Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

लादेन कसरी मारिएका थिए ? पत्नी आलमले सुनाइन् त्यो रातको कहानी

\"\"जेठ १२ – १ मे , सन् २०११ को राती अमेरिकी सैनिकले चरमपन्थी संगठन अल कायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेनलाई पाकिस्तानमा हत्या गरेका थिए । अमेरिकी सैनिकले यो अपरेशनको कहानी थुप्रै पटक बताइसकेका छन् तर पहिलो पटक लादेनकी चौथी श्रीमती अमलाले त्यो रात बारे वर्णन गरेकी छिन् । अमालले स्कट–क्लार्क र एड्रिन लेवीसँग उनीहरुको किताब ‘द एग्जाइलः द फ्लाइट अफ ओसामा बिन लादेन अबाउट द लास्ट फ्यू मिनट्स अफ ९/११ मास्टरमाइन्ड्स लाइफ’ का लागि कुराकानी गरेकी छिन् । यो किताबको एक अंश संडे टाइम्स यूकेले छापेको छ । रातीको खाना खाएपछि र भाँडा माझेपछि लादेन परिवारले नमाज पढेको थियो । त्यसपछि लादेन आफ्नी श्रीमतीसँग माथिल्लो तल्लाको बेडरुममा गएका थिए । १ मे, सन् २०११ को राती ११ बजे अलकायदा प्रमुख ओसामा बिन लादेन गहिरो निन्द्रामा पुगिसकेका थिए । पाकिस्तानको एबटाबादमा ओसामाको त्यो गोप्य घरमा अचानक बत्ती बल्न बन्द भयो । पूरा घर अँध्यारोमा डुबेको थियो । पाकिस्तानमा बत्ती जानु सामान्य कुरा हो । यस्तोमा कसैले पनि उक्त कुरामा ध्यान दिएनन् । आधा रातमा अचानक अमालको निन्द्रा खुल्यो । उनले केही सुनेकी थिइन् । अमाल को ललाटमा एक्कासी चिन्ताको रेखा कोरिएका थिए । अमाललाई कोही माथि आइरहेको भान भयो । अमाललाई ढोकाबाट कोही छिरिरहेको आभाष भयो किनभने केही व्यक्तिको छायाँ देखिएको थियो । आकाश गर्जिएको जस्तो आवाज आयो । उक्त आवाज अचानक बढ्यो । अमालका अनुसार लादेन अचानक ओछ्यानबाट उठेर थचक्क बसे । उनको अनुहारमा स्पष्ट रुपमा डर झल्किरहेको थियो । लादेनले उनलाई बेस्सरी समाते । अमालले भने, ‘हामीले माथि कोही आइरहेको महसुस गरेका थियौंै । यो देखेर हामी निकै आत्तिएका थियौं । अचानक घरको ढोका थर्कन थालेको थियो ।’ अमाल भन्छिन्, ‘उनीहरु बाल्कोनीको ढोकाबाट अँध्यारोमा भित्र आइरहेका थिए । अमेरिकाको एक ब्ल्याक हक हेलिकोप्टर हामीले घर नजिकै देखेका थियौं । केही समयपछि अर्को हेलिकोप्टर पनि आइपुग्यो । त्यसपछि अमेरिकी सेनाको यो विशेष समूह एक भए । उनीहरु दोस्रो तल्लाको बेडरुमसम्म पुगिसकेका थिए ।’ अमाललाई लाग्यो कि कसैले उनीहरुलाई धोका दिए । ओसामा बिन लादेनको जीवनको अन्तिम मिनेटको किताब अमालले किताबलाई दिएको अन्तर्वार्तामा बताएकी छिन् । वर्षौंदेखि उक्त घरमा लादेनको परिवार बसिरहेको थियो । ओसामाले आफ्ना श्रीमतीहरुलाई बच्चासहित तल जान निर्देशन दिएका थिए । उनीहरुले श्रीमती र बच्चाहरुलाई नभई आफूलाई मार्न चाहेको पनि ओसामाले बताएका थिए । यद्यपी, अमालले आफ्ना छोरा हुसैनसँग ओसामासँगै बस्ने आग्रह गरेकी थिइन् । अमालले भनिन्, ‘हेलिकोप्टरको आवाजका कारण उनको निन्द्रा खोलिएको थियो । उनले अमेरिका आइपुगेको बताएका थिए । ठूलो आवाज आयो र घर नराम्रो तरिकाले हल्लिएको थियो । हामी दुबैजना एक–अर्कालाई समातेर बाल्कोनीमा लुकेका थियौं ।’ त्यो रात औंशीको थियो त्यसकारण निष्पट्ट अँध्यारो थियो । अमेरिकी सैनिक हाम्रो घरभित्र आइसकेको थियो । अमालका अनुसार कसैले उनको घरबारे सबैकुरा जानकारी दिएका थिए । अमालले भनिन्, ‘यो स्पष्ट छ कि कसैले हामीलाई धोका दिएको छ । हामीले यस्तो प्रकारको हमलाको कहिले आशंका गरेका थिएनौं ।’ त्यतिबेला ओसामाले खालिदलाई बोलाए । उनले एके–४७ उठाए । यद्यपी, अमाललाई थाहा थियो कि खालिदले बन्दुक चलाउन सक्दैनन् किनभने उनी त्यतिबेला १३ वर्षका मात्र थिए । बच्चाहरु रोइरहेका थिए र अमाल उनीहरुलाई फकाइरहेकी थिइन् । अमेरिकी सैनिक माथिल्लो तल्लामा पुगिसकेका थिए । त्यसपछि सबैकुरा ध्वस्त हुन केही बेर पनि लागेन । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies