Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्रचण्डको १० महिने कार्यकालः कति सफल, कति असफल ?

[caption id=\"attachment_123394\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, १० जेठ । २०७३ साउन १९ गते संसदमा ३ सय ६३ को बहुमत प्राप्त गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रोपटक मुलुकको ३९ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका थिए । गत साउनमा सरकार गठन हुँदा नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिएका हुन् । यो सँगै प्रचण्डले करिब १० महिना देशको नेतृत्व सम्हाले । अवधिका दृष्टिले एउटा कमजोर समय, त्यसमा पनि आफ्नो योजना अनुरुपको बजेट नभएको अवस्था । जनजीविका भन्दा राजनीतिक मुद्दाहरु हल गर्नुपर्ने बाध्यता । एउटा आशंका र चौतर्फी आलोचनाको घेरा । पक्कै पनि सामान्य अवस्था थिएन प्रचण्डका लागि । एकातिर एमालेसँग गठबन्धन तोडेर अघि बढ्नुपर्ने अवस्था थियो । स्वभाविकरुपमा हिजोको सत्ता सहयात्री प्रतिपक्षमा जाँदा त्यसले चर्को र कटु आलोचना गर्ने निश्चित थियो । अर्कोतर्फ सत्ताले किनारामा पुर्याइएका मधेसी दलहरु थिए । वार्ताको टेबलमैं बस्न नखोज्ने । उनीहरुलाई विश्वासमा ल्याउनु जरुरी थियो । तेश्रो कुरा, यी सबैका बीचमा संविधान कार्यान्वयनको जटिल जिम्मेवारी थियो । संविधान कार्यान्वयनका लागि उत्तर र दक्षिण बनेका एमाले र मधेसी मोर्चालगायतलाई मध्य बिन्दुमा ल्याउनै पथ्र्यो । चुनाव गर्नै पथ्र्यो । र, यो सँगै जनताका चुलिएका आशाहरु, मूल्यवृद्धिदेखि जनताले भोग्ने कतिपय समस्या, सुशासन, विकासलगायतका कुरा त छँदै थिए । राष्ट्रिय र क्षेत्रीय शक्तिहरु बीचको राजनीतिक ध्रुवीकरण बढ्दै गएको, राजनीतिक दलहरुबीच आशङ्का, अविश्वासको अवस्था रहेको तथा राष्ट्रिय एकता नै जोखिममा रहेको परिस्थितिमा श्रावण २० गते प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । र, यही बीचमा प्रचण्ड बालुवाटार छिरेका थिए । उनले भने झैं खतरनाक मोडमा प्रधानमन्त्री बनेका थिए उनी । तरवारको धार पनि भने कतिपयले । असफल भए आफू, आफ्नो इतिहास र पार्टी नै धराशायी हुने प्रबल खतरा । तर, उनले सबैकुरा सम्हाले । सबै कुरा एउटा ठाउँमा लिएर आए । अस्तव्यस्त राजनीतिलाई एउटा दिशामा ल्याइ पुर्याए । तमाम आशंकाबीच, प्रतिपक्षको चर्को बिरोध र असहयोगबीच स्थानीय तहको संरचना निर्माण हुँदै चुनावसम्म देश पुग्यो । इतिहासमा नै गर्व गर्न सकिने हिंसारहित र उत्साहपूर्ण पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भयो । विकास निर्माण र जनजीविकाका क्षेत्रमा उल्लेख्य काम भयो । वैदेशिक सम्बन्ध झनै सन्तुलित बन्यो । दुबै छिमेकीका तर्फबाट उल्लेख सहयोगको अवस्था सिर्जना भयो । वैदेशिक रोजगारका क्षेत्रमा उल्लेख्य कामहरु भए । प्रचण्ड तरवारको धारमा उभिएका थिए । कतिपय अवस्थामा उनीमाथि भएका प्रहार हेर्दा आज हो कि भोली सत्ता छोड्छन् कि भन्ने समेत भान नपरेको होइन । चुनाव नै नहुने हो कि भन्ने आशंका हप्तादिन अघिसम्म कायमै थियो । मधेसी मोर्चाले, विपक्षी एमालेले चर्को बिरोध र आलोचना गरेकै थियो । सदन अवरुद्ध थियो । यता अदालतले समेत सरकारलाई असहयोग गरेको भन्दै सत्ता नेतृत्वले अभिव्यक्ति दिइरहेको थियो । तर यी सबै आशंकालाई प्रचण्डले चिरे । प्रधानमन्त्री बनेको दिनदेखि नै उनी निरन्तर सक्रियरुपमा अगाडि बढे । सरकार राजनीतिक सहमति कायम गर्ने, संविधान संशोधनको प्रक्रियालाई गन्तव्यमा पु¥याउने, संविधान कार्यान्वयनका लागि निर्धारित समय सीमाभित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो मार्गचित्रमा दृढतापूर्वक अगाडि बढ्यो । यसले जोखिमपूर्ण राजनीतिक परिस्थितिका बाबजूद पनि ईच्छाशक्ति र इमान्दारिता भयो भने नमूनायोग्य काम गर्न सकिन्छ भन्ने आत्म विश्वास पैदा गराएको छ, नेपाली राजनीति र आर्थिक समृद्धिको यात्रामा सकारात्मक सन्देश प्रवाह गरेको छ । सक्रियता, सक्षमता र नेतृत्वदायी भूमिका । प्रचण्डको सफलताका मन्त्रहरु थिए । यो दश महिनामा उनी एकपल्ट पनि सुस्ताएनन् । बिहानदेखि साँझसम्म राजनीतिक गाँठाहरु फुकाउन उनी लागे । यदि प्रतिपक्षले सहयोग गरिदिएको भए सम्भवतः यो काल अझै सुनौलो बन्न सक्थ्यो । आज प्रचण्डले राजीनामा दिएका छन् । तर यो राजीनामा दिँदा प्रतिपक्षले नै राजीनामा दिनु हुँदैन भन्ने अवस्था सिर्जना भएको छ । जबकि सरकार अलोकप्रिय भएमा मात्रै प्रतिपक्षले आलोचना गरेर राजीनामा देऊ भन्ने गर्दछ । विचारमा असहमति भएपनि, उनले गरेका कामहरुमा विवाद सिर्जना भएपनि देशका सबै क्षेत्रमा प्रचण्डलाई साँच्चिकै मनै खोलेर यो दश महिनाको आलोचना गर्ने खासै तथ्यहरु भेटिँदैनन् । उनको विगतलाई लिएर पूर्वाग्रह हुनसक्ला धेरैको मनमा । तर यो दश महिना मात्रै मूल्यांकन गर्ने हो भने उनी सफल भएका छन् । उदाहरणीय बनेका छन । एउटा नमूना प्रधानमन्त्री बनेका छन् । उनको बाटो पछ्याउने दिशामा अबका प्रधानमन्त्री शेर बहादुर देउबा कति सफल होलान् त्यो हेर्न बाँकी नै छ । आशा राखौं यो स्पिरिट कायम रहने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies