Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यस्तो छ २ नं. प्रदेशबाट एमाले बढार्ने मधेसी दलको तयारी

\"\"काठमाडौं, जेठ ११ । दोश्रो चरणको निर्वाचनमा दुई नम्बर प्रदेशमा एमालेलाई जित्न नदिन मधेस केन्द्रीत दलहरुले छलफल शुरु गरेका छन् ।  राष्ट्रिय जनता पार्टीको नेतृत्वमा मधेसका सबै दलहरुबीच एमालेलाई “क्लिन स्वीप” गर्ने रणनीतिबारे छलफल शुरु भएको हो । राष्ट्रिय जनता पार्टीका एक शीर्ष नेताले दिएको जानकारी अनुसार, हालैमात्रै मधेसकेन्द्रीत शीर्ष नेताहरुबीचको अनौपचारिक छलफलमा दोश्रो चरणको निर्वाचनको रणनीतिबारे विमर्श भएको थियो । “संविधान संशोधन नभई चुनावमा नजाने हाम्रो अडान हो, तर संविधान संशोधन हुन नसक्नुका पछाडि एमालेको मुख्य भूमिका रहेकोले चुनावमा एमालेलाई हराउन समेत रणनीति बनाउने विषयमा छलफल भयो ।” उनले भने । त्यसो त राजपाले सरकारले संविधान संशोधन गर्न नसकेको आरोप लगाउँदै आएपनि एमालेको भूमिकाका कारण नै सरकार समेत अप्ठ्यारोमा परेको बैठकको निश्कर्ष रहेको उनले बताए । “सरकारका कतिपय कमजोरी छन तर पनि सरकारले प्रयास नगरेको होइन, सरकार गठन अघिको अवस्थालाई अहिले तुलना गर्दा सरकारलाई नै सबै दोषी देखिन्न” उनले भने, “प्रतिपक्षले रचनात्मक भूमिका खेलेको भए सरकारलाई समेत अघि बढ्न सहज हुने थियो ।” चुनावको वातावरण बनिसकेकोले मधेस केन्द्रीत दलहरुले संविधान संशोधनको सुनिश्चितता खोजेर बृहत गठबन्धनमार्फत चुनावमा जानुपर्ने बैठकमा नेताहरुले धारणा राखेका थिए । यद्यपी केहीले भने राजपा एक्लैले चुनाव लड्नुपर्ने समेत राय व्यक्त गरेको उनले बताए । “अधिकांश नेताहरुले मुख्य टार्गेट एमालेलाई बनाएर अघि बढ्नुपर्छ भन्ने धारणा राखे ।” उनले बताए, “त्यसका लागि आफ्नो प्रभाव भएका स्थानमा राजपाले नै र नभएको स्थानमा पहिलो प्राथमिकता अन्य मधेसी दल र दोश्रोमा माओवादी र कांग्रेसलाई दिएर तालमेल गर्ने विषयमा समेत छलफल भएको छ ।” दुई नम्बर प्रदेशमा एमालेविरुद्धको जनमत निर्माण भएपनि एमालेको संगठन भने अहिले भने रहेको र चुनावमा उसले स्थानीय तहमा केही स्थानमा हारजीतमा निर्णायक भूमिका खेल्न सक्ने विषयमा समेत बैठकमा छलफल भएको थियो । प्रतिबद्ध एमाले कार्यकर्ताहरु अहिले जनमतविरुद्ध बोल्न नसकेपनि चुनावमा उनीहरुले मधेसविरोधी एमालेलाई नै जिताउन भूमिका खेल्ने भएकाले त्यसलाई समेत ध्यान दिन केही नेताहरुले बैठकमा कुरा राखेको उनले बताए । “एमाले जित्ने अवस्थामा त छैन, तर अरु दललाई हराउन भूमिका भने खेल्न सक्छ ।” उनले भने । अर्कोतर्फ मधेसकेन्द्रीत दलका रुपमा चिनिएको संघीय समाजवादी फोरमसँग के गर्ने भन्ने विषयमा भने राजपाभित्र फरक मत रहेको छ । राजपाले नयाँ शक्तिसँग मिलेर चुनाव लडेको र मधेसी मोर्चा गठबन्धनको नीति बाहिर रहेर पहिलो चरणको निर्वाचनमा दल दर्ता गरी चुनाव लडेकोले उसँग तालमेल गर्न नहुने आवाज राजपाभित्र बलियो छ । तर चुनावी तालमेलमा जाँदा केही स्थानमा फोरमका लागि समेत छोड्नुपर्ने अवस्था आएमा के गर्ने भन्ने विषय भने अहिले अन्यौल नै छ । “उपेन्द्रजीहरुको भूमिका सारै अवसरवादी भयो, शक्तिका लागि जसको पनि भक्ति गर्न सक्ने स्थिति छ । बाबुरामजीहरुको गोलचक्करमा फसेका छन् । यस्तो अवस्थामा उनीहरुसँग के गर्ने भन्ने विषय अहिले पनि अन्यौल नै छ ।” ती नेताले भने । प्रदेश नं. २ को निर्वाचनमा राजपालाई पहिलो शक्तिका रुपमा उभ्याउन सके यसले प्रदेशमा राजपाको सरकार बनाउन र केन्द्रीय संसदमा समेत निर्णायक उपस्थिति हुने भएकोले त्यसका लागि विशेष पहल गर्न समेत बैठकमा छलफल भएको थियो । “तर यसका लागि मुख्य कुरा एमालेलाई जसरी हुन्छ, दुई नम्बरबाट क्लिन स्वीप गर्नु हो । एमालेले मधेसको भावनासँग खेलवाड गरेको कुरालाई स्थापित नगरी हामी दीर्घकालिनरुपमा पहिलो स्थानमा हुन सक्दैनौं ।” उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies