Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

रोल्पा नगरपालिकामा उम्मेदवारी टुङ्गो लाग्यो

\"\"रोल्पा, १२ जेठ । यही ३१ गते सम्पन्न हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लामा क्रियाशील राजनीतिक दलहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । एक नगरपालिका र नौ गाउँपालिकासहित १० स्थानीय तह रहेको रोल्पामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) सहित ११ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् । जिल्लाको रोल्पा नगरपालिकाबाट काँग्रेसले पूर्व सांसद लेखनाथ आचार्यलाई प्रमुखको उम्मेदवार बनाएको छ भने उपप्रमुखमा नेपाल महिला सङ्घकी केन्द्रीय सदस्यसमेत रहेकी मिश्री हमालले उम्मेदवारी दिने बताइएको छ । यसैगरी, एमालेले प्रमुखमा मीना शर्मालाई अघि सारेको छ भने उपप्रमुखमा नन्दकुमार आचार्य उठ्ने तयारी भएको एमाले रोल्पाले बताएको छ । यसैगरी, माओवादी केन्द्रले नगरपालिकाको प्रमुखमा पूर्णबहादुर केसीलाई उठाउने भएको छ भने उपप्रमुखमा मनकुमारी घर्तीले उम्मेदवारी दिने भएका छन् । नगरपालिकामा पूर्व जिविस सभापति भइसकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दलवीर पुनमगरले समेत प्रमुखमा उम्मेदवारी घोषणा गरेका छन् । जिल्लामा आफ्नो दल एक्लै प्रतिस्पर्धामा जाने गरी तयारी गरिरहेको माओवादी केन्द्र रोल्पाका संयोजक सुरेन्द्र घर्तीमगरले बताए । यता माओवादी केन्द्रबाहेकका दलले साझा उम्मेदवार उठाउने चर्चासमेत चलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले यसअघि ५ नं प्रदेशबाट रोल्पा जिल्लालाई छुट्याउन संसद्मा पेस गरेको संविधान संशोधन विधेयकका विरुद्ध माओवादी केन्द्रबाहेकका दलले लामो समयसम्म आन्दोलन गरेका थिए । त्यही आन्दोलनकारीहरुको मोर्चा कायम राख्न भन्दै साझा उम्मेदवारी दिने चर्चासमेत सुनिन थालेको छ । नगर क्षेत्रमा सबै दलले एक्लाएक्लै उम्मेदवारी दिए काँग्रेस र माओवादी केन्द्रका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने बताइएको छ । काँग्रेसका प्रत्यासी लेखनाथ आचार्य सांसद भइसकेका व्यक्ति हुन् भने माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार केसी पनि युवा नेता भएकाले यी दुईको प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । साविक लिवाङ, खुमेल, धवाङ, ह्वामा, जंकोट र कोटगाउँ पूरै एवम् कोर्चवाङ र जेद्वाङका केही वडा समायोजन गरी रोल्पा नगरपालिका बनाइएको छ । माओवादी केन्द्रका वरिष्ट नेता एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री एवम् माओवादी केन्द्रका प्रभावशाली युवा नेता वर्षमान पुन र सभामुख ओनसरी घर्तीमगरको गृह नगर यस नगरपालिकाको निर्वाचनलाई धेरैले चासोका रुपमा हेरेका छन् । मुख्य तीन राजनीतिक दलका साथै अन्य दल र स्वतन्त्र उम्मेदवारले समेत गाउँ गाउँ पुगी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies