Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

ओलीको देउवालाई रुखो जवाफः हेरौंला तपार्इं कसरी प्रधानमन्त्री बन्नुहुन्छ ?

[caption id=\"attachment_129423\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, १२ जेठ । “म प्रधानमन्त्री हुँदा तपाईलाई के को अप्ठ्यारो हो ?” देउवाले ओलीलाई सोधे । “म पनि हेर्छु, तपाई कसरी प्रधानमन्त्री बन्नुहुन्छ ?” कड्किँदै कांग्रेस सभापति शेरबहादुर देउवातर्फ शब्द फ्याँक्दै ओलीले भने । देउवाले जवाफ फर्काएनन् । ओली बाहिरिए । यो विषय थियो प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएको अघिल्लो साँझ ६ बजेको । त्यो दिन एक बजे प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका संसदमा राजिनामा दिने कुरा थियो । एमालेले अघिल्लो दिन नै प्रचण्डको राजिनामाको बिरोध गर्दै संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले शीर्ष नेताबीच छलफल गर्न बैठक डाकेकी थिइन । तर नेकपा एमाले अध्यक्ष ओली बैठकमा आउन मानेनन् । देउवा, प्रचण्ड र सभामुखले फोन गर्दा समेत उनी आएका थिएनन् । पछि आफ्नै सांसदहरुले समेत अनुरोध गरेपछि देउबा बैठकमा सहभागी भएका थिए । तर त्यो बैठक सौहाद्रपूर्ण हुन सकेन । प्रचण्डले राजिनामा दिने कुरामा ओलीले आपत्ती जनाए र ओलीको कुरामा देउवा चर्किए । यही चर्काचर्कीबीच ओलीले निस्किंदै भने– हेरौं तपाई कसरी प्रधानमन्त्री बन्नुहुन्छ ? त्यसको भोलीपल्ट समेत डाकिएको बैठकमा एमाले अध्यक्ष ओली गएनन् । पछि प्रचण्डले सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट राष्ट्रका नाममा सम्बोधन गरेर राजिनामा दिए । देउवालाई प्रधानमन्त्री बन्न नदिने कसरतमा एमाले देउवालाई प्रधानमन्त्री बन्न नदिने संकेत ओलीले त्यही बैठकमा दिइसकेका थिए । त्यसपछि प्रचण्डले राजिनामा दिएपछि पनि ओलीले सार्वजनिक प्रतिक्रिया दिँदै सहमतीय सरकारको वकालत गरे । ओलीको भनाईलाई राष्ट्रपतिले समेत समर्थन गर्दैै सहमतीय सरकारका लागि दलहरुलाई आव्हान गरेकी छिन् । यसको अर्थ हो– ओली र एमालेले देउवालाई प्रधानमन्त्री देख्न चाहेको छैन । यो कुरालाई एमालेको बैठकले समेत अनुमोदन गर्यो । एमालेले स्थानीय तहको थपिएको संख्यामा पुनर्विचार नगरिएमा सरकारको नीति तथा कार्यक्रमको बिरोध गर्ने, संसद अवरुद्ध गर्ने निर्णय गरेको छ । यसको अर्थ एमालेले सकेसम्म सरकार गठनको प्रक्रिया लम्ब्याउन खोजेको छ । यसो भएको खण्डमा स्थानीय तहको दोश्रो चरणको निर्वाचन सम्पन्न भएपछि एमालेसहितको सरकार बनाउने रणनीति एमालेको छ । खासगरी प्रदेश र केन्द्रको निर्वाचन अहिलेको गठबन्धनले नै गर्न दिने अवस्थामा पार्टीलाई अप्ठ्यारो पर्ने बुझाई एमालेको छ । यही भएर ओलीले एउटा टेलिभिजनको अन्र्तवार्तामा समेत “देउवा या जसको नेतृत्व भएपनि विगतका आलोचना र तिक्तता बिर्सेर एमाले सरकारमा सहभागी हुन चाहन्छ” भन्ने कुरा व्यक्त गरेका थिए । यो अवस्थाले राजीनामा दिएपनि प्रचण्ड नेतृत्वको सरकार लम्बिने संकेत गरेको छ । नेकपा एमालेले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बन्न नदिने कसरत गरेको देखिएको छ । यसको संकेत नेकपा एमाले अध्यक्ष ओलीले दिएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies