Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

उपप्रधान तथा अर्थमन्त्री महराले निकाले यस्तो विज्ञप्ति

\"\"काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री कृष्णबहदुर महराले ‘विकास बजेट कटौती गरेर रोल्पाली जनतामाथि धोका दिएको समाचारप्रति आपत्ति जनाएका छन् । केहीं अनलाईन सञ्चार माध्यम र सामाजिक सञ्जालमा ‘लिबाङ–माडीचौर–जिनाबाङ’ सडक विनियोजित १५ करोड बजेट कटौती गरेर रोल्पाली जनतालाई धोका दिएको भनी गरिएको प्रचार भ्रामक, कपोलकल्पित र राजनीतिक पूर्वाग्रहपूर्ण रहेकोले यस्ता कु–प्रचारप्रति भ्रममा उपप्रधान तथा अर्थमन्त्री महराज्यूको स्वकीय सचिवालयले प्रेस विज्ञप्ति निकालेको छ । यस्तो छ प्रेस विज्ञप्ति रोल्पाली जनतामाथि धोका भनी भईरहेको प्रचारप्रति माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यूको सचिवालयद्वारा जारी प्रेस नोट ‘विकास बजेट कटौती गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री कृष्णबहादुर महराद्वारा रोल्पाली जनतामाथि धोका’ भनी केहीं अनलाईन सञ्चार माध्यम र सामाजिक सञ्जालमा भईरहेको कु–प्रचारप्रति माननीय उपप्रधान तथा अर्थमन्त्री श्री कृष्णबहादुर महराज्यूको स्वकीय सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । ‘लिबाङ–माडीचौर–जिनाबाङ’ सडक विनियोजित १५ करोड बजेट कटौती गरेर रोल्पाली जनतालाई धोका दिएको भनी गरिएको प्रचार भ्रामक, कपोलकल्पित र राजनीतिक पूर्वाग्रहपूर्ण रहेकोले यस्ता कु–प्रचारप्रति भ्रममा नपर्न अनुरोध गरिन्छ । माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यूको नेतृत्वमा रोल्पामा ठूल–ठूला विकास निर्माणका योजना अगाडि बढिरहेको सन्दर्भमा उहाँ नेतृत्वको अर्थमन्त्रालयबाट रोल्पाका कुनै योजना कटौती र बजेट घटाउने कल्पना पनि गर्न सकिदैन । यस्ता भ्रामक हल्ला फैलाएर रोल्पाली जनता र विशेषतः सुकिदह गाउँपालिकाका जनतालाई दिगभ्रमित गर्ने उद्देश्यसहित तथ्यहिन गलत प्रचार गर्ने अनलाईन सञ्चारमाध्यामविरुद्ध उपयुक्त कानुनी उपचार खोजिनेछ । तीन वर्षीय प्रक्षेपणको आधारमा उक्त सडक निर्माणका लागि आर्थिक वर्ष २०७३/७४ ९क्रमागत०मा १ करोड २० लाख बजेट विनियोजन भएको र लिबाङ–लाप्चन खण्डमा निर्माण काम भईरहेको यथार्थता जानकारी गराउँदछौँ । ‘लिबाङ–माडीचौर–जिनाबाङ’ सडक माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यूको उच्च प्राथमिकतामा रहेको र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले उक्त सडक निर्माणप्रक्रियालाई तिव्र रुपमा अगाडि बढाउने सार्वजनिक घोषणा गर्नुभएअनुसार हाल प्यूठान सडक डिभिजन कार्यालयको अग्रसरता र सडक विभागको नेतृत्वमा उक्त सडकको डिपिआर ९डिटेल प्रोजेक्ट रिपोर्ट० भईरहेको र एकसाताभित्रै उक्त कार्यले पूर्णता पाउँदैछ । सडकको डिपिआर भईसकेपछि उक्त सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन हुने र निर्माण कार्य तिव्र रुपमा अगाडि बढ्ने यथार्थता जानकारी गराउन चाहान्छौँ । अन्तमा, राजनीतिक पूर्वाग्रहकै आधारमा गरिएका यस्ता प्रचारप्रति भ्रममा नपर्न र यथार्थता बुझेरमात्रै धारणा बनाउन सबैमा अनुरोध गर्दछौँ ।

७ जेठ २०७४

माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यूको स्वकीय सचिवालय

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies