Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

बीस वर्षपछि भएको ऐतिहाँसिक स्थानीय निर्वाचन र नेपाली जनतामा पलाएको आशा

नेपाल सरकारले हालसालै सम्पन्न गरेको स्थानीय तहको प्रथम चरणको निर्वाचनले यतिबेला देशमा एक प्रकारको खुशियाली छाएको छ । नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सरकारमा सामेल रहेका राजनैतिक दलहरु, तराईमा आन्दोलनरत दलहरु सबैलाई मिलाएर स्थानीय तहको निर्वाचन गराउन सफल भएका छन् । विभिन्न बाधा अड्चनको बावजुद पनि नेपाल सरकारका प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचन गराउन सफल हुनु नेपाल र नेपाली जनताको लागि खुशिको कुरा हो । [caption id=\"attachment_132940\" align=\"alignleft\" width=\"250\"]\"\" लेखक[/caption] स्थानीय निर्वाचनको नतिजाहरु निरन्तर आउने क्रम चलिरहेको छ । पहिलो चरणको नतिजा आएपछि आगमी २०७४ जेष्ठ ३१ मा फेरी दोश्रो चरणको स्थानीय निर्वाचन हुनेछ । यतिबेला २० बर्ष पछि स्थानीय तहमा जनप्रतिनिधिहरु चुनिने क्रम जारी छ । बिगतको भन्दा फरक किसिमको निर्वाचन भएको छ । हालसालै सम्पन्न प्रथम चरणको निर्वाचन मार्फत सिंहदरबार केन्द्रित जनताको अधिकार अब गाउँ नगरसम्म पुग्ने भएको छ । बिगत लामो समयदेखि जनप्रतिनिधिविहिन अवस्थामा रहेको स्थानीय निकायमा जनताद्वारा प्रतिनिधिहरु चुनिएसँगै बिकासका नयाँ योजनाहरु आउने र गाउँ नगर विकशित हुनेमा जनताहरु आशाबादी बनेका छन् । स्थानीय निर्वाचन मार्फत दशबर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेश आन्दोलन लगायत बिभिन्न समयमा भएका आन्दोलन मार्फत प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, सिमाङ्कन् जस्ता प्रमुख एजेण्डाहरु संस्थागत हुने भएको छ । अब जनताले सबै कामको लागि केन्द्र र सदरमुकामसम्म धाउनु पर्ने बाध्यताबाट छुटकारा पाउने भएका छन् । केन्द्रमा जस्तै गाउँ र नगरमा पनि हरेक प्रकारका नयाँ नीति–नियम बन्नेछ जस्को आधारमा सबै गाउँ नगर शहरहरुमा नयाँ प्रकारको विकासका बाटाहरु खुल्ने छन् । बिभिन्न कारणले रोकिएका विकासका योजनाहरु अब सुचारु हुनेछ । यसरी सबै तिरबाट आवश्यक्ताको रुपमा लिइएको स्थानीय निर्वाचन सम्पन्न भए संगै देशमा आमुल परिवर्तनका धेरै सम्भावनाहरु नेपाली जनतासामु आउने छ । स्वास्थ्य, शिक्षा, रोजगारजस्ता महत्वपूर्ण कुरामा स्थानीय जनप्रतिनिधिहरुले गहिरिएर सोच्ने र लागि पर्ने हो भने सयौं वर्षमा नभएका विकासहरु अवको केहि वर्षमा हुनेछ । हरेक गाउँ र नगरहरुमा जनताको आशा र अपेक्षा गरेअनुरुप जनप्रतिनिधिहरुले काम गर्न सकेको खण्डमा नेपाली जनताले परिकल्पना गरेको नयाँ नेपाल बन्नमा अब धेरै समय नलाग्ला । प्रथम चरणको निर्वाचनमा नेपाली जनताले देखाएको उत्सुकता आम राजनैतिक दलहरुले मनन गरौं । नेपाली जनतालाई भाषणमा हैन व्यवहारमा विकास र निकासको बाटो देखाई अगाडी बढाअाैं । जसले काम गर्छ उसलाई साथ दिअाैं । काम गर्नेलाई गाली हैन तालीको साथमा नेपाली जनताले साथ दिनेछन् । यतिबेला समयको माग अनुसार आफ्नो बुद्धि र बिबेक लगाएर स्थानीय निर्वाचन गराउन सफल राजनैतिक दल, नेता कार्यकर्ता लगायत नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई नेपाली जनताले दिएको साथ र सहयोगको मुल्यांकन गर्दै आगमी जेष्ठ ३१ गते हुने निर्वाचनमा सफल पारौं र बिकासको बाटोमा आम नेपालीहरु अग्रसर बनौं । यसरी बिभिन्न अप्ठ्यारा बाटोहरुकोबीचबाट पनि बीस बर्षपछि स्थानीय निर्वाचन गराउन सहयोग गर्ने सबैले प्रथम चरण २०७४ बैशाख ३१ गतेको निर्वाचन जस्तै आगमी जेष्ठ ३१ गते हुने दोश्रो चरणको स्थानीय निर्वाचनमा पनि सहयोग गरौं । नेपाली जनताको नैसर्गिक अधिकार सुनिश्चित गर्दै प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न सबै लागि परौं । जनतामा छाएको अन्योलताको अन्त्य गर्दै देशमा नयाँ परिवर्तनको लागि आम नेपाली एक ढिक्का भई लागि परौं । राजनैतिक किचलो, हत्या, हिंसा, भ्रष्टाचार लगायतका गलत रबैयाको भण्डाफोर गरौं । हामी नेपाली हाम्रो नपाल भन्ने सबैले मनन गरौं । हत्या, हिंसा, बन्द हडताल जस्ता गलत तरिकाले देशमा परिबर्तन हुँदैन भन्ने कसैले नबिर्सौ । बीस बर्षपछि सम्पन्न भएको र हुन बाँकी स्थानीय निर्वाचन कुनै व्यक्ति र पार्टीको जित नभएर आम नेपालीको जित बनोस् । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएर जाँदाजाँदै देखाएको राजनैतिक ईमानदारिता सबै राजनैतिक दलले मनन गर्दै अगाडी बढे साँच्चै नेपाली जनताले चाहेको जस्तो समुन्नत नेपाल बन्नेमा दुईमत नहोला । सबैमा चेत खुलोस् । आगमी जेष्ठ ३१ को निर्वाचन भब्य र सभ्य रुपमा सफल पारौं । सबैमा शुभकामना !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies