Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सैनिक कानून लागु

मनिला, १० जेठ । दक्षिणी फिलिपिन्सको लानाओ डेला सुर प्रान्तमा पर्ने मिन्दानाओ क्षेत्र र मरावी नगरमा अतिवादी इस्लामी सशस्त्र समूहले सरकार विरुद्ध भीषण युद्ध सुरु गरेका छन् । राष्ट्रपति रोड्रिगो डुटेर्टे, केही मन्त्रीगण तथा उच्च पदस्थ अधिकारी रुसको औपचारिक भ्रमणमा गएको मौका पारी अतिवादी इस्लामी सशस्त्र समूहले अकस्मात् आक्रमण गरी मरावी नगरमा कब्जा जमाएका छन् । आफ्नो समूहलाई विश्वको कुख्यात आतङ्ककारी सङ्गठन इस्लामिक स्टेट्सको समर्थन र सहयोग रहेको भनी दाबी गर्ने फिलिपिन्सको सशस्त्र समूहः माउतेले देशमा राष्ट्रप्रमुख तथा अन्य विशिष्ट अधिकारीहरु नभएको मौका छोपी इस्लामी बहूल क्षेत्र मरावी नगरमा हिजो मङ्गलबार एक्कासी आक्रमण गरी त्यहाँको नगर सभागृह (सिटी हिल), एक अस्पताल र स्थानीय कारागार कब्जामा लिए । आक्रमणको क्रममा उनीहरुले एउटा क्याथोलिक चर्च भवन, एउटा कलेज र केही आवासीय भवनमा आगो लगाई नष्ट पार्ने प्रयास गरे । उनीहरुले ठूलो सङ्ख्याका नगरवासीलाई आफ्नो कब्जामा लिइ बेपत्ता पारेका समेत आशङ्का गरिएको छ । नगरमा चलाइएको युद्ध रोक्न खटिएका सुरक्षा कर्मीउपर उक्त सशस्त्र समूहको गोली प्रहारमा परी कम्तीमा दुइजना सैनिक, एक जना प्रहरी अधिकारी मारिनुका साथै अन्य १२ जना सख्त घाइते भएका फिलिपिन्सका रक्षा मन्त्री डेल्फिन लोरेन्जानाले बताएका छन् । आतङ्ककारी आक्रमण र सुरक्षाकर्मी एवम् अन्य धन, जनको व्यापक क्षति र देशवासीको अपहरणको खबर थाहा पाउनासाथ रुसको भ्रमण छोट्याई राष्ट्रपति डुटेर्टे तत्कालै स्वदेश फर्केका छन् । उनले स्वदेश फर्किरहेको विमानबाटै मिन्दानाओ क्षेत्र र मरावी नगरमा सङ्कट कालको घोषणा गर्दै त्यहाँ तुरुन्तै सैनिक कानून लागु गरेको घोषणा गरेका छन् । साथै ब्यापक सङ्ख्यामा राष्ट्रिय सैनिक परिचालन गर्ने आदेश दिएका छन् । परिचालित सैनिकले मिन्दानाओ क्षेत्र र मरावी नगरका कुना कुनामा पुगी संदिग्ध क्षेत्रमा छापा मार्दै, आतङ्ककारीको आशङ्कामा थुप्रै मानिसहरुलाई नियन्त्रणमा लिएका छन् । आतङ्ककारीसँगको भीडन्तको क्रममा थुप्रै सशस्त्र लडाकूको ज्यान गइसकेको छ । राष्ट्रपति डुटेर्टेले हाल ६० दिनसम्म दक्षिणी मिन्दानाओको सबै क्षेत्र भरी सैनिक कानून लागु गरिएको र स्थिति पूर्णनियन्त्रणमा नआएमा वा आवश्यक परेमा संबिधान प्रदत्त राष्ट्रपतीय अधिकार प्रयोग गरी एक बर्षसम्म पनि सैनिक कानून लागु गर्न सकिने जनाएका छन् । फिलिपिन्सको स्वाधीनता तथा गणतान्त्रिक अस्मिताको रक्षा गर्नु आफ्नो प्रमुख कत्र्तब्य रहेको जनाउँदै उनले देशमा शान्ति कायम गर्न र नागरिक सुरक्षाका लागि सैनिक कानून लागु गरिएको स्पष्टिकरण दिँदै यसमा कोही पनि ब्यक्ति वा शक्तिले नबिथोल्न र विरोध नगर्न चेतावनी समेत दिए । फिलिपिन्सको कुनै क्षेत्रमा सैनिक कानून लागु गरे पश्चात् सरकारी सेना परिचालन गर्न र कत्र्तब्य पालनको क्रममा त्यहाँ सेनाले जो कोहीलाई पनि धर, पकड, रोक, टोक थुन, छेक गर्न सक्छ । हाल सैनिक कानून लागु गरिएको मरावी नगरराजधानी मनिलाबाट दक्षिणतर्फ आठसयतीस किलोमिटर टाढा पर्छ । यो नगर मुसलमान बहूल क्षेत्र हो र यहाँको जनसङ्ख्या दुई लाखभन्दा बढी छ । आतङ्ककारी आक्रमण गर्ने क्रममा सशस्त्र समूहले बिद्युत आपूर्तिको लाइन काटिदिँदा हाल यो नगर अन्धकारमय छ । अँध्यारोको कारण यहाँ साँझ परेपछि सबैजसो सर्वसाधारण मानिस अत्यन्त भयभीत रहने गरेका छन् । फिलिपिन्सलाई आवश्यक पर्ने आधुनिक हात हतियार रुससँग खरीद गर्ने बिषयमा राष्ट्रपति डुटेर्टेको रुस भ्रमणको क्रममा एक सम्झौतामा हस्ताक्षर हुन लागेको थियो । तर, मुलुकमा चलेको आतङ्ककारी आक्रमणलाई तत्काल नियन्त्रण गर्न अमेरिकासँग पनि केही अत्याधुनिक हात हतियार खरीद गर्ने पक्षमा छन् राष्ट्रपति डुटेर्टे । मुसलमानी बाहुल्य रहेको, दशकौंदेखि जहिले पनि हो हंगामा, गडबड मच्चिई अशान्त भइरहने दक्षिणी मिन्दानाओ क्षेत्रमा शान्ति कायम गर्न राष्ट्रपति डुटेर्टे पहिलेदेखि नै सैनिक कानून लागु गर्ने मनस्थितिमा थियो । हाल परिस्थिति नै त्यस्तै पर्न गयो र त्यहाँ सैनिक शासन लागु भएरै छोड्यो । यद्यपि, लामो समयसम्म सैनिक काननू लागु गर्दा राष्ट्रपति डुटेर्टेलाई तानाशाह बनाउन सक्ने खतरा रहेको भनी फिलिपिन्सका बुद्धिजीवी तथा मानव अधिकारबादी चिन्तित रहेका छन् । गत वर्ष अबैध लागु औषध ओसार पसारमा रोक र बेच बिखनमा नियन्त्रण गर्ने बहानामा गैह«कानूनी रुपमा हजाराँैं ब्यक्ति हत्या भएको आरोप उनले खेप्नु परेको थियो । यस पटक पनि सैनिक कानून लागु गर्ने नाममा राष्ट्रपति डुटेर्टेलाई नै थप शक्तिशाली र निरङ्कुश बनाउन सक्ने आशङ्का छ बुद्धिजिवी तथा मानव अधिकारबादीहरुको । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies