Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

ड्रागन बोट पर्वः चिनियाँहरू यसरी मनाउँछन्

नेपालको दुई छिमेकी मुलुकहरू मध्ये एक चीन पनि हो । नेपालको पूर्व, पश्चिम र दक्षिणी भू-भागलाई छिमेकी मुलुक भारतले छोएको छ भने उत्तरतर्फको सिमानामा विशाल राष्ट्र चीन रहेको छ । यसरी चीन नेपालको छिमेकी राष्ट्र भएपनि चीनमा भएको कला, भाषा, साहित्य, धर्म, संस्कृति र परम्पराहरूका बारेमा कमै मात्र जानकारी छ नेपालीहरूलार्इ । यसो हुनुको मुख्य कारण भाषाको कठिनाई मूख्य कारण हाे । चीन भौगोलिक रूपमा विशाल हुनुका साथै भाषा, कला, साहित्य, धर्म र संस्कृतिमा पनि धनी रहेको पाईन्छ । यहाँ ५६ वटा जातजातिहरूको बसोबास रहेकोमा ९५% हान जाति रहेका छन् । त्यस्तै औपचारिक भाषाको रूपमा चाइनिज मेन्डरिन भाषा (फुथोङ् ह्वा) प्रयोग गर्ने गर्दछन् । चीनको इतिहास धेरै पुरानो रहेकाले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको उन्नत भूमि मान्न सकिन्छ । यहाँ विभिन्न सांस्कृतिक, धार्मिक तथा परम्परागत चाडपर्वहरू मनाउने गरिन्छ । यहाँ देश ब्यापी रूपमा मनाईने चाडपर्वहरूमा नयाँ वर्ष (छुन्चे), लानटर्न, छिङ्मिङ्, छिसी, ड्रागन बोट र लावा आदि हुन् । यसरी मनाईने चाडपर्वहरू मध्ये ‘ड्रागन बोट पर्व’ को बारेमा थोरै चर्चा गर्ने कोशिस गरेको छु, जसले छिमेकी मुलुकको सांस्कृतिक पक्षको बारेमा थोरै भएपनि जानकारी गराउन सहयोग गर्ने अपेक्षा लिएको छु ।
‘थोङ्ची युनिभर्सिटी’ का चाइनिज भाषा अध्यापन गराइरहनु भएकी शिक्षिका ‘तु’ का अनुसार यो पर्व चीनका सबै ठाँऊहरूमा मनाइए पनि प्रत्येक ठाँऊमा केहि भिन्न तरिकाले मनाउने गर्दछन् । त्यस्तै पहिलेको तुलनामा अहिले यो पर्व मनाउन केहि कम हुन थालेको समेत बताउनु हुन्छ। पहिलेको जस्तो अहिले सांस्कृतिक तथा अन्य कार्यक्रमहरू कम आयोजना गर्न थालिएको छ । यसो हुनुमा यहाँका मानिसहरू आफ्नो काम तथा रोजगारीमा धेरै व्यस्त हुनु, मनोरञ्जनका अन्य साधनहरूकको विकास हुनु तथा पछिल्लो युवा पुस्ता पश्चिमा संस्कृतिप्रति झुकाव बढ्नु आदि कारणहरूले पहिलेको जस्तो हर्सोउल्लासका साथ मनाउन छोडिएको हुन सक्ने तर्फ आफ्नो तर्क राख्नु हुन्छ ।
ड्रागन बोट पर्व चीनमा मनाईने पर्वहरू मध्ये एक महत्वपूर्ण सांस्कृतिक तथा परम्परागत पर्व हो । यस पर्वलाई चाइनिज भाषामा ‘तुआन् वु चिए’ भनिन्छ भने अङ्ग्रेजीमा ‘ड्रागन बोट फेस्टिवल’ भनिन्छ। यसका साथै यस पर्वलाई ‘तुआन् याङ् चिए’, ‘चोङ् वु चिए’, ‘लो चोउ चिए’, ‘उ युए चिए’, ‘उ रि चिए’ र ‘चोङ् सिआउ चिए’ आदि नामले पनि चिनिन्छ । यो पर्व हरेक वर्ष चाइनिज परम्परागत पात्रो (लुनर क्यालेन्डर) अनुसार वर्षको पाँचौ महिनाको पाँचौ दिनमा मनाईने गरेको पाईन्छ। जुन अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष फरक-फरक समयमा पर्न जान्छ । उदाहरणको रूपमा गत वर्ष यो पर्व जुन महिनाको नौ तारिखमा परेको थियो । त्यस्तै यो वर्ष मे महिनाको तीस तारिखमा परेको छ भने आगामी वर्ष यो पर्व जुन महिनाको अठार तारिखमा पर्ने देखिन्छ । यो पर्वमा विशेष गरी आपसी सदभाव र शुभकामना आदान-प्रदानका साथै चाइनिज परम्परागत खाना ‘चोङ् च’ खाने र नदि तथा तालमा डुङ्गा चलाएर मनाउने गरिन्छ । ‘चाईना डेल्ली डट कम’मा प्रकासित लेखका अनुसार, यो पर्व प्राचीन ‘चोउ’ शासनकालको ‘छु’ प्रान्त (हुनान र हुपेइ प्रान्त) का तात्कालिन प्रधानमन्त्री ‘छु युयान’ (ईशा पुर्व ४४५-२२१) को सम्झनामा मनाईने गरेको पाईन्छ। लेखमा उल्लेख भए अनुसार छु युयान एक इमान्दार, लगनसिल, कर्मठसिल, बौध्दिक र राज्यप्रति वफादार प्रधानमन्त्री थिए । यसका साथै उनी कवि पनि थिए। त्यस समयमा उनले राज्यमा शान्ति, संमृध्दि र सुशासन कायम गरेका थिए । जसले उनी आमजनताका भावना तथा मनमस्तिष्कमा बस्न सफल भएका थिए। तर यो कुरा उनका केहि विरोधीहरूलाई पटक्कै मन परेको थिएन । त्यसैले ती विरोधहरूले त्यहाँको राजालाई प्रबोलनमा पारेर उनलाई षडयन्त्रपूर्वक पदबाट बर्खस्त गराए । जुन कुराले उनलाई साह्रै निरास, हतोत्साहि र आत्म ग्लानी भयो । यहि कुरालाई सहन नसकी अन्त्यमा आत्महत्या गर्ने निर्णय गरे र एक दिन ‘मिलुओ’ भन्ने नदिमा डुबेर आफ्नो प्राण त्याग गरे । जुन आत्महत्या गरेको दिन थियो चाइनिज लुनर पात्रो अनुसार पाँचौ महिनाको पाँचौ दिन ।
डुङ्गाको सहायतले धेरै दिन खोजी गर्दा पनि सफल भएनन् । त्यसपछिका हरेक वर्ष उनले नदिमा हाम्फालेको दिन उनको सम्झनामा उनको मृत शरीर कतै भेटिहालिन्छ कि भनेर नजिकका नदि, पोखरी तथा तालहरूमा एकसाथ सयौँ डुङ्गाहरु चलाउने गरिन्छ । पछिल्लो समयमा यो एउटा प्रतियोगिताको रूपमा पनि सञ्चालन हुन थालेको छ। उनै शिक्षिका चिन् युए चिआका अनुसार अहिले डुङ्गा चलाउने प्रतियोगिता (ड्रागन बोट रेसिङ् कम्पिटिसन्) विभिन्न सङ्घ संस्था, पर्यटन व्यवसायी तथा विध्यालय र विश्व विध्यालयहरूले हरेक वर्ष यो पर्वको अवसरमा सञ्चालन गर्ने गरेको पाईन्छ ।
जनताको मनमा छाएका कवि, नेता तथा प्रधानमन्त्री जस्तो व्यक्तित्व भएका छु युयानले नदिमा हाम्फालेर आत्महत्या गरेको थाहा पाएपछि नदिमा जाल हानेर माछा मारिरहेका जलहरी, गाँऊले तथा त्यहाँका जनताहरूले उनलाई बचाउनका लागि धेरै कोशिस गरे तर सफल भएनन् । त्यसपछि उनको मृत शरीरलाई भएपनि निकाल्ने भनेर धेरै दिन खोजी गरे तर कहि पनि भेट्याउन सकेनन् । जनताहरू एकदम निरास भए। यसरी केहि गर्दा पनि उनको मृत शरीर नभेट्याएपछि उनको मृत शरीरलाई नदिका माछा, गोही तथा भूतहरूबाट जोगाउन उनी डुबेको नदि तथा नजिकका नदि, पोखरी तथा तालमा खाना लगेर छर्न थाले । नदि तथा तालमा छरेको खानामा माछा, गोही तथा भूतहरू भुलिएर उनको मृत शरीरलाई खान नपाउन भन्ने हेतुले हरेक वर्ष यसरी नै उनले आत्म त्याग गरेको दिन नदि, पोखरी तथा तालमा खाना लगेर छर्न थाले । यसरी हरेक साल खाना दिएको थाहा पाएर एकदिन अचानक उनको मृत आत्म निस्किएर सबै गाँऊले तथा जनताहरूलाई उनले एउटा सुझाव दिए। जुन पहिले गाँऊलेहरूले दिएको खाना सबै माछा, गोही तथा भूतहरूले चोरेर दुख दिएको हुनाले अब खाना दिदा केहि वस्तुमा पोको पारेर मात्र दिनु भनेर उनी फेरि हराए । त्यहिबाट गाँऊलेहरूले विशेष प्रजातिको बाँसको पातमा खाना पोका पारेर नदि, पोखरी तथा तालमा हाल्न थाले। हेरक वर्ष एवम् रित चल्दै जाँदा ‘छिन राज्य’ ले औपचारिक रूपमा छु युयानले देह त्याग गरेको दिन उनको सम्झनामा यो पर्व मनाउने निर्णय गर्यो। त्यहिबाट यो पर्व मनाउन सुरू भएको उल्लेख छ । [caption id=\"attachment_133434\" align=\"alignleft\" width=\"296\"]\"\" लेखक[/caption] यो पर्व चीनमा देशव्यापी रूपमा मनाए पनि विशेष रूपमा चीनको दक्षिणी भागमा यस पर्वलाई भव्य रूपमा मनाउने गरेको बताउनु हुन्छ ‘थोङ्ची युनिभर्सिटी’ मा अध्यापन गराइरहनु भएका शिक्षिका चिन् युए चिआ। उहाँका अनुसार यो पर्वमा विशष गरी ‘चोङ् च’ खाने गर्दछन् । ‘चोङ् च’ भन्नाले एक चाइनिज परम्परागत खाना हो। जुन चामल, मासु, अण्डा र छोकडा आदि मिसाएर विशेष प्रजातिको बाँसको पातमा समोसा आकारमा पोको पारेर पकाइएको खाना हो । यो गुलियो तथा नुनिलो दुवै स्वादमा पाईन्छ। त्यस्तै यो पर्वमा प्रत्येक चाइनिजहरूले आफ्नो घरमा ‘चोङ् च’ बनाउने गर्दछन् । तर आजभोलि ‘चोङ् च’ होटल, पसल तथा डिपार्टमेन्ट स्टोरहरूमा पनि किन्न पाईन्छ। धेरैजसो यहाँका मानिसहरू काम तथा रोजगारीमा व्यस्त रहने हुनले उनीहरूले समयको अभावमा ‘चोङ् च’ बनाउन पाउदैनन् । त्यसैले उनीहरू पसल तथा होटलहरूमा गएर ‘चोङ् च’ किनेर यो पर्व मनाउने गर्दछन् । यो पर्वको अर्को महत्वपूर्ण पाटो भनेको डुङ्गा चलाउनु हो। हुन त यो पर्वमा डुङ्गा चलाउनुको अलिक फरक अर्थ रहेको छ । ‘चाइना डेल्ली डट कम’ मा प्रकाशित लेखका अनुसार; छु युयान नदिमा हाम्फालिसकेपछि उनलाई बचाउन तथा उनको मृत शरीरलाई उदार गर्नका लागि सयौँ डुङ्गाहरूको प्रयोग गरिएको थियो । डुङ्गाको सहायतले धेरै दिन खोजी गर्दा पनि सफल भएनन् । त्यसपछिका हरेक वर्ष उनले नदिमा हाम्फालेको दिन उनको सम्झनामा उनको मृत शरीर कतै भेटिहालिन्छ कि भनेर नजिकका नदि, पोखरी तथा तालहरूमा एकसाथ सयौँ डुङ्गाहरु चलाउने गरिन्छ । पछिल्लो समयमा यो एउटा प्रतियोगिताको रूपमा पनि सञ्चालन हुन थालेको छ। उनै शिक्षिका चिन् युए चिआका अनुसार अहिले डुङ्गा चलाउने प्रतियोगिता (ड्रागन बोट रेसिङ् कम्पिटिसन्) विभिन्न सङ्घ संस्था, पर्यटन व्यवसायी तथा विध्यालय र विश्व विध्यालयहरूले हरेक वर्ष यो पर्वको अवसरमा सञ्चालन गर्ने गरेको पाईन्छ । यसरी सञ्चालित प्रतियोगितामा विभिन्न देशका पर्यटकहरू पनि प्रतियोगीको रूपमा सहभागिता लिने गरेको उहाँ बताउनु हुन्छ । यसका साथै यस पर्वको अवसारमा थप मनोरञ्जनका लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गर्ने गरिन्छ । त्यस्तै अर्का यसै ‘थोङ्ची युनिभर्सिटी’ का चाइनिज भाषा अध्यापन गराइरहनु भएकी शिक्षिका ‘तु’ का अनुसार यो पर्व चीनका सबै ठाँऊहरूमा मनाइए पनि प्रत्येक ठाँऊमा केहि भिन्न तरिकाले मनाउने गर्दछन् । त्यस्तै पहिलेको तुलनामा अहिले यो पर्व मनाउन केहि कम हुन थालेको समेत बताउनु हुन्छ। पहिलेको जस्तो अहिले सांस्कृतिक तथा अन्य कार्यक्रमहरू कम आयोजना गर्न थालिएको छ । यसो हुनुमा यहाँका मानिसहरू आफ्नो काम तथा रोजगारीमा धेरै व्यस्त हुनु, मनोरञ्जनका अन्य साधनहरूकको विकास हुनु तथा पछिल्लो युवा पुस्ता पश्चिमा संस्कृतिप्रति झुकाव बढ्नु आदि कारणहरूले पहिलेको जस्तो हर्सोउल्लासका साथ मनाउन छोडिएको हुन सक्ने तर्फ आफ्नो तर्क राख्नु हुन्छ । यो पर्व प्राचीन कालमा घटेको एक ऐतिहासिक घटना वस्तुलाई लिएर एक व्यक्तिको सम्झनामा मनाइने भएता पनि सांस्कृतिक रूपमा पनि उत्तिकै महत्वपूर्ण रहेको पाउन सकिन्छ । यस पर्वको माध्यमबाट एक-आपसको सम्बन्धलाई प्रगाढ बनाई सबै चिनियाँ नागरिकहरूलाई एकताको मालामा गाँस्न सहयोग गरेको छ । यसको साथसाथै यो पर्वले ऐतिहासिक परिघटना देखि यहाँको धार्मिक, सांस्कृतिक तथा परम्परागत कुराहरूलाई नयाँ पिडी सम्म ल्याउनका लागि अहम् भूमिका निर्वाह गरेको नकार्न सकिदैन । अर्को तर्फ यस्ता पर्वहरूले पर्यटन व्यवसायलाई पनि प्रोत्साहन गर्ने गर्दछ । त्यसैले होला यहाँको सरकारले पनि यस्ता ऐतिहासिक, धार्मिक, सांस्कृतिक, परम्परागत सम्पदा र चाडपर्वहरूको विकास तथा प्रवर्धनको लागि धेरै लगानी गरेको देख्न सकिन्छ । अरू जस्तो सुकैभए पनि अब चाँडै आउन लागेको यस पर्वको अवसरमा सम्पूर्ण चिनियाँ नागरिक तथा अन्य सबैमा सुख, शान्ती र संमृध्दि छाउन सकोस अग्रीम शुभकामना ।

हालः साङ्हाई, चीन

dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies