Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

एनसेलले ल्यायो योण्डर म्युजिक एप

\"\"काठमाडौ, १२ जेठ । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गीत–संगीतका पारखीहरुलाई लाखौं गीतहरुमा निःशुल्क पहुँचको अबसर प्रदान गर्दै योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटफर्म सार्वजनिक गरेको छ जस अन्र्तगत ग्राहकले अब धेरै भन्दा धेरै गीतहरु सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक ईङं्कसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि नेपालमा योण्डर म्युजिक एप ल्याएको हो । योण्डर म्युजिक एप सबै भन्दा धेरै नेपाली गीतहरु समावेश रहेको डिजिटल म्युजिक लाइब्रेरी हो । एनसेलका ग्राहकले यही शुक्रबार (जेठ १२) बाट विविध विषेशताले भरिएको यो एप डाउनलोड गरी रोमाञ्चक सांगीतिक यात्राको लाभ लिन सक्नेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यो म्युजिक एप सजिलै आफ्नो मोबाइल फोनमा डाउनलोड गरी पुराना देखि हालका लोकप्रिय कुनै पनि विधाका नेपाली गीत तथा अन्तर्राष्ट्रिय गीत–संगीतहरुको अनलाइन तथा अफलाइन मजा लिन सक्नेछन् । यस योण्डर म्युजिक एप अन्तर्गत ग्राहक तथा प्रयोगकर्ताले विना कुनै विज्ञापन तथा सदस्यता शुल्क २ करोड भन्दा बढि नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतहरुको लाइब्रेरीमा पहुँच पाउनेछन् र सहजै आफुलाई मनपर्ने गीतहरु अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइन सुन्न सक्नेछन् । मोवाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । शुरुमा अन्य नेटवर्कमा पनि उपलब्ध भएपनि सार्वजनिक भएको एक महिना पछि यो एप एनसेलको नेटवर्कमा मात्र उपलब्ध हुनेछ । अर्थात् एक महिना पश्चात एनसेलका ग्राहकले मात्र यो एपमा रेजिस्टर गरी यसको प्रयोग गर्न सक्नेछन् । ‘‘आफ्ना ग्राहकका लागि योण्डर म्युजिक एप नेपालमा ल्याउन पाउँदा हामी हर्षित छौ । यो नेपालका लागि म्युजिक स्ट्रिमिङ्ग सेवामा नयाँ युगको शुरुवात हो । नेपाली गीत–संगीतहरु सहितको ठूलो सांगीतिक सामाग्रीहरु रहको यो एपले सधै थप सामाग्रीहरु खोज्ने हाम्रा ग्राहकको आवश्यकतालाई सम्बोधन गर्ने र नेपाली गीत–संगीत उद्योगको प्रवद्र्धनमा योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौ,’’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भने । ग्राहकले गुगल एप स्टोर तथा एप्पल एप स्टोरबाट यो एप डाउनलोड गर्न सक्न्छन् । एपमा रेजिष्ट्रे«शन पश्चात वाइफाइ वा मोबाइल डेटा दुबै माध्यमबाट गीतहरु डाउनलोड गर्न सकिनेछ । यस एपमा स्न्याप क्याराओके जस्तो अन्तत्र्रिmयात्मक विषेशता रहेको छ, । यसमा ग्राहकले आफुलाई मन पर्ने गीतको ट्रयाकमा गीत गाएर आफ्नो क्याराओके भिडियो पनि बनाउन सक्नेछन् र २९ सेकेण्ड सम्मको भिडियो अरु योन्डर एप प्रयोगकर्ता तथा सामाजिक सञ्जालहरुमा पनि शेयर गर्न सक्नेछन् । ‘‘नेपालकै पहिलो म्युजिक स्ट्रिमिङ्ग सेवा प्रदान गर्नका लागि एनसेलसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौ । एनसेलका साथमा नेपाली गीत–संगीत उद्योगलाई माथि उठाउदै, योण्डर म्युजिकले पाइरेसीका विरुद्घको लडाईमा आफ्नो भूमिका खेल्ने छ,’’ योण्डर म्युजिक ईङ्कका प्रमुख कार्यकारी अधिकृत एडम किडरोनले भने । ‘‘नेपाली प्रतिभाको विकास, प्रवद्र्धन तथा प्रोत्साहनका लागि आफ्नो सक्रिय सहभागिता जनाउदै, गीतहरु प्रयोग भए अनुसार सम्बन्धित सबैलाई प्रत्यक्ष रुपमा त्यसको लाभ प्रदान गर्न हामी प्रतिबद्ध छौं, जुन नेपालका लागि पहिलो हो ।’’ यो नयाँ सहकार्य अन्र्तगत, योण्डर नेपाल (योण्डर म्युजिक को सहायक कम्पनी) ले प्रस्तोता, रचनाकार तथा संगीतकारहरुलाई रोयल्टी प्रदान गर्नेछ । नेपाली गीत–संगीत क्षेत्रको प्रवर्धन तथा विकासमा योगदान गर्ने उद्देश्य अनुरुप एनसेलले पनि पिआरबिटी सेवा अन्तर्गत रोयल्टी प्रदान गर्दै आएको छ । एनसेल बारे एनसेलले नेपालमा सन् २००४ देखि देशको पहिलो निजी मोबाइल सेवा प्रदायकका रूपमा सेवा प्रदान गरिरहेको छ । हामी स्थानीय अनुभूतिसहित अन्तर्राष्ट्रिय गुणस्तरको सेवा उपलब्ध गराउँछौं । हाम्रा अधिकांश कर्मचारीहरू नेपाली नै छन् र हाम्रा सेवाहरू स्थानीय समुदायको आवश्यकतालाई पूरा गर्ने गरी तयार पारिएका छन् । हामी नेपालका सबै जनतालाई आफ्नो नेटवर्क मार्फत उच्च गुणस्तरीय, आधुनिक र सुलभ सेवाको पहूँचमा ल्याउन र आफ्ना ग्राहक तथा साझेदारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्न निरन्तर लागिरहेका छौं । एनसेल आजीयाटा ग्रुप बर्हादसँग आबद्ध रहेको कम्पनी हो । आजीयाटाको साथमा, एनसेलले आफ्नो उच्चस्तरीय सेवाको सञ्जाल फैलाउँदै र अति विकट ठाँउका जनताहरुलाई समेत सञ्चार सेवाको पहुँच भित्र ल्याउदै, देशको आर्थिक र पुर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्घ छ । हाल कम्पनीले १ करोड ५० लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । योण्डर म्युजिक बारे योण्डर म्युजिक एक डिजिटल संगीत सेवा प्रदायक हो जस मार्फत यसका प्रयोगकर्ताहरुले लाखौं गीतहरु बजाउन, डाउनलोड गर्न तथा सेयर गर्न सक्छन् । यसको प्रधान कार्यालय अमेरिकाको न्युयोर्कमा रहेको छ । उल्लेख्य मात्रामा योण्डर लाईसेन्सको बिक्रीमार्फत मोबाइल सेवा प्रदायकहरुबाट शुल्क उठाई स्मार्ट डिभाइस र मोबाइल योजनामा संगीत सेवा उपलब्ध गराई योण्डर म्युजिकले संगीतको व्यापारलाई अझै लोकतान्त्रिक बनाउदै आएको छ । ती लाइसेन्स बिक्रीमार्फत उठेको शुल्क प्रयोग भए अनुसार कलाकार तथा म्युजिक कम्पनीलाई प्रत्यक्ष अनुपातमा हस्तान्तरण गरिनेछ । यस्तो क्रान्तिकारी रणनीतिले योण्डर म्युजिकलाई प्रयोगकर्ता समक्ष निःशुल्क संगीत पस्किन मद्दत पुग्नेछ । यसबाट प्रयोगकर्ताले बिना सब्सक्रिप्सन बहुआयामिक एप्लिकेसनको आनन्द उठाउन सक्नेछन् । हीयर फरएभर (सधै सुनिरहनुहोस्) मुख्य नारा रहेको योण्डर म्युजिकले स्थानीय बजारमा सकृय रहनको लागि स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरुसँग साझेदारी गर्दै आफ्ना प्रयोगकर्ताहरुलाई इन–एप तथा अफलाइन सहभागिताको सुविधा प्रदान गर्नेछ । सन् २०१५ को नोभेम्बरमा मलेशियामा शुरु भएको योण्डर म्युजिकसँग हाल इण्डोनेशिया, बङ्गलादेश र मलेशियामा गरी १० लाख भन्दा बढी प्रयोगकर्ताहरु रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies