Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

चुनावमा अन्तर्घात गर्नेलाई पार्टीबाट निलम्बन गर्ने माओवादीको निर्णय

सिन्धुपाल्चोक, ११ जेठ । नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकको सम्मेलन आयोजक समितिको जिल्ला कार्यालयको बैठक विभिन्न निर्णय गरेको छ । बैठकले वैैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनको सवालमा प्रारम्भीक समिक्षा गरेको छ । निर्वाचनको समिक्षा गर्दै टिकट वितरणको प्रारम्भिक चरणमा नै गरेका निर्णयहरु कार्यन्वयन गर्न नसक्नु मूख्य कमजोरी माओवादीले ठानेको छ । जिल्लामा रहेको ३ नगरपालिका र ९ गाउँपालिका मध्ये माओवादी केन्द्रले एक नगरपालिका र एक गाउँपालिकामा विजयी हासिल गरेको थियो । कतिपय गाउँपालिका/वडाहरुको पराजयको मूख्यकारण अन्र्तघात नै रहेको माओवादीले निष्कर्ष निकालेको छ । बैठकमा सहभागि एक नेताकाअनुसार यदि आफ्नै पार्टीका केहि नेताले अन्तर्घात नगरेको भए माओवादीले अन्य पाँच गाउँपालिका र एक नगरपालिकामा जित्ने छलफल भएको थियो । माओवादीले निर्वाचनमा पार्टीको विभिन्न जिम्मेवारीहरुमा रहेर पार्टी हित विपरित क्रियाकलापहरु गरी पार्टीलाई हानी पु¥याएकोमा छानविन गरी आवश्यक कारबाहीका लागि सिफारिस गर्ने छानविन आयोग गठन गर्ने निर्णय गरेको छ । उक्त आयोगमा माओवादी नेता केशव नेपालको नेतृत्वमा चन्द्रबहादुर थापा, प्रेम सापकोटा, अमृता नेपाल र विवि रायमाझी सदस्य रहेका छन् । पार्टी निर्णय बिरुद्ध बाघी/स्वतन्त्र उम्मेद्वारी दिएका सबैलाई निलम्वन गरी छानविनको दायरामा ल्याउने माओवादीले जनाएको छ । त्यसैगरि सम्बन्धीत कमिटीहरुले निर्णय गरेर छानविनको माग गरेमा त्यस्ता व्यक्तिहरु स्वतः निलम्वित भई छानविनको दायरामा पर्ने र प्रारम्भीक आधारसहित व्यक्तिगत उजुरीहरु आए दर्ता गरी आवश्यक छानविन गरि निलम्वन निर्णय गरेको माओवादीका नेता माधब सापकोटा सुबोधले खबरडबलीलाई जानकारी दिए । यस्ता छन् निर्णय
  • टिकट वितरण लगाएतका प्रारम्भीक चरणमानै तयारीका कार्यहरु र लिएका निर्णयहरु समेत कार्यान्ययन हुन नसक्नु ।
  •  मूलभूत रुपमा आफ्नो पंक्ति परिचालित भएको तर कतिपय गाउँपालिका÷वडाहरुको पराजयको मूख्यकारण अन्र्तघातनै रहेको  
  • मतदाता शिक्षा, आन्तरिक प्राविधिक तयारी र व्यवस्थापन लगाएत अन्य समस्याहरु समेत रहेको ।
  • चुस्त, गुणात्मक र व्यवस्थित सङ्गठन निर्माणको माध्यमद्वारा पार्टीलाई प्राप्त जनमतको रक्षा गर्दै अघि बढ्दा आसन्न निर्वाचनहरुमा थप उपलब्धी हासिल गर्न सकिने ।
  • निर्वाचनमा पार्टीको विभिन्न जिम्मेवारीहरुमा रहेर पार्टी हित विपरित क्रियाकलापहरु गरी पार्टीलाई हानी पु¥याएकोमा गम्भीर छानविन गरी आवश्यक कारबाहीका लागि सिफारिस गर्न निम्नानुसारको छानविन आयोग गठन गर्ने निर्णय गरियो । उक्त अायोगमा प्रमुख – क. केशव नेपाल, सदस्यहरु – क. चन्द्रबहादुर थापा, क. प्रेम सापकोटा, क. अमृता नेपाल र क. विवि रायमाझी
 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies