नेहरु भ्रमका्े खेती गरिरहेका छन् । प्रकाशले समस्या समाधान गर्न नचाहेर होइन । बरु, उनलाई देखाएर पीडाको घाउ बल्झाइरहने आपराधिक सोंचले प्रकाश र सिर्जनालाई समान ढंगले पीडा दिइरहेको छ । तसर्थ म भन्छु, ‘प्रकाशमाथि औला उठाउनेहरुले र्सिजनालाई साँच्चै न्याय दिन चाहन्छन् ?’ कि सिर्जनालाई उचालेर प्रकाशमाथि प्रहार गर्ने र अन्तिममा सिर्जनालाई पनि रद्दिमा मिल्काउने षड्यन्त्रको प्रपञ्च रच्दैछन् ? ढिलो वा चाडो परिवार भिडाएर राजनीति गर्नेहरुको पर्दा च्यातिने छ । अनि, परिवर्तन र समाज रुपान्तरणको प्रकाश यात्राले एक दिन न्याय पाउने नै छ । २०७४ जेठ १७
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies